Pages

Oct 8, 2009

एएफसी यु-१६ च्याम्पियसिप छनोटमा दुर्लभ दृश्य

दशरथ रंगशालामा जारी एएफसी यु-१६ च्याम्पियसिप छनोट दुर्लभ दृश्य देखियो। इरानविरुद्धको खेलमा ताजकिस्तानका एउटै खेलाडी दुई पटक मैदान प्रवेश गरे। अतिरिक्त खेलाडीका रुपमा नाम दर्ता गरिएका सुल्तोनोभ तोलीजोन सुरुआती ११ मै रहेर मैदान उत्रदा रेफ्री जोर्डनका सुलिमान जबेर र फोर्थ अफिसियल यमनका अल लबनी अब्दुलाको ध्यान जान सकेन। ३१ औं मिनेटमा रेफ्री सुलिमान चालपाए र तोलीजोनलाई पेहेलो कार्ड दिदै मैदान बाहिर पठाए। सुरुआती लाइनअपमा नाम भएका अनुश्रीभोनले तोलीजोनलाई स्थान्तरण गरे। दोस्रो हाफमा अनुश्रीभोनको ठाँउमा पुन तोलीजोन मैदान छिरेका थिए। फिफा नियमावली अनुसार एउटै खेलाडी दुईपटक मैदान छिर्न पाउँदैन। एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगितामा त्यस्तो गल्ति हुँदा म्याच कमिस्नर भेटानका मिन्दु दोर्जे र रेफ्री इन्सपेक्टर थाइल्यान्डका जीन्दामी रुसामी पनि मैदानमै दिए। ताजकिस्तानका प्रशिक्षक बाबेभ जोइरले व्यवस्थापकको कमजोरीको कारण त्यस्तो भएको जनाए।
डिफेन्डिङ च्याम्पियन इरानले एएफसी यु-१६ च्याम्पियनसिपको समूह चरणमा कमजोर सुरुआत गरेको छ।दशरथ रंगशालामा बुधबार इरानलाई ताजकिस्तानले गोलरहित बराबरीमा रोकेको थियो। यो बराबरीपछि ताजकिस्तान भने ४ अंकका साथ शिर्षस्थानमा रहन सफल भएको छ। ताजकिस्तान अघिल्लो खेलमा बहराइनलाई २-० ले हराएको थियो। खेलमा नियन्त्रण राख्नुका बावजुद इरानले गोलको खाता खोल्न सकेन। मध्यान्तरअघि मात्र टोलीले झन्डै आधा दर्जन मौका चुकाएको थियो। इरान प्रशिक्षक मोहमदी अकबर यसलाई खराब दिनको संज्ञा दिन्छन्। 'फुटबलमा खराब दिन सबैको आउँछ,' उनले भने, 'आज हाम्रो लागि खराब दिन थियो, हामी यसलाई विर्सन चाहन्छौं।' खेलमा नियन्त्रणका वावजुद गोल गर्न नसक्नुलाई उनी दुर्भाग्य मान्छन्। इरान टोलीका हरेक आक्रमणलाई ताजकिस्तानको रक्षापक्ति र गोलरक्षक सामसोभ बाहोदुरले निस्तेज पारेका थिए। ताजकिस्तानले खेलमा एउटैमात्र आक्रमण गर्‍यो भने इरानको झन्डै दर्जन आक्रमण खेर गयो। १२ औं मिनेटमा इरानका नासिरिनीजाद अरमिनको फ्रिकिकलाई गोलरक्षक बाहोदुरले रोके भने १३ औं मिनेटमा गासिमि हसनको प्रहार पोष्ट नजिकबाट बाहिरीयो। ४३ औं मिनेटमा राजाबाज्दे कारिजको शक्तिशाली प्रहारलाई पनि ताजकिस्तानका गोलरक्षकले पन्च गर्दै बचाए। ४५ औं मिनेटमा महुसेनल नास्तेइको हेड क्रसबारमा ठोक्किएर बाहिरीयो। लगत्तै पेनाल्टीबक्स बाहिरीबाट मादिपोर मादीको प्रहार पोष्ट नजिक हुँदै बाहिरीयो। ५७ औं मिनेटमा नाजाफि दामारिचिको प्रहारपनि बाहोदुरले पन्च गरे। ताजकिस्तानका साइदोज अब्दुल्लोको पासमा सुल्तोनोभ तेालीजोनको प्रहार इरानी गोलरक्षक खान अलिजादेले बचाए। ताजकिस्तानका प्रशिक्षक बाबेभ जोइरले इरान जस्तो बलियो टोलीसँग अंक लिनुलाई महत्वपूर्ण उपलब्धी बताए। यद्दपी आफ्नो टोलीले अझै राम्रो खेल्न सक्ने उनको तर्क थियो। इरानी प्रशिक्षक अक्बरले पहिलो खेल बराबरी भएपनि आगामी तीन खेलमा जित हात पर्ने दाबी गरे। 'कुनै टोली सजिलो छैन,' उनले भने, 'घरेलु टोली भएको नेपाल अझै खतरनाक हुनसक्छ यद्दपी हामी जितका लागि खेल्छौं।'
बहराइनको पहिलो जितसमूहको अर्को खेलमा बहराइनले लेबनानलाई २-१ ले हरायो। दोस्रो खेलमा बहराइनको यो पहिलो जित हो। लेबनानले अग्रतालाई जोगाउन सकेन। ३२ औं मिनेटमा अलि सादको गोलबाट लेबनानले अग्रता लिएको थियो। अलिले २६ यार्ड टाढाबाट गोल गरेका थिए। उनले पहिलो खेलमा नेपालविरुद्ध निर्णायक गोल गरेका थिए।

मध्यान्तर अघि नै बहराइन खेल बराबरीमा ल्याउन सफल भयो। इन्जुरी टाइमको दोस्रो मिनेटमा बहराइनका अब्दुला फराजले गोल गरेका थिए। कमजोर रक्षापक्तिको फाइदा उठाउदै फराजले सैयद फदेलको पासमा गोल गरेका थिए। ८५ औं मिनेटमा हमाद एल्डोसेरले निर्णायक गोल गरे। अब्दुलाको कर्नरमा एल्डोसेरले गोल गरेका थिए। खेल सकिएलगत्तै बहराइनका अलि जौहरलाई हात हालेपछि लेबनानका टोली हमोदलाई इराकी रेफ्री कादिम लाजिमले रातो कार्ड दिएका थिए।(nagariknews bata)

No comments: