Pages

Oct 8, 2009

बियर पिउने महिलालाई कोर्रा हान्ने सजाय

एक्काइसौँ शताब्दीमा पनि बियर पिएकै कारण कुनै महिलाले ‘कोर्रा’ खानुपर्ने र हजारौँ जरिवानासमेत तिर्नुपर्ने सजाय भोग्नु पर्दैछ भन्ने समाचार सुन्दा वा पढ्दा तपाइँलाई आश्चर्य लाग्न सक्छ । अझ यस्तो सजाय कुनै मुलुकको न्यायिक
निकायबाटै भएको हो भन्ने तथ्यले त तपाइँलाई झन् ठूलो आश्चर्यमा पारिदिन सक्छ तर अनौठो नमान्नुहोस्, महिला स्वतन्त्र र अधिकारको चरम वकालत भइरहेको वर्तमान विश्व समुदायकै एउटा सदस्य राष्ट्रमा एउटी मुस्लिम महिलाविरुद्ध भए-गरिएको भर्खरैको न्यायिक ? फैसला हो यो ।
समाचारअनुसार मलेसियाको एउटा अदालतले एउटी ३२ वषर्ीया महिलालाई उनले रेष्टुरेण्टमा बसेर बियर पिएको अभियोगमा छ कोर्रा र मलेसियाली रकम पाँच हजार रिंगिट जरिवाना गर्ने फैसला सुनाएको छ । दुई सन्तानकी आमा कार्तिका सारीदेवी सुकार्नो नामकी ति महिलालाई सन् २००७ को डिसेम्बरमा क्वालालम्पुरस्थित एक रेष्टुरेण्टबाट बियर पिइरहेको अवस्थामा सुरक्षाकर्मीहरूले गिरˆतार गरेका थिए र उनीविरुद्ध मुस्लिम कानुन ‘सरिया’ को उल्लङ्घन गरेको अभियोगमा न्यायालयमा मुद्दा दायर गरिएको थियो । सरियाअनुसार त्यस इस्लामिक मुलुकमा बियरलगायतका मदिराजन्य मादक पदार्थ सेवन गर्ने मुसलमानलाई तीन वर्ष जेल सजाय दिने प्रावधान छ । तथापि त्यहाँ व्यवहारमा भने यो कानुन पालन नगर्नेलाई कोर्रा हान्ने र जरिवाना गरेर छाडिदिने प्रचलन छ । कार्तिकालाई पनि व्यावहारिक प्रचलनअनुसार सजाय गर्ने फैसला सुनाइएको न्यायिक अधिकारीहरूले बताएका छन् ।
यद्यपि फैसला सुनाएको समय मुस्लिम पर्व रमदान परेको हुँदा कार्तिकालाई रमदान सकिने बित्तिकै दण्डित गरिने जनाइएको छ । कार्तिकासँग आफूविरुद्धको सो फैसलाको विरोधमा माथिल्लो अदालतमा पुनरावेदन गर्न पाउने अधिकार सुरक्षित रहे पनि उनले पुनरावेदन नगर्ने बरु सजाय भोग्ने दृढता व्यक्त गरेकी छन् । कार्तिकाका हकमा गरिएको यो फैसलाले नागरिक हकको खिल्ली उडाएको टिप्पणी अन्तर्राष्ट्रिय मानव अधिकारवादीहरूले गरेका छन् र यस सम्बन्धमा पुनर्विचार गर्न मलेसियाली सरकारसमक्ष उनीहरूले मागसमेत गरेका छन् ।(source-online khabar)

No comments: