Pages

Oct 22, 2009

माइक्रोसफ्टको विन्डोज सेभेन बजार

पर्सनल कम्प्युटर (पीसी)हरुले अव नयाँ अपरेटिङ सिस्टम पाउने भएका छन्। माइक्रोसफ्टले बिहीबार नयाँ अपरेटिङ सिस्टम विन्डोज ७ को बिक्री सुरु गर्दै छ।


माइक्रोसफ्टले भिस्टालाई पछ्याउँदै आएको नयाँ अपरेटिङ सिस्टमले अत्याधिक सफलता पाउने अपेक्षा गरेको छ। विन्डोज भिस्टापछिको यो नयाँ कम्प्युटर अपरेटिङ सिस्टम हो। भिस्टाका कतिपय फिचरप्रति समीक्षकले आलोचना गरेपनि कम्पनीले अघिल्ला अपरेटिङ सिस्टमभन्दा बढी बिक्री भएको दावी गरेको छ।

माइक्रोसफ्टले लामो समय अघिदेखि नै यसको प्रवर्द्धन गर्दै आएको छ। वहुप्रतिक्षित अपरेटिङ सिस्टमका रुपमा पचित यसको बिक्रीका लागि अमेरिका तथा वेलायतका सफ्टवेयर पसलहरु मध्यरातदेखि नै खुल्ने भएका छन्। कम्पनीले पनि बढी भन्दा बढीमा बिक्री गराउन विभिन्न कार्यक्रमहरु रातभर गर्ने जनाएको छ।

लन्डनस्थित पिसी वर्ल्डले बुधबार मध्यरातिदेखि आफ्नो स्टोर खुला गर्ने जनाएको छ। स्टोरमा माइक्रोसफ्ट विन्डोज ७ को फिचरबारे जानका दिन आइटी प्रोफेसनलहरु रातिदेखि नै तयार पारिएका छन्। उनीहरुले यो सफ्टवेयर कम्प्युटरमा कस राख्ने भन्ने जानका उपभोक्तालाई दिनेछन्।

माइक्रोसफ्टले यसको राम्रो प्रवर्द्धन गरेपनि यसका अघिल्ला भर्सनको तुलनामा कम महत्व पाएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन्। कम्पनीले न्युयोर्कमा धेरै दिन यसको औपचारिक सुरुवातको लागि छुट्याएको छ। लगातार विभिन्न कार्यक्रमहरु गरेर कम्पनीले यसको प्रवर्द्धन गर्ने जनाएको छ। धेरै पीसी कम्पनीहरुले पनि बिहीबार नै विन्डोज ७ सार्वजनिक गर्ने छन्। यसको छ वटा भर्सन एकैपटक सार्वजनिक हुँदैछ। तर, मुख्यतः होम प्रिमियम र प्रोफेसनल एडिसन सबैभन्दा बढी प्रयोग हुने अपेक्षा गरिएको छ।

सबैभन्दा आधारभूत एडिसन ३२ र ६४ विटमा उपलव्ध छन् भने वाँकी भर्सन विकाससील तथा कर्पोरेट क्षेत्रमा उपयोग हुने अपेक्षा माइक्रोसफ्टको छ। यो सफ्टवेयरका फेमेली प्याक लिनेले तीनवटासम्म पीसीमा हाल्न सकिन्छ। होम प्रिमियमको मूल्य ८ हजार ८ सय रुपैयाँको हाराहामा पर्छ। यसको मूल्य २०१० जनवपछि १० हजार रुपैयाँभन्दा माथि जाने बताइएको छ।

यसअघिको भिस्टा एक्सपीको तुलनामा बढी बिकेको दावी गर्ने माइक्रोसफ्टले विन्डोज ७ को बिक्री अझ बढी हुने जनाएको छ। कम्पनीका अनुसार यसलाई छिटो काम गर्न सक्ने बनाइएको छ भने सस्तो नोटप्याडहरुमा सजिलै चलाउन सकिने ग तयार भएको छ। नोटप्याड र नेटवुकमा भिस्टाले राम्रो काम गर्न सकेको छैन। यो भर्सनमा मल्टि टच इन्ट्राफेस, हस्तलिखित पहिचान गर्ने क्षमतासहितको व्यवस्था गरिएको छ। अघिल्ला भर्सनमा जस्तो यसमा पचित टास्कवार छैनन्। नयाँ टास्कबार कम्प्युटर स्त्रिनको फेदमा देखिन्छ। यसका केही फिचर एप्पलको म्याकसँग मिल्दोजुल्दो छ। यसले मिडिया फाइलको व्यवस्थापन पहिलेको सिस्टमले भन्दा फरक रुपमा गर्ने भएकाले पनि यसको चासो धेरैमा छ। तस्बिर, भिडियो, म्युजिक र डकुमेन्टका फोल्डरहरुलाई पहिलेभन्दा व्यवस्थित रुपमा यसले व्यवस्थापन गर्न सक्छ। विन्डोज लाइब्रे सुधारिका कारण यसले प्रयोगकर्तालाई नयाँ हुनुको अनुभूति दिने कम्पनीले जनाएको छ।

विन्डिज ७ को वेटा र पक्षण भर्सनबाट केही धेरै उत्साही देखिएका छन्। उनीहरु यो भर्सनको सिस्टममा जान आतुर छन्। तर, यसको प्रयोगपछिमात्र यसमा कति समस्या छन् भन्ने थाहा पाउन सकिने छ। सामान्य उपभोक्ताले भने यो अपरेटिङ सिस्टम आफ्नो कम्प्युटरमा चल्न सक्छ कि सक्दैन भन्ने थाहा पाउन माइक्रोसफ्टको सपोर्ट साइटमा गएर हेर्न सक्छन्। हालैमात्र कम्पनीले विन्डोज ७ चल्न सक्ने नसक्ने पहिचान गर्न आफ्नो साइट तयार गरेको छ।(source-nagarik news)

No comments: