Pages

Oct 31, 2009

meri bassai oct 31

part-1


part-2


part-3

Oct 30, 2009

Pooja Lama sex scandal video..........who is next???


मोडल पूजा लामाको पनि सेक्स भिडियो बजारमा

नायिका नम्रता श्रेष्ठको सेक्स भिडियोको चर्चा सेलाउँदै गर्दा अर्की चर्चित मोडल तथा नायिका पूजा लामाको सेक्स टेप बजारमा आइपुगेको दाबी पत्रकार विदुर गिरीले गरेका छन् । नेपाल समाचारपत्रमा प्रकाशित आजको समाचारमा लेखिएको छ- उनको सेक्स भिडियो बजारमा आएको हल्ला केहीअघिदेखि भए पनि बुधबारबाट व्यापक रुपमा साटासाट भएको छ ।

एक मिनेट २३ सेकेण्ड मात्र भिडियो रहेको उक्त भिडियोमा पूजालाई स्पष्ट देखाइएको र उनीसँगको पुरुषको अनुहार भने देखिएको छैन । तर उनीहरु दर्ुइबीच भएको सम्वाद स्पष्ट सुनिन्छ । पूजाले कोक पिएको दृश्यबाट शुरु हुने भिडियोमा पुरुष र महिलाबीचको अधिकांश सम्वाद अंग्रेजीमा रहेको छ ।

पूजासँग सर्म्पर्क गर्दा भिडियोबारे आफूलाई जानकारी नभएको बताएको समाचारपत्रले जनाएको छ । "मेरो एउटा साथीकोमा त्यो भिडियो छ रे, उसले मलाई भोलि त्यो दिन्छु भनेको छ । त्यो हेरिसकेपछि मात्र मेरो हो कि होइन वा अरु कुरा भन्न सक्छु", पत्रिकाले मोडल लामालाई उद्धृत गर्दै भनेको छ- "भिडियो नै नहेरी म कसरी भन्न सक्छु ।"
(source-nepali patra)
(for video give your emali add. on comment)

Oct 27, 2009

"पल्पसा क्याफे" नारायण वाग्ले को मदन पुरस्कार बिजेत उपन्यास

ujjalo 90 network बाट पर्सारित श्रुती सम्वेग मा अच्युत घिमिरे द्वारा बाचान गरियको पल्पसा क्याफेको सबै भाग राखिदियको छु डाउनलोअद गर्नुहोस् अनी चर्चित उपन्यास पल्पसा क्याफे सुमधुर सूर मा सुन्नुहोस्.
part1
part2

part3
part4

part5
part6
part7
part8

(source-aakarpost.com,unn.com.np)

Oct 24, 2009

meri bassai part-1 oct-24


meri bassai part-2 oct24


meri bassai part-3 oct-24

Oct 22, 2009

माइक्रोसफ्टको विन्डोज सेभेन बजार

पर्सनल कम्प्युटर (पीसी)हरुले अव नयाँ अपरेटिङ सिस्टम पाउने भएका छन्। माइक्रोसफ्टले बिहीबार नयाँ अपरेटिङ सिस्टम विन्डोज ७ को बिक्री सुरु गर्दै छ।


माइक्रोसफ्टले भिस्टालाई पछ्याउँदै आएको नयाँ अपरेटिङ सिस्टमले अत्याधिक सफलता पाउने अपेक्षा गरेको छ। विन्डोज भिस्टापछिको यो नयाँ कम्प्युटर अपरेटिङ सिस्टम हो। भिस्टाका कतिपय फिचरप्रति समीक्षकले आलोचना गरेपनि कम्पनीले अघिल्ला अपरेटिङ सिस्टमभन्दा बढी बिक्री भएको दावी गरेको छ।

माइक्रोसफ्टले लामो समय अघिदेखि नै यसको प्रवर्द्धन गर्दै आएको छ। वहुप्रतिक्षित अपरेटिङ सिस्टमका रुपमा पचित यसको बिक्रीका लागि अमेरिका तथा वेलायतका सफ्टवेयर पसलहरु मध्यरातदेखि नै खुल्ने भएका छन्। कम्पनीले पनि बढी भन्दा बढीमा बिक्री गराउन विभिन्न कार्यक्रमहरु रातभर गर्ने जनाएको छ।

लन्डनस्थित पिसी वर्ल्डले बुधबार मध्यरातिदेखि आफ्नो स्टोर खुला गर्ने जनाएको छ। स्टोरमा माइक्रोसफ्ट विन्डोज ७ को फिचरबारे जानका दिन आइटी प्रोफेसनलहरु रातिदेखि नै तयार पारिएका छन्। उनीहरुले यो सफ्टवेयर कम्प्युटरमा कस राख्ने भन्ने जानका उपभोक्तालाई दिनेछन्।

माइक्रोसफ्टले यसको राम्रो प्रवर्द्धन गरेपनि यसका अघिल्ला भर्सनको तुलनामा कम महत्व पाएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन्। कम्पनीले न्युयोर्कमा धेरै दिन यसको औपचारिक सुरुवातको लागि छुट्याएको छ। लगातार विभिन्न कार्यक्रमहरु गरेर कम्पनीले यसको प्रवर्द्धन गर्ने जनाएको छ। धेरै पीसी कम्पनीहरुले पनि बिहीबार नै विन्डोज ७ सार्वजनिक गर्ने छन्। यसको छ वटा भर्सन एकैपटक सार्वजनिक हुँदैछ। तर, मुख्यतः होम प्रिमियम र प्रोफेसनल एडिसन सबैभन्दा बढी प्रयोग हुने अपेक्षा गरिएको छ।

सबैभन्दा आधारभूत एडिसन ३२ र ६४ विटमा उपलव्ध छन् भने वाँकी भर्सन विकाससील तथा कर्पोरेट क्षेत्रमा उपयोग हुने अपेक्षा माइक्रोसफ्टको छ। यो सफ्टवेयरका फेमेली प्याक लिनेले तीनवटासम्म पीसीमा हाल्न सकिन्छ। होम प्रिमियमको मूल्य ८ हजार ८ सय रुपैयाँको हाराहामा पर्छ। यसको मूल्य २०१० जनवपछि १० हजार रुपैयाँभन्दा माथि जाने बताइएको छ।

यसअघिको भिस्टा एक्सपीको तुलनामा बढी बिकेको दावी गर्ने माइक्रोसफ्टले विन्डोज ७ को बिक्री अझ बढी हुने जनाएको छ। कम्पनीका अनुसार यसलाई छिटो काम गर्न सक्ने बनाइएको छ भने सस्तो नोटप्याडहरुमा सजिलै चलाउन सकिने ग तयार भएको छ। नोटप्याड र नेटवुकमा भिस्टाले राम्रो काम गर्न सकेको छैन। यो भर्सनमा मल्टि टच इन्ट्राफेस, हस्तलिखित पहिचान गर्ने क्षमतासहितको व्यवस्था गरिएको छ। अघिल्ला भर्सनमा जस्तो यसमा पचित टास्कवार छैनन्। नयाँ टास्कबार कम्प्युटर स्त्रिनको फेदमा देखिन्छ। यसका केही फिचर एप्पलको म्याकसँग मिल्दोजुल्दो छ। यसले मिडिया फाइलको व्यवस्थापन पहिलेको सिस्टमले भन्दा फरक रुपमा गर्ने भएकाले पनि यसको चासो धेरैमा छ। तस्बिर, भिडियो, म्युजिक र डकुमेन्टका फोल्डरहरुलाई पहिलेभन्दा व्यवस्थित रुपमा यसले व्यवस्थापन गर्न सक्छ। विन्डोज लाइब्रे सुधारिका कारण यसले प्रयोगकर्तालाई नयाँ हुनुको अनुभूति दिने कम्पनीले जनाएको छ।

विन्डिज ७ को वेटा र पक्षण भर्सनबाट केही धेरै उत्साही देखिएका छन्। उनीहरु यो भर्सनको सिस्टममा जान आतुर छन्। तर, यसको प्रयोगपछिमात्र यसमा कति समस्या छन् भन्ने थाहा पाउन सकिने छ। सामान्य उपभोक्ताले भने यो अपरेटिङ सिस्टम आफ्नो कम्प्युटरमा चल्न सक्छ कि सक्दैन भन्ने थाहा पाउन माइक्रोसफ्टको सपोर्ट साइटमा गएर हेर्न सक्छन्। हालैमात्र कम्पनीले विन्डोज ७ चल्न सक्ने नसक्ने पहिचान गर्न आफ्नो साइट तयार गरेको छ।(source-nagarik news)

Tito satya

tito satya-part1


tito satya-part2


tito satya-part3

free anti-virus software

केही Anti-virus को free download लिन्क राखीदियको छु आसा छ कुनैन कुनै दिन तपाईंहरुको काममा आउनेछ
1. Avira Antivirus
Features (Feature list provided by AntiVir)
-AntiVir protection
-AntiDialer protection against expensive dialers
-AntiRootkit protection against hidden rootkits
-Faster Scanning up to 20% faster (compared to the previous version)
-AntiPhishing protection against phishing
-AntiSpyware protection against spyware and adware
-NetbookSupport for laptops with low resolution
-QuickRemoval eliminates viruses at the push of a button

(to download click here)

2. Bitdefender Antivirus Free Edition
Feature-:
-Protects your PC in real time from known viruses, spyware and other malware with hourly - update

-Blocks unknown viruses using advanced proactive detection techniques
-Monitors and prevents spyware threats in real-time
-Detects and removes the newest breed of hidden threats known as rootkits
-Helps protect you against identity theft
-Free 24/7 Support
(to download click here)

3.AVG Antivirus
-Features (Feature list provided by AVG)
-LinkScanner-Active Surf-Shield Ensures every web page you visit is safe – even before you go there.
-LinkScanner-Search-Shield Applies safety ratings to your Google, MSN and Yahoo search results.
-Phishing Protection- Checks to make sure web pages really are what they appear to be.
-E-mail Scanner- Keeps you safe from dangerous attachments and links in your e-mail.
-Anti-Virus- Makes sure you can’t get or spread a virus, worm, or Trojan horse.
-Anti-Spyware- Prevents unauthorized information access by spyware and adware.
-Update Manager- Makes sure you’re always safe from the latest threats – automatically.
(to downloadclick here)

4.Avast home free anti virus
(to download click here)

5.AntiVir personalEdition
(to download click here)

6.McAfee
(to download click here)

7.bitdefender
(to download click here)

8.clamwin
(to download click here)

केही राम्रा नेपाली म्युजिक भिडियो download गर्नुहोस्

(to download click on songs name)
unity को केही राम्रा गीतहरु
1.प्रेम अनी आगो
2.मिसन पैसा

सिरिश देवकोटा को फरक अनी एकदमै राम्रो लोकगीत
1.म त आउने थियन

नेपाली भजन download गर्नुहोस् र मजा लिनुहोस्

तपाईंहरुको सल्ला सुजाब-कमेन्ट लिन्क मा क्लिक गरेर या मलाई blood_spot2002@yahoo.com मा मेल गरेर दिनुहोल। सहयोग को लागि गूगल को बिज्ञापन मा क्लिक गरिदिनुहोला

Oct 18, 2009

दिप जस्तो चम्किरहोस् तपाईंको जीवन कहिल्यै पिडाले खिन्न नहोस् त्यो मन…… सधैं भित्रियोस मुरीका मुरी तपाईंको घरमा धन………… सुनौलो विहानीको होस् आगमन लक्ष्मीको होस् सधैं तपाईंको घरमा बास…….. सधैं छाहिरहोस तपाईंको मुहरमा उज्यालो प्रकाश यही छ मेरो तपाईंलाई 2066 Tihar को शुभकामना

Oct 17, 2009

Meri bassai october 18

Meri bassai october 17
Part-1


Part-2


Part-3

Oct 16, 2009

ओबामाद्वारा दिपावलीको शुभकामना

अमेरिकी राष्ट्रपति बाराक ओबामाले दिपावली मनाउने विश्वका सबैलाई शुभकामना दिएका छन्। ह्वाइट हाउसमा रेकर्ड गरी वेबसाइटमा राखिएको भिडियो सन्देश दुई मिनेट लामो छ। यो पवित्र पर्वका अवसरमा सबै धर्म र स‍ंस्कृतिका मान्छेहरु एकजुट हुने बानी बसोस् भन्ने कामना ओबामाले गरेका छन्।

सन्देशमा हिन्दू, जैन र सिख धर्मावलम्बीहरुमा दिपावलीको महत्त्वका बारेमा चर्चा पनि गरिएको छ।

यसअघि बुधबार ओबामाले ह्वाइट हाउसमा हिन्दू पुजारीको वैदिक मन्त्रोच्चारणका बीच दियो बाली दिपावलीमा सहभागी हुने पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए(source-nagarik news)

Oct 15, 2009

Tito satya

oct-15 watch
part-1


part-2


part-3

काठमाडौं र चितवनमा स्वाइन फ्लु

काठमाडौं र चितवनमा पान्डेमिक इन्फ्लुएन्जा एचवान एनवान २००९ (स्वाइन फ्लु) भेटिएको छ। गत असार १५ गते अमेरिकाबाट कतार हुदैँ आएका नेपालीमा स्वाइन फ्लु भेटिएको थियो। यसअघि मासमा स्वाइन फ्लु रहेका देशबाट आएका वा तीनिहरुको सम्पर्कमा रहेका परिवारका सदस्यमा मात्रै यो रोग भेटिएको थियो।
एभियन इन्फ्लुएन्जा नियन्त्रण आयोजनाका निमित्त प्रमुख डा.जितेन्द्रमान श्रेष्ठले भने, 'एकसाताको बीचमा विदेशभ्रमण नगरेका र विदेशबाट फर्किएका मानिससँग पनि भेट नगरेका मानिसमा रोग भेटिएको छ।' उनले भने, 'अब स्वाइन फ्लु मासमा छ भन्ने देखिन्छ।' उनले काठमाडौ र चितवनमा मात्रै मासमा पुष्टि भएपनि देश अन्य भागमा पनि यसका विरामी हुनसक्ने बताए। 'यो छटौ स्टेज हो, जहाँ पनि जसलाईपनि यो समस्य भएको हुनसक्छ।'
पछिल्लोपटक मासमा भेटिएका आठ जना मध्ये तीन चितवन र पाँच काठमाडौमा भेटिएका थिए। नयाँ रिपोर्टसँगै चितवनमा एक एक महिनदेखि फैलिएको उच्च ज्वरोको एउटा स्वाइन फ्लु भएको प्रमाणित भएको छ। ५ हजारका हाराहारीमा विरामी भएकामा सबै स्वाइन फ्लु हुननसक्ने चिकित्सकहरुले बताएका छन्। 'सबैमा स्वाइन फ्लुसँग मिल्ने लक्षण छैन् विश्व स्वास्थ्य संगठनका चिकित्सक निर्मल कडेँलले दशै यता देखिएको विरामीमा मात्रै स्वाइन फ्लुसँग मिल्ने लक्षण देखिएको बताए। स्वास्थ्य सेवा विभागले चितवनमा उच्च ज्वरोको लक्षणबाट भएकाको मृत्युलाई 'संभाविन स्वाइन फ्लुको मृत्यु'को संज्ञा दिएको छ।संलक्षण भएको ६ नमुना मध्ये ३ जना र एक साताभित्र काठमाडौ ठुला अस्पताल अस्पतालबाट नमुना रुपमा लिएका केही स्याम्पल परीक्षण गर्दा कान्तिबाल, शिक्षण अस्पताल, बीर र पाटन अस्पतालमा एक एक जनामा स्वाइन फ्लु भेटिएको हो। हालसम्म ४४ जनामा जाँचबाट पुष्टि भएको छ।
(source-nagariknews)

Oct 14, 2009

साचै नै उच्च बिचार -बिदेश मा भयका नेपाली ले सिक्नु पर्ने कुरा.....

"विद्यार्थीका रुपमा तत्कालीन सोभियत संघ छिरेका उनले इलम र लगनको एउटा अध्यायपछि एक दिन आफूलाई अर्बपतिका रुपमा पाए । सफलताको यो नसा त्यतिखेर उत्रियो,जब १२ हजार अन्तर्राष्ट्रिय जनशक्तिलाई रोजगारी दिएका उनलाई एकपछि अर्का कूटनीतिक नियोगमा 'नेपाली’को व्यवहार गरियो । नेपालीको अर्थात् अपमानको । नेपालीको अर्थात् दयाको । नेपालीको अर्थात् तिरस्कारको । नेपालको हरियो पासपोर्टलाई दरिद्रताको अन्तर्राष्ट्रिय प्रमाणपत्रजस्तो व्यवहार गरिएको पाएपछि उनीभित्रको नेपाली जाग्यो । त्यो निजी जागरण गैरआवासीय नेपालीहरुको साझा जागरणमा परिणत भयो र बन्यो- गैरआवासीय नेपाली संघ (एनआरएनए) । त्योसँग जोडिएका अरु कथा यस्ता छन्:"
अर्बपति बनेपछि उपेन्द्र महतोलाई लागेको थियो, अघि बढ्न संसारमा अब कुनै छेकवार छैन । तर, भ्रम टुट्यो जब अमेरिकी दूतावासले उनलाई भिसा दिन अस्वीकार गर्‍यो ।
साथीको बिहे थियो, धेरै तयारी के चाहियो ? उपेन्द्रको पासपोर्ट र डकुमेन्ट बोकेर 'सेक्रेटरी' बेलारुसस्थित अमेरिकी दूतावास पुगे । तर, दूतावासले 'सेक्रेटरी' लाई फिर्ता पठाइदियो ।
'जसको पासपोर्ट हो, उसैलाई पठाऊ' दूतावासको फरमान थियो । यो के चाला हो भन्दै उपेन्द्र पुगेका थिए, तर दूतावासले उनलाई पनि खाली हात पठाइदियो । उपेन्द्र जिल खाए ।
'मैले भिसा किन नपाउने ?' उपेन्द्रले दलिल गर्न नखोजेका होइनन् । तर, ओठेजवाफ तयार थियो, 'तिमी गरिब नेपाली, बेलारुसमा आएर बिहान-बेलुकाको गुजारा चलाएका हौला, अब त्यत्रो खर्च गरेर अमेरिका किन जानुपर्‍यो ?'
उपेन्द्रले बेहिसाब हरियो डलर कमाए, तर अमेरिकी दूतावासले देखेन । उसले देख्यो, हरियो पासपोर्ट । त्यसैले उनी अमेरिका प्रवेशका लागि अयोग्य साबित भए ।
अपहेलित मन लिएर उपेन्द्र सुस्ताएका थिए । तर, जागे बेलारुसीहरू । प्रतिष्ठाको फेहरिस्तसहित बेलारुस सरकारले उपेन्द्रका लागि भिसा दाबी गर्‍यो । कर्मभूमि जागेपछि भिसा सम्भव भयो ।
अर्कोपटक उनी अस्टि्रयाका लागि उडे । अस्टि्रया र बेलारुसका अधिकारीबीच वाणिज्य भेटघाट थियो । 'भिसा त सजिलै पाएँ, भेटघाटको मध्यस्थ नै म थिएँ,' उनी सम्झिन्छन् ।
भियना पुग्नासाथ अस्टि्रयायी वाणिज्य अधिकारीहरू जहाजभित्रै आइपुगे । स्वागत-ग्रहण गर्न उपेन्द्र पनि तम्तयार थिए । तर, टोलीका सबैले स्वागत पाए, उपेन्द्रलाई त सुरक्षाकर्मीले नजिक जान पनि दिएनन् । अस्टि्रयायी र बेलारुसीहरू अंकमाल गर्दै गए । उपेन्द्रको घाउमा फेरि नुन लाग्यो ।
उपेन्द्र लगेज तान्दै इमिग्रेसनतिर सोझिए । अधिकारीहरूले नेपाली पासपोर्ट देखे, निहुँ खोज्न थालिहाले । 'आफैँ भिसा दिन्छन्, आफैँ निहुँ खोज्छन्,' सम्झिएर उनी खिन्न भए ।
उनी इमिग्रेसनका अधिकारीसँग बाझाबाझ गर्दा उता दुई देशका अधिकारीबीच छलफल भइरहेको थियो, जसका उनी मध्यस्थ थिए ।'
राष्ट्रियताकै कारण कत्रो अपहेलना ? तर, उपेन्द्रलाई अब झोक चल्दैन । चलोस् पनि कति ?
सायद त्यसैले विदेशको विमानस्थल टेक्नासाथ उतैको नागरिक बन्ने जुगाड खोज्छन् । उपेन्द्रले भने अहिलेसम्म नेपाली पासपोर्ट बोकेका रहेछन् । उनको व्यवसाय बेलारुसदेखि युरोप र एसियामा फैलिइसकेको छ । तर, वर्कपरमिटका भरमै विदेशमा यति धेरै उद्यम गरिरहेका छन् । 'म नेपाली पासपोर्ट खल्तीमा राखेरै मर्ने हो,' उनले भीष्मप्रतिज्ञा दोहोर्‍याए ।
नेपाली पासपोर्टका कारण अपमानित हुने उनी एक्ला होइनन् । 'मैले मात्र भोगेको होइन, लाखौँलाख नेपालीको नियति यही हो,' उपेन्द्रले भने ।
'विदेशमा मात्रै किन ? स्वदेशमै पनि त हामी कुण्ठित छौँ' टिप्पणी सुन्नासाथ उपेन्द्रले भने, 'हो, दोष उनीहरूको होइन, हाम्रो हो । त्यसैले त एनआरएन खुलेको हो ।' उनले अब केहीबेर बोल्ने 'प्वाइन्ट' भेटे ।
'पासपोर्टको दोष के छ ? देशको दोष के छ ? दोष त हाम्रो छ,' उनी भन्न थाले, 'देश समृद्ध बनाउनुपर्छ, प्रतिष्ठा आफैँ पछि-पछि आइलाग्छ ।'
प्रतिष्ठाका लागि विकास, विकासका लागि लगानी, लगानीका लागि संगठन । यस्तो रहेछ एनआरएनको 'ब्लुपि्रन्ट' ।
'अब केही नगरी हुन्न है भनेर मैले साथीहरूसँग सल्लाह गरेँ,' उनी फेरि अतीततिर गए, 'ज-जसलाई भनेँ, सबै उत्साही भए ।'
सन् २००३ मा काठमाडौंमै आएर उपेन्द्रसहितको ठूलो समूहले गैरआवासीय नेपाली संघ (एनआरएनए) गठन गर्‍यो । संगठन चौथो सम्मेलनको तयारीमा छ ।
संगठन बनेको ६ वर्ष भयो, घडीको सुईले जस्तै ब्रह्माण्डको चक्कर लगाइरहेका छन् उपेन्द्र । अब के छ त उनको पासपोर्टको स्थिति ? 'उस्तै छ' उनले नढाँटी भने ।
सय मिलियन डलर लगानी- कस्तो आकर्षक घोषणा थियो । संस्थागत रूपमै लगानी गरेर नेपाललाई समृद्ध बनाउने घोषणा भएको थियो । तर, त्यस्तो लगानीको 'शिलान्यास' भएन ।
टेबुलमा कप आइपुगेको थियो । चुस्की लगाउँदै उनले भने, 'लौ कफी पो ल्याएछ !' साँच्चै, उनले त कालो चिया पो 'अर्डर' गरेका थिए । पुष्टि भयो फेरि, सोचेजस्तो हुन्न जीवन !
कुरा फेरि अघि बढ्यो । संयोग उस्तै, प्रसंग फरक । 'लगानी नगर्ने कुरै छैन ? संस्थागत पनि हुन्छ, व्यक्तिगत पनि हुन्छ,' त्यसो भए अहिलेसम्म ? 'सरकारले नीति नै बनाउन सकेन ।'
उपेन्द्र भन्छन्, 'विदेशीलाई जति सुविधा दिन्छौ, त्यत्ति भए हामीलाई पुग्छ, थप केही चाहिँदैन ।' उनले यो माग धेरै सरकारलाई सुनाइसकेका छन् । 'सरकारसामु पनि यति धेरै चुनौती छन्, नभ्याएर पनि होला,' उनले हेभी डिस्काउन्ट गरेर प्रतिक्रिया दिए ।
त्यसो त अन्योलबीच पनि उपेन्द्र र केही एनआरएनले नेपालमा व्यक्तिगत रूपमा लगानी गरेका छन् । 'अहिलेसम्म तीन सय मिलियन डलर लगानी भयो होला, नेपालका सन्दर्भमा यो लगानी सानो होइन,' उनले यो पनि भन्न भ्याए ।
तीन सय मिलियन डलरले कति उद्योग र रोजगार सिर्जना गर्छ ? तत्काल हिसाब सम्भव भएन । त्यसैले मैले होलसेलमै प्रश्न राखेँ, 'एनआरएनको लगानीले त्यति धेरै रोजगार सिर्जना गरेको त देखिएको छैन, त्यो पैसा धेरै हो र ?' उनले भने, 'धेरै त होइन, सरकार सकारात्मक भए लगानी बढ्छ ।'
उपेन्द्र आफैँ धेरै लगानी गर्न सक्छन्, तर उनको पनि गति किन सुस्त छ ? 'म आफ्नो लगानीप्रति सन्तुष्ट छैन । मेरो त विद्युतीय रेल बनाउने मन छ,' उनले एक्कैसाथ उत्साह छरे ।
राजधानीवासीले दिनमा २० घन्टा लोडसेडिङ बेहोर्ने दिन आउँदै छ । अब केले कुदाउने होला विद्युतीय रेल ? 'होइन, होइन, त्यही रेल चलाउन ठूला-ठूला हाइड्रोप्रोजेक्टमा काम गर्नुपर्छ,' उनले भने, 'अब सुनारको सय चोट पर्खने बेला छैन, लोहारको एक चोट हान्नुपर्छ ।' यसपालि उनले भन्नै परेन, तर सरकारले वातावरण बनाउनुपर्छ ।
संगठित लगानी ल्याउने अभियानका नेता उपेन्द्र यसैपालिदेखि संघको अध्यक्षबाट बिदा लिँदै छन् । उनी अब कुन फोरममा हुन्छन् त ? 'संघको अध्यक्ष पद पो छाड्दै छु, अभियान त जारी छ,' खुलासा गर्दै अन्त्यमा यत्ति भने ।
एनआरएनप्रति नेपाली धेरै आशावादी थिए, आशा अझै जीवित छ । तर, वर्ष बिराएर काठमाडौंमा दसैँ मनाउँदैमा संघको साख जोगिएला ? तर, उपेन्द्र आफ्नो संगठनको उपलब्धिप्रति सन्तुष्ट रहेछन् । 'विदेशमा पैसा कमाए पनि नेपालीहरू आत्मउत्पीडनमा थिए, देशका लागि केही गर्नुपर्छ भन्ने अवस्थै थिएन,' उनले भने ।
संघले नेपालीको आत्मबल बढाएको दाबी गरे उनले । 'अब त आफ्नै प्रतिष्ठाका लागि नै पनि देशमा केही गर्नुपर्छ भन्ने भावना जागेको छ,' उनले सबैको भावनाको प्रतिनिधित्व पनि गरिदिए ।
अरूका बारेमा बोलेपछि उनलाई अन्तिममा एउटा प्रश्न, 'अध्यक्ष बनेर ६ वर्षमा के गर्नुभयो ?'
'मैले एनआरएनहरूका मनमा तीनवटा भावना जगाएको छु,' उनले औँला गनेरै बयान गरे ।
१. मैले गर्नुपर्छ

२. म गर्न सक्छु

३. अब म गर्छु

Oct 13, 2009

यस्तो पो लेख साह्रै राम्रो लाग्यो म सलाम गर्छु खगेन्द्र सङ्रौलालाई एक् पटक पढ्नुस् त तपाईंहरु पनि शायद तपाईं हरु लाई पनि राम्रो लाग्छ कि

यस्तो पनि सरकार!
खगेन्द्र संग्रौला
महिना दिनजसोअघि हाम्रा माधवश्री लौहचरीमा सवार भई नेपालगन्जतिर गएका थिए। कसैबाट तिनले सुनेछन् - माथि दुर्गम र विकट पहाडी भेगमा एक नारी सुत्केरी व्यथाबाट आक्रान्त भएकी छिन्। माधव लौहचरीमा हुइँकिदै हत्तपत्त माथि पुगे। तिनले कालसँग जुधिरहेकी ती महिलालाई काठमाडौं ल्याए। दुर्भाग्यवश, सन्तान बिग्रियो तर ती नारीको ज्यान भने जोगियो। माधवको यो नाटकीय करुणा प्रदर्शनलाई छापाको शीर्षक बनाउन भयङ्कर होडबाजी चल्यो। कतिपय ढ्याके दैनिकले त यसबारे सम्पादकीय नै ठोके। जब प्रधानमन्त्री माधव एक पीडाग्रस्त नारीको उद्धार गर्दै थिए, ठीक त्यही क्षणमा मुलुकभरि प्रसूति सेवा नपाएर सके हजारौँ नारीहरू आहत चित्कारसाथ छट्पटाइरहेका थिए। सके कति त अकथनीय पीडा झेल्दै एकबारको जुनीबाट अकालमै बिदा हुन अभिशप्त थिए। तर, अपवादलाई छाडेर सञ्चारका अधिकांश गुरुजीका नजरमा यो वृहत्तर सत्य पर्दै परेन। माधवकुमार नेपाल मुलुकका प्रधानमन्त्री हुन्, जसका हातमा सामान्य नागरिकको नियतिको बागडोर छ। तर, तिनले रोगी व्यवस्थाको वृक्षमा चढेर एउटा पहेँलो पात टिपेका के थिए, तिनको हाई-हाईले समस्त गगनमण्डल गुन्जियो। मानौँ तिनको यो करुणामा तीन करुणामयी महापुरुष बुद्ध, अशोक र गान्धीको एकमुष्ट उपस्थिति हुन गयो।
सञ्चारको लघुदृष्टियुक्त तारिफको लहरबाट माधवबाबु उत्पात फुर्किए। तिनलाई लाग्यो होला, चर्चामा छाइरहने र अमरत्व प्राप्त गर्ने काइदा त यो पो रहेछ बा! बस्, ती अर्को नाटक मञ्चन गर्न उत्ताउलिए। ती टुरिस्ट बसमा चढेर राजधानी नगरको परिक्रमामा निस्के। साथमा आफू सुहाउँदा यात्री उपप्रधानमन्त्री विजयकुमार गच्छदार र गृहमन्त्री भीमबहादुर रावल थिए। माधवश्रीगणको यो करुणामयी र कृपापूर्ण परिक्रमाको पावन उद्देश्य थियो - सहरको ट्राफिक व्यवस्थाको दशा, फोहोरमैला व्यवस्थापनको अवस्था र नागरिकको अमनचैनको स्थिति प्रत्यक्ष नजर गर्नु। तिनले नजर गरे र देखे - सबै कुरा गजप छ। अफ्नो छोटो शासनकालमा चौतर्फी चामत्कारिक सुधार भएको छ। तब न माधव सरकार! बसविहारी शासकहरूको यस चर्तिकलाले मलाई राणा र शाह शासकका सोचाइ र संस्कृतिको याद दिलायो। राणा शासकका छोराहरू आमाको गर्भबाटै जर्नेलको फुली लगाएर निस्कन्थे। शाह शासकको जेठो छोरो निधारमा युवराजाधिराजको र बाँकी छोरा अधिराजकुमारको छाप ठोकेर धरतीमा झर्थे। सिङ्गै मुलुक लुटेर ती सबै सुविधा, सुरक्षा र सुखले भरिपूर्ण दरबारमा हुर्कन्थे। शोषित र उत्पीडित प्रजाको जीवनका अभाव, दुःख र हुर्मतहरूको तिनलाई एक पित्कोसम्म पनि ज्ञान हुँदैनथ्यो। तिनलाई लाग्थ्यो, हामी अखण्ड चैनमा बाँचेका छौँ, तसर्थ प्रजाको हालचाल पनि यस्तै दिलखुस होला। प्रजाहरूको जीवनबारे सर्वथा अज्ञानी राजा त्रिभुवनले एक प्रजालाई 'तिमीहरूले दूध-भात पनि पेटभरि खान पाएका छैनौ त?' भनी सोधेको हरिप प्रश्न लोकलाई कंठै छ।
कुन लोकका मानव हुन् यी माधव, गच्छदार र रावल, जसलाई काठमाडौंको ट्राफिक, फोहोरमैला र सुरक्षाको हालत बुझ्न नगर परिक्रमै गर्नु जरुरी भइसक्यो? के यिनका शासक बन्नुअघिका सम्झना यति छिटै मेटिएर गइसके? गइसके भने राजधानीको चौतर्फी भद्रगोल, कुइगन्ध, कोलाहल र दुर्दशा बुझ्न उच्च दर्जाका यी मानवहरू माइक्रो भ्यान वा बसको ढोकाबाहिर झुन्डिएर दिनभरि राजधानी घुमून्। यिनले ट्राफिकको भद्रगोल भोगून्, सडकको कुइगन्ध सुँघून् र जनजीवनको कष्टकर यथार्थबोध गरून्। यी वातानुकलित वाहनमा साइरन आतंक अघि लाएर सडकमा सवार हुन्छन् र ठान्छन् - मलाई मोज छ, तसर्थ ममार्फत् अरूलाई पनि मोजै होला। यी गगन मार्गमा हेलिकप्टरमा सवार हुन्छन् र ठान्छन् - मेरो यात्रा अवरोधमुक्त छ, तसर्थ मेरो यात्रामार्फत् अरुहरूको यात्रा पनि यस्तै होला। कडा सुरक्षापङ्क्तिभित्र यी सुरक्षित छन् र ठान्छन् - मेरो सुरक्षामार्फत अरुहरूलाई पनि सुरक्षाबोध भएकै होला। ठीकै हो, पहिले राणा र शाह शासकहरू पनि त यस्तै ठान्थे।पर्यटक बसमा मस्ती मुद्रामा नगर परिक्रमा गरेपछि गृहमन्त्री रावलले सगर्व उद्घोष गरे - अहा! ट्राफिक व्यवस्थामा भव्य सुधार भएछ। हेक्का रहोस् पाठकवृन्द! त्यसै दिन साँझपख गृहमन्त्री रावलको हवाइ कल्पनामा सुध्रिएको ट्राफिक व्यवस्था भोग गर्दै खानीखोलाबाट चाबेल आइपुग्न मलाई पूरापूर चार घन्टा लाग्यो। नगरपरिक्रमापछि प्रधानमन्त्री माधवबाट सगौरव आज्ञा भयो - मेरो कार्यकालमा हर चीज द्रूततर गतिमा ठीकठाक हुँदो छ। स्मरण रहोस् पाठकवृन्द! मानौँ देश-दुनियाँ अमनचैनको अखण्ड आनन्दमा डुबेको अनुभूत गर्दै माधवबाबु कानसम्म मुख च्यातिने गरी हाँस्दै राजधानीमा घुमिरहँदा नेपालको पश्चिम भेगमा के हुँदैथियो? बाढी-पहिरोको व्याधीले नरनारी आतंकित भएका थिए। कति पहिरोमा पुरिएर स्वर्गे भइसकेका थिए, कति त्यसमा च्यापिएर उद्धारका लागि करुण पुकार गरिरहेका थिए, कति भेल उर्लिएको नदीकिनारको रुखमा अड्किएर कुनै देवदूत आओस् र आफूलाई बचाओस् भनी रातभरि रोइकराई गरिरहेका थिए।
दायित्वबोध, अन्तर्दृष्टि र दूरदृष्टि हुने प्रधानमन्त्रीले मुलुकका समस्याहरूको समाधान प्रणालीमा खोज्छ। संस्थागत संरचनामा खोज्छ। समग्रतामा खोज्छ। तर प्रधानमन्त्री माधव नाकअगाडि भन्किने झिँगोलाई मात्र देख्छन्, त्यसैको गुनगुनमात्र सुन्छन्। लाग्छ, हाम्रा माधवश्री समस्याको टुत्रे समाधानकारी उस्ताद हुन्। यिनको टुत्रे समाधान विधिले गति लिँदा विचित्रको झाँकी देख्न सकिने छ। मानौँ कुनै किसानले प्रम माधवछेउ आफ्नो बालीमा रोग लागेको गुनासो गर्‍यो। प्रमजी अब के गर्छन्? माधवबाबु कीटनाशक विखादिको सिलिन्डर भिरेर आफैँ बालीमा हाजिर हुन्छन्। यात्रुले बसमा भद्रगोल भएको दुखेसो पोखोस्, ती आफैँ खलासी कर्म गर्न तम्सिन्छन्। नागरिकले बस चालकको लापर्वाहीबारे उजुरी गरोस्, ती आफै स्टियरिङ समात्न पुग्छन्। निरक्षरतापीडित गाउँलेले दुःख पोखोस्, ती आफैँ खरी र पाटी बोकेर गाउँतिर हानिन्छन्। नगरवासीले फोहोरमैलाबारे गनगन गरोस्, ती आफैँ साबेल र डोको बोकेर फोहोर उठाउन हाजिर हुन्छन्। एवंरीतले खलासी आफैँ , चालक आफैँ, जेटीए आफैँ, मास्टर आफैँ, सफाइकर्मी आफैँ, सकल सेवाका आपूर्तिकर्ता आफैँ। एउटै माधवबाट यो बहुआयामिक भूमिका सम्पन्न गर्न असम्भव हुने हुँदा क्लोनिङ प्रविधिको माध्यमले कम्तीमा पनि पचास लाख माधवहरूको सृष्टि गर्नु जरुरी छ। प्रमका सल्लाहकारहरूले कुरो बुझून्।
शान्ति-प्रक्रियामा धाँजा फाटे फाटून्, प्रधानमन्त्री माधव र मातहतका मन्त्रीहरू चिन्तामुक्त छन्। रक्षामन्त्री भण्डारी शान्ति सम्झौताको लिखतमा आगो झोस्दै सेना भर्तीको फर्मान जारी गरून् अथवा माओवादी लडाकु आआफ्ना घर जाऊन् भनी गृहयुद्धको उपासना गरून्, यिनलाई कुनै चिन्ता छैन। चिन्ता छ त आआफ्ना धनदायी एवं सुखदायी कुर्सीहरूको दिर्घायुको मात्र। चिन्ता छ त असन्तुलित र दिग्भ्रान्त मनोदशामा नौटंकी अभिनय गर्दै सञ्चारको संसारमा समाचार बन्नुको मात्र।हे हरि, यस्तो पनि सरकार!(nagarik news bata)

Oct 12, 2009

some music i like on the dance floor

River side mother fucker

to download click here

All the singal lady -beyonce


to download click here


Tonight'sgonna be good night-black eyed peas (miss cognati remix)

to download clickhere



Sydney samson-Riverside mother fucker

to download click here

Oct 11, 2009

Nepali Bob marley

getup standup-nepali version

meri bassai

meri bassai oct. 10 part 1


meri bassai part2


meri bassai part3

Oct 8, 2009

साथीका आँखामा चे ग्वेभारा

करोडौँ मानिसका लागि चे ग्वेभारा क्रान्तिको प्रतीक हो । लाखौँका लागि ऊ क्राइस्ट नै हो । उसो त उसलाई सैतान ठान्नेहरू पनि कम छैनन् । नायक र खलनायकको बहस चेका सन्दर्भमा जति भएका छन्, त्यति सायदै इतिहासमा अरू कसैका सन्दर्भमा भएका छन् । तर, मेरा लागि चे केवल एक साथी हो, जसको तस्बिर नाइट क्लबमा उन्मत्त नाचिरहेकी तरुनीदेखि दर्शनशास्त्रको गम्भीर प्राध्यापकसम्मका छातीमा टाँसिएका छन्, त्यो मेरो साथी हो । यौटा मिथकको मित्र हुनुको गर्व र रोमाञ्च आजका मितिसम्म अनुभूत गरिहेको छु म ।
चेसँग मेरो पहिलो भेट सन् १९४२ मा भएको थियो । पछि १९४५ मा चेको परिवार मेरो गृहनगर कोर्दाबामा बसाइँ सर्‍यो । कोर्दाबामा हाम्रो पहिलो भेट पुलिसचौकीमा भएको थियो । हाइस्कुलको विद्यार्थी विद्रोहमा सहभागी भएका कारण म समातिएको थिएँ । चे मेरो भाइ तोमससँग मलाई भेट्न आएको थियो । १७ वर्षीय यस ठिटोको अनुहारमा आफ्नो उमेर नसुहाउँदो उदासी र गम्भीरता पोतिएका थिए । आँखा उधुमै चम्किला । तर, मान्छे अलि फोहोरी, फोहरीखालको । जम्माजम्मीमा, ऊ प्रभावशाली व्यक्तित्व भएको मान्छे थियो ।
र, हामी असाध्यै मिल्ने साथी बन्यौँ । तर, चे सहज र सामान्य साथी भने थिएन । जिद्दी थियो, असाध्यै जिद्दी थियो । आफ्नो विश्वास र अडानमा एकरौँ यताउति नहल्लिने । उसले ठान्यो पछि ठान्यो, ठान्यो । माक्र्सवाद उसका लागि प्रथम र अन्तिम सत्य थियो । म ऊभन्दा ६ वर्ष जेठो थिएँ, तर उसको शक्तिशाली चुम्बकीय व्यक्तित्वका अगाडि निरीह आलपिन सावित हुन्थेँ ।
म उसलाई भन्ने गर्थेँ, 'यार, बाँच्नका लागि सम्झौता पनि गर्नुपर्छ ।' सम्झौता भन्ने शब्द सुन्नेबित्तिकै भडि्कने गथ्र्याे ऊ । सम्झौता, दासता, कायरता, पुँजीवाद, साम्राज्यवाद...चेले आजीवन घृणा गरेका शब्द हुन् यी । हुन त म पनि क्रान्तिकारी थिएँ । चेले भन्दा कम्ती माक्र्सवाद पढेको थिइनँ मैले पनि । तर, चे अर्कै तत्त्वले बनेको मान्छे थियो ।
त्यो यात्रा जसले चेलाई चे बनायो
सन् १९५२ मा चे र म ल्याटिन अमेरिकाको भ्रमणमा निक्लने भयौँ । तिनताका अर्जेन्टिनामा हामी फुटबल र ट्यांगो नाच उत्कर्षमा पुगेको युगमा थियौँ । एक प्रकारले हेडोनिजम (भोग-विलासवाद) पनि उत्कर्षमै थियो । हाम्रो यो यात्राको उद्देश्य पनि साहसिक घुमफिर र रमाइलो नै थियो भन्न सकिन्छ । कम्तीमा मेरा निम्ति त यस्तै थियो । सत्य, यो यात्राले चेको सोच र व्यक्तित्वमा भयानक उलटफेर गराउला भन्ने मैले सोचेकै थिइनँ ।
त, मैले त्यतिबेला आठ सय डलरमा किनेको मोटरसाइकल ला पोदेरोसा चढेर निक्लियौँ हामी ल्याटिन अमेरिकाको सयर गर्न । यो मोटरसाइकल वास्तवमा ज्ञान र स्वतन्त्रताप्रतिको हाम्राे उत्सुकताको प्रतीक थियो ।
अर्जेन्टिनाबाट चिली पुग्नेबित्तिकै हामीसँग भएको पैसा सकियो । अब हामी 'उठ् जोगी फट्कार छाला, जहाँ जाला त्यहाँ खाला' भन्ने स्थितिमा पुगेका थियौँ । तर, मान्छेहरूलाई हात लिन सक्ने चेको जादुमय कौशलका कारण हामी जहाँजहाँ पुग्यौँ, त्यहाँत्यहाँ हामीले मानिसका आतिथ्य पायौँ ।
चिलीको लसएन्जेलस पुगेपछि भने ला पोदेरोसा हामीले मर्मतै गर्न नसक्ने गरी बिगि्रयो । यो मोटरसाइकल हाम्राे प्राण थियो भने पनि हुन्छ । अझ, ला पोदेरोसासँग मेरो यति भावनात्मक लगाब थियो कि यसलाई यौटा कुनामा यत्तिकै मिल्काएर हिँड्नु मेरा निम्ति असाध्यै पीडादायी थियो । तर, यात्रा त पूरा गर्नु नै थियो । त्यसैले डुंगा, घोडा, ट्रक, जे भेटिन्छ त्यसैमा सवार भएर हामीले अर्जेन्टिना, चिली, कोलम्बिया र भेनेजुएलाको यात्रा सम्पन्न गर्‍यौँ । ल्याटिन अमेरिकाको एकसरो भ्रमण गरिछाड्यौँ ।
यस यात्राले हामीलाई ल्याटिन अमेरिकाले भोगिरहेको पीडा, अन्याय, असमानता र गरिबीसित भलिभाँती परिचित गरायो । अमेरिकी आधिपत्यले निबुवा निचोरे जसरी शोषण गरेको थियो ल्याटिन अमेरिकालाई । यस यात्राले चेको अन्तरमा रहेको ज्वालामुखीलाई विस्फोट गराइदियो । अब चे शिरदेखि पाउसम्म तातो न तातो लाभा भएको थियो । म ठोकुवा गर्छु- यस यात्राले चेलाई चे बनाएको थियो ।
यस यात्रामा भइपरिआएका तितामिठा घटनाहरूको बयान गरिसाध्य छैन । चिलीको इस्टर द्वीपमा पुगेका थियौँ हामी । त्यहाँ महिलाको संख्या अत्यधिक थियो । एउटै मानिसका एघारवटासम्म पत्नी हुन्छन् रे भन्ने सुनेपछि हामी त्यता हानिएका थियौँ । अतिथिहरूको मानमनितो पनि गज्जबले गरे इस्टरवासीले । स्थानीय ठर्रा खुब खाइयो । एउटी उत्ताउली चेसित झुत्तिएर हैरान ! पछि त उसको श्रीमान्ले केही मानिस जम्मा गरेर हामीलाई घेरिहाल्यो । मेरी श्रीमतीलाई भाँड्न खोज्ने भनेर हामीसित पाखुरा सुर्किइहाल्यो । तैतै सबैजना मातेका थिए । जति सुर्रिए पनि हामीलाई कुटिहाल्न सक्ने स्थितिमा भने थिएनन् । मोरीले झन्डै मराएकी !
हामी जतिजति घुम्दै जान्थ्यौँ, त्यतित्यति हाम्रा मानिसमाथि गरिएका अन्यायले हाम्रा आँखा खोल्दै जान्थे । अमेरिकाले चिलीमा चलाएको यौटा टिन खानीमा पुगेका थियौँ हामी । यस खानीमा काम गर्ने अधिकांश मजदुर सिलिकोसिस भनिने रोगले ग्रस्त थिए । सिलिका भनिने बालुवामा पाइने कणयुक्त हावामा सास फेर्दा फोक्सोमा नराम्रो क्षति गर्ने रोग हो यो । लगभग मृत्युको मुखमा पुगेका मजदुरहरूलाई अमेरिकाले यसरी रात-दिन जोतेको देखेर चे रिसले बौलाहाजस्तै भएको थियो ।
यसै यात्राका क्रममा सान पाब्लो भन्ने ठाउँमा कुष्ठरोगीहरूको बस्तीमा काम गर्न पुगेका थियौँ हामी । यस बस्तीमा जानलाई यौटा विशाल नदी तर्नुपर्थ्यो । नदी तर्नै नसक्ने गरेर उर्लिएको थियो । नदीपारि केही कुष्ठरोगीहरू हामीलाई पर्खिरहेका थिए । डाक्टर अर्थात् हामी (तर, चे डाक्टर भइसकेको थिएन) आउँदै छौँ भन्ने खबर पाएर उनीहरू चौपट्टै खुसी भएका थिए किनभने कुष्ठरोगीहरूको बस्तीमा डाक्टरहरू प्रायः जाँदैनथे । त, हामी वारि, उनीहरू पारि ! रातको समय । 'म त तर्न सक्दिनँ, तँलाई मर्न मन लागेको छ भने तर्' भनेर म नदीको किनारमा लम्पसार परेँ । चे अघिपछि नसोची हेलियो पानीमा र पुग्यो पारि । किनारमा बसेका कुष्ठरोगीहरूले उसको यस्तरी स्वागत गरे, मानौँ ऊ उनीहरूको मसिहा थियो । मैले भने नदीमा पस्ने हिम्मत गर्न सकिनँ । डुंगा चढेर पार गरेँ ।
त्यस बस्तीका मानिसका उपचारमा हामी अहोरात्र खटियौँ । भोक-तिर्खा सबथोक बिर्सेको थियो चेले । 'अब तिमी पक्का फिल्यान्थ्रोपिस्ट (परोपकारी) भयौ,' म उसलाई भन्ने गर्थेँ । 'फिल्यान्थ्रोपि्रस्ट भनाउँदाहरू ढोंगी हुन् । म त क्रान्तिकारी हुँ,' ऊ हाँसेर भन्ने गर्थ्यो ।
हाम्रो यो यात्रा नौ महिनापछि भेनेजुएलाको राजधानी काराकासमा पुगेर टुंगियो । तर, त्यस यात्राको धङधङी र त्यस यात्रामा हामीले हासिल गरेकेा राजनीतिक चेतना र क्रान्तिकारी प्रखरता भने जिन्दगीभर रहिरह्यो । म कुष्ठरोगसम्बन्धी थप अनुसन्धान गर्न काराकासमै बसेँ भने चे डाक्टरी पूरा गर्न बुएनस आयर्स गयो ।
**
सन् १९५९ मा क्युबामा क्रान्ति सफल भएपछि चेले मलाई क्युबा बोलायो । क्युबा वास्तवमा मेरो सपनाको देश थियो । क्युबा यस्तो देश थियो, जहाँ मानिस वैज्ञानिक या कलात्मक दृष्टिले आफूलाई उन्नत बनाउन लागि परेका थिए । उता, सिंगो विश्व भने भोग/उपभोगबाहेक केही सोच्नै नसक्ने भएको थियो ।
क्युबामा मैले सान्टिएगो स्कुल अफ मेडिसिन स्थापना गरेँ । लामो समयसम्म मैले यसमा काम गरेँ । हाल म क्युबामा रिटायर्ड जीवन बिताइरहेको छु ।
**
चे ग्वेभारा स्वभावैले साहसी मान्छे थियो । ऊ कहिल्यै कसैसामु झुकेन । 'म कसैका अगाडि घुँडा टेक्ने मान्छे होइन । तिमीहरू केवल यौटा मान्छेलाई मारिरहेका छौ । म भनेकेा विचार हुँ,' बोलिभियामा हत्या गरिनुअघि उसले यसो भनेको थियो रे । उसले सत्य बोलेको थियो, बिल्कुल सत्य । मैले सुनेअनुसार सिआइए समर्थित बोलिभियाली राष्ट्रपति रेने बारिएन्तोसले चेलाई मार्ने आदेश दिए पनि उसलाई गोली ठोकेर मार्न बोलिभियाली सैनिकले हिम्मत गर्न सकेनन् । अन्तमा एक जँड्याहा अफिसरलाई पैसाको लालच देखाएर चेलाई गोली ठोक्न लगाइएको थियो रे ।
उसको हत्या भएको दिन म दुई कारणले रोएँ । पहिलो- यौटा सबभन्दा नजिकको, सबभन्दा आत्मीय मित्रको वियोगका कारण । दोस्रो- १९५२ को यात्रा थाल्नुअघि 'तपाईंहरूका छोरालाई सकुशल फिर्ता ल्याउनेछु' भनेर चेका बा-आमालाई गरेको प्रतीज्ञा पूरा गर्न नसकेका कारण ।
क्यास्ट्रोसँग खटपट परेका कारण उसले क्युबा छोडेको हो भन्ने एकथरीको भनाइलाई म स्वीकार गर्दिनँ । चे यति विशाल थियो कि ऊ न डाक्टरी पेसामा अटाउँथ्यो, न अर्जेन्टिनामा, न क्युबामा । ऊ सारा संसारमा क्रान्ति गर्न हिँडेको थियो ।
म चेका दुई गुणबाट कायल थिएँ । उसको इमानदारी र नकारात्मक चिजलाई सकारात्मकमा रूपान्तरण गर्न सक्ने क्षमता । आजको युवापुस्ताले उसलाई किन अनुसरण गर्नुपर्छ भने ऊ आफूले सही र उचित ठानेको चिजका पक्षमा आजीवन लडेको थियो र त्यसैका लागि मरेको थियो । समयसँगै धेरैभन्दा धेरै राष्ट्रहरू भ्रष्टहरूबाट शासित हुँदै जाँदा चेको क्रान्तिकारी व्यक्तित्व झन्झन् विशाल र महान् हुँदै गयो । ऊ कुनै भगवान् होइन । यस्तो मानिस थियो हो ऊ, जो आफूले गरेको काममा आफ्नो भएभरको क्षमता ओइराउँथ्यो र जसको यो प्रवृत्ति सदा अनुकरणीय छ ।-विनोदविक्रम केसी
(source- ekantipur/nepal)

बियर पिउने महिलालाई कोर्रा हान्ने सजाय

एक्काइसौँ शताब्दीमा पनि बियर पिएकै कारण कुनै महिलाले ‘कोर्रा’ खानुपर्ने र हजारौँ जरिवानासमेत तिर्नुपर्ने सजाय भोग्नु पर्दैछ भन्ने समाचार सुन्दा वा पढ्दा तपाइँलाई आश्चर्य लाग्न सक्छ । अझ यस्तो सजाय कुनै मुलुकको न्यायिक
निकायबाटै भएको हो भन्ने तथ्यले त तपाइँलाई झन् ठूलो आश्चर्यमा पारिदिन सक्छ तर अनौठो नमान्नुहोस्, महिला स्वतन्त्र र अधिकारको चरम वकालत भइरहेको वर्तमान विश्व समुदायकै एउटा सदस्य राष्ट्रमा एउटी मुस्लिम महिलाविरुद्ध भए-गरिएको भर्खरैको न्यायिक ? फैसला हो यो ।
समाचारअनुसार मलेसियाको एउटा अदालतले एउटी ३२ वषर्ीया महिलालाई उनले रेष्टुरेण्टमा बसेर बियर पिएको अभियोगमा छ कोर्रा र मलेसियाली रकम पाँच हजार रिंगिट जरिवाना गर्ने फैसला सुनाएको छ । दुई सन्तानकी आमा कार्तिका सारीदेवी सुकार्नो नामकी ति महिलालाई सन् २००७ को डिसेम्बरमा क्वालालम्पुरस्थित एक रेष्टुरेण्टबाट बियर पिइरहेको अवस्थामा सुरक्षाकर्मीहरूले गिरˆतार गरेका थिए र उनीविरुद्ध मुस्लिम कानुन ‘सरिया’ को उल्लङ्घन गरेको अभियोगमा न्यायालयमा मुद्दा दायर गरिएको थियो । सरियाअनुसार त्यस इस्लामिक मुलुकमा बियरलगायतका मदिराजन्य मादक पदार्थ सेवन गर्ने मुसलमानलाई तीन वर्ष जेल सजाय दिने प्रावधान छ । तथापि त्यहाँ व्यवहारमा भने यो कानुन पालन नगर्नेलाई कोर्रा हान्ने र जरिवाना गरेर छाडिदिने प्रचलन छ । कार्तिकालाई पनि व्यावहारिक प्रचलनअनुसार सजाय गर्ने फैसला सुनाइएको न्यायिक अधिकारीहरूले बताएका छन् ।
यद्यपि फैसला सुनाएको समय मुस्लिम पर्व रमदान परेको हुँदा कार्तिकालाई रमदान सकिने बित्तिकै दण्डित गरिने जनाइएको छ । कार्तिकासँग आफूविरुद्धको सो फैसलाको विरोधमा माथिल्लो अदालतमा पुनरावेदन गर्न पाउने अधिकार सुरक्षित रहे पनि उनले पुनरावेदन नगर्ने बरु सजाय भोग्ने दृढता व्यक्त गरेकी छन् । कार्तिकाका हकमा गरिएको यो फैसलाले नागरिक हकको खिल्ली उडाएको टिप्पणी अन्तर्राष्ट्रिय मानव अधिकारवादीहरूले गरेका छन् र यस सम्बन्धमा पुनर्विचार गर्न मलेसियाली सरकारसमक्ष उनीहरूले मागसमेत गरेका छन् ।(source-online khabar)

अमिलो फर्काइ

फुटबलबाटै भविष्य खोज्न साढे तीन महिनाअघि इङ्ल्यान्ड पुगेका राष्ट्रिय टोलीका स्ट्राइकर अनिल गुरुङ अन्ततः घरै फर्के, अमिलो मन लिएर। त्यहाँको पाँचौ डिभिजन क्लब वकिङमा उनले ट्रायल दिए र औधि रुचाइए पनि। तर 'वर्क परमिट' नहुँदा युरोपमा फुटबल खेल्ने सपना चकनाचुर भयो। पछि त्यही क्लबले रिजर्भ टिमका लागि बोलाउँदा पनि कागजी प्रक्रिया पुर्‍याउन सकेनन्, निराशा झन् थपियो। रिजर्भ टिमका लागि खेल्दा आवश्यक 'नो अब्जेक्सन लेटर' बनाइदिने सदासयतासमेत अखिल नेपाल फुटबल संघ (एन्फा) ले राखेन, त्यसले दुःख अझै पेचिलो बन्यो। यद्यपि त्यहाँको बसाइ र प्रशिक्षणको अनुभवले उनलाई निक्कै पाको बनाएको छ। एन्फाले एउटा फ्याक्स पठाइदिएको भए आफ्नो काम बन्ने उनलाई अहिले पनि लागेको छ। फुटबलमा 'स्किल' भन्दा पनि 'फिटनेस' महत्वपूर्ण भन्ने उनले त्यहीं पुगेर बुझे। वकिङमा सुरुवाती दुई हप्ता बिनाबल गरेको फिटनेस ट्रेनिङपछि उनले त्यसको महत्व बुझेका हुन्। पोखरामा सामान्य परिवारमा जन्मिएर फुटबलकै कारण इङ्ल्यान्डसम्मको यात्रा तय गर्नु उनका लागि सपना साकार भएसरह हो। तर मुख्य लक्ष्य पूरा नहुँदा दुःख लाग्नु स्वभाविक हो। इङ्ल्यान्डमा संगालेको अनुभव अब स्वेदशी फुटबलमा उपयोग गर्ने चेस्टामा छन् उनी। नजिकिँदो साफ च्याम्पियनसिप र ११औं दक्षिण एसियाली खेलकुद (साग) मा आफ्नो अनुभव काम आउने विश्वास उनले पालेका छन्। इङ्ल्यान्डको बसाइ र अनुभवका बारेमा अनिलले नागरिकका प्रकाश तिमल्सिनासँग गरेको कुराकानी उनकै शब्दमा : इङ्ल्यान्ड जानु अघिदेखि नै म एकदम नर्भस थिएँ। वकिङमा कुरा गर्न म बेलायतमा बसोबास गर्दै आउनुभएका सहारा युकेका दाइहरूसँग क्लब पुगे। क्लबका प्रशिक्षक ग्रेहाम बेकरले मलाई देख्दा फुटबल खेलाडी भन्ने विश्वास नै गरेनन्। होचो कदका कारण उनले विश्वास नगरेको मलाई लाग्यो। मैले बायोडाटा देखाए र नेपालको राष्ट्रिय खेलाडी भएको जानकारी दिए। त्यति गर्दा पनि उनले विश्वास नगरेजस्तो लाग्यो। नेपालका विभिन्न वेबसाइड हेरेपछि बल्ल ट्रायल लिन तयार भए र भोलिपल्टदेखि आउन भने। जब म ट्रयालको लागि पुगें, मैदान देखेरै छक्क परे। एकछिन मैदानमा लडिबुडी गरें, लाग्यो हाम्रो देशमा पनि यस्तै भए कति राम्रो हुन्थ्यो! हाम्रो लागि त्यहाँको मैदान नै सपनाको संसारजस्तो। प्रशिक्षणमा सुरुवाती सात दिन मलाई एकदम गाह्रो भयो। घर फर्कुफर्कु हुन्थ्यो। पछि सजिलै लाग्न थाल्यो। त्यहाँ फिटनेसलाई बढि महत्व दिइने रहेछ। खेल सामग्री पनि त्यस्तै। हप्तामा तीन दिन १० देखि ४ बजेसम्म ६ घन्टा प्रशिक्षण हुने। सुरुमा प्रशिक्षणपछि लन्च ब्रेक भयो, मैले सोचे आजको अभ्यास सकियो, तर पछि साथीहरू सबै मैदान छिरेपछि म छक्क परें, अभ्यास त बाँकी नै रहेछ। हाम्रो राष्ट्रिय टोली त्यहाँको पाँचौं डिभिजनको क्लबभन्दा पनि पछि भएको मैले अनुभव गरें। प्रशिक्षणमा मेहनत र फिटनेस स्तर देखेपछि प्रशिक्षकले मलाई रुचाए। मैत्रीपूर्ण खेलको एक साताअघिमात्र मैले 'विथबल' अभ्यास गर्ने मौका पाएँ। पछि म टोलीमा खेल्न पाउने भएँ। मैत्रीपूर्ण खेलका लागि रंगशाला पुग्दा सबै खेलाडी सुटमा थिए, म मात्रै ट्रयाकमा। त्यो हाम्रो अवे खेल थियो। मलाई सुट लाउनुपर्ने थाहै थिएन, लाजै लाग्यो। पछि अरु खेलमा म पनि सुटमा जान थालें। खेलाडीले आफ्नो बूट र प्याडबाहेक केही बोक्नु नपर्ने, कस्तो व्यवस्थित! केही अभ्यास म्याच पनि खेलें, राम्रै भएको थियो। त्यहाँ रहेका थु्रपै नेपाली मेरो खेल हेर्न आउँदा मलाई आनन्द लाग्थ्यो। जब क्लबमा नाम दर्ता गर्ने कुरा आयो, वर्क परमिट चाहिने रहेछ। तर, म टुरिस्ट भीसामा गएको क्लबबाट खेल्न नपाउने भएँ। मेरो लक्ष्यमा धक्का लाग्यो। क्लबमा दर्ता नभएपछि म जान छोडें।पछि क्लबका प्रशिक्षकले मलाई रिजर्भ टोलीका लागि बोलाए। रिजर्भ टोलीमा खेल्न पनि राष्ट्रिय टोलीमा खेलेको प्रमाण र 'नो अब्जेक्सन लेटर' चाहिने रहेछ। क्लबले १५ दिनभित्र ल्याउन भन्यो, मैले हुन्छ भनें। एन्फाबाट नो अब्जेक्सन लेटर पठाइदिन अनुरोध गरें, तर किन हो मैले त्यो चिठी पाइन्। प्रशिक्षकले मलाई सबै कागज मिलाएर पछि आउँ, राख्छु भनेका छन्, हेरुँ अब के हुन्छ। तर म अझै आशावादी छु। सुरुमा चेल्सीमा ट्रायल दिने चर्चा थियो। भूपेन्द्र गुरुङ (दाइ) को चेल्सीमा राम्रो सम्बन्ध भएको आधारमा ट्रयाल दिन पाउँछ भन्ने दाइहरूको विश्वास रहेछ। तर त्यो त्यति सजिलो काम रहेनछ। चेल्सीले कम्युनिटी सिल्ड जितेको दिन खाना खाँदै गरेका बेला चर्चित स्ट्राइकर डिडिएर ड्रोग्बाले भूपेन्द्र दाइलाई फोन गर्दा म त छक्कै परें। भूपेन्द्र दाइले ड्रोग्बासँग मेरोबारे कुरा गर्दा उनले राम्रो रेस्पोन्स गरे, जसले मलाई झन् उत्साहित बनायो। यसले भूपेन्द्र दाइको चेल्सीसँगको सम्बन्ध प्रगाढ भएको बुझ्न समय लागेन। उहाँले मेरो बारेमा चेल्सीमा कुरा गर्दा क्लबले पहिला बेलायतकै कुनै सानो क्लबाट खेलेर आफूलाई प्रमाणित गरेपछि ट्रायलका लागि बोलाउने आश्वासन पाउनुभएको रहेछ। अहिले चाहिँ म खासमा वकिङका लागि नै गएको रहेछु।बेलायतमा बस्दै आउनुभएका नविन गुरुङ, मच्छिन्द्र गुरुङ, दीलिप गुरुङ र भूपेन्द्र दाइको सहयोग विषेश थियो। पैसा उठाएर उहाँले मेरो लागि बिजनेस भीसा लिने प्रयास पनि गर्नुभयो, त्यो प्रक्रिया लामो भएकोले त्यतापट्टि लागेनौं। दुवै प्रक्रिया असफल भएपछि नेपाल फर्कनुबाहेक मसँग विकल्प थिएन। तीन सातादेखि म फुर्सदमा थिएँ। यहाँबाट फर्कन मलाई बारम्बार फोन गरियो र फर्किएँ। तर यहाँ त फुटबलको केही गतिविधि नै छैन। अब त साफ च्याम्पियनसिप र साग खेल्ने इच्छा छ। मैले चाहेर मात्र त केही हुन्न, तर मेरो अनुभव केही काम आउँछ भन्ने लाग्छ। युरोपमा खेल्ने इच्छा पूरा भएको अवस्थामा पनि मेरा लागि देशभन्दा ठूलो केही छैन। म देशका लागि खेल्न चाहन्छु। लामो समयदेखि अन्तर्राष्ट्रिय स्तरमा उपाधि जित्न नसकेको मेरो मातृभूमिलाई एकपटक दक्षिण एसियाली स्तरमा भए पनि उपाधि जिताएर नेपाली खेलप्रेमीलाई गौरवान्वित पार्न योगदान गर्न चाहन्छु।

एएफसी यु-१६ च्याम्पियसिप छनोटमा दुर्लभ दृश्य

दशरथ रंगशालामा जारी एएफसी यु-१६ च्याम्पियसिप छनोट दुर्लभ दृश्य देखियो। इरानविरुद्धको खेलमा ताजकिस्तानका एउटै खेलाडी दुई पटक मैदान प्रवेश गरे। अतिरिक्त खेलाडीका रुपमा नाम दर्ता गरिएका सुल्तोनोभ तोलीजोन सुरुआती ११ मै रहेर मैदान उत्रदा रेफ्री जोर्डनका सुलिमान जबेर र फोर्थ अफिसियल यमनका अल लबनी अब्दुलाको ध्यान जान सकेन। ३१ औं मिनेटमा रेफ्री सुलिमान चालपाए र तोलीजोनलाई पेहेलो कार्ड दिदै मैदान बाहिर पठाए। सुरुआती लाइनअपमा नाम भएका अनुश्रीभोनले तोलीजोनलाई स्थान्तरण गरे। दोस्रो हाफमा अनुश्रीभोनको ठाँउमा पुन तोलीजोन मैदान छिरेका थिए। फिफा नियमावली अनुसार एउटै खेलाडी दुईपटक मैदान छिर्न पाउँदैन। एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगितामा त्यस्तो गल्ति हुँदा म्याच कमिस्नर भेटानका मिन्दु दोर्जे र रेफ्री इन्सपेक्टर थाइल्यान्डका जीन्दामी रुसामी पनि मैदानमै दिए। ताजकिस्तानका प्रशिक्षक बाबेभ जोइरले व्यवस्थापकको कमजोरीको कारण त्यस्तो भएको जनाए।
डिफेन्डिङ च्याम्पियन इरानले एएफसी यु-१६ च्याम्पियनसिपको समूह चरणमा कमजोर सुरुआत गरेको छ।दशरथ रंगशालामा बुधबार इरानलाई ताजकिस्तानले गोलरहित बराबरीमा रोकेको थियो। यो बराबरीपछि ताजकिस्तान भने ४ अंकका साथ शिर्षस्थानमा रहन सफल भएको छ। ताजकिस्तान अघिल्लो खेलमा बहराइनलाई २-० ले हराएको थियो। खेलमा नियन्त्रण राख्नुका बावजुद इरानले गोलको खाता खोल्न सकेन। मध्यान्तरअघि मात्र टोलीले झन्डै आधा दर्जन मौका चुकाएको थियो। इरान प्रशिक्षक मोहमदी अकबर यसलाई खराब दिनको संज्ञा दिन्छन्। 'फुटबलमा खराब दिन सबैको आउँछ,' उनले भने, 'आज हाम्रो लागि खराब दिन थियो, हामी यसलाई विर्सन चाहन्छौं।' खेलमा नियन्त्रणका वावजुद गोल गर्न नसक्नुलाई उनी दुर्भाग्य मान्छन्। इरान टोलीका हरेक आक्रमणलाई ताजकिस्तानको रक्षापक्ति र गोलरक्षक सामसोभ बाहोदुरले निस्तेज पारेका थिए। ताजकिस्तानले खेलमा एउटैमात्र आक्रमण गर्‍यो भने इरानको झन्डै दर्जन आक्रमण खेर गयो। १२ औं मिनेटमा इरानका नासिरिनीजाद अरमिनको फ्रिकिकलाई गोलरक्षक बाहोदुरले रोके भने १३ औं मिनेटमा गासिमि हसनको प्रहार पोष्ट नजिकबाट बाहिरीयो। ४३ औं मिनेटमा राजाबाज्दे कारिजको शक्तिशाली प्रहारलाई पनि ताजकिस्तानका गोलरक्षकले पन्च गर्दै बचाए। ४५ औं मिनेटमा महुसेनल नास्तेइको हेड क्रसबारमा ठोक्किएर बाहिरीयो। लगत्तै पेनाल्टीबक्स बाहिरीबाट मादिपोर मादीको प्रहार पोष्ट नजिक हुँदै बाहिरीयो। ५७ औं मिनेटमा नाजाफि दामारिचिको प्रहारपनि बाहोदुरले पन्च गरे। ताजकिस्तानका साइदोज अब्दुल्लोको पासमा सुल्तोनोभ तेालीजोनको प्रहार इरानी गोलरक्षक खान अलिजादेले बचाए। ताजकिस्तानका प्रशिक्षक बाबेभ जोइरले इरान जस्तो बलियो टोलीसँग अंक लिनुलाई महत्वपूर्ण उपलब्धी बताए। यद्दपी आफ्नो टोलीले अझै राम्रो खेल्न सक्ने उनको तर्क थियो। इरानी प्रशिक्षक अक्बरले पहिलो खेल बराबरी भएपनि आगामी तीन खेलमा जित हात पर्ने दाबी गरे। 'कुनै टोली सजिलो छैन,' उनले भने, 'घरेलु टोली भएको नेपाल अझै खतरनाक हुनसक्छ यद्दपी हामी जितका लागि खेल्छौं।'
बहराइनको पहिलो जितसमूहको अर्को खेलमा बहराइनले लेबनानलाई २-१ ले हरायो। दोस्रो खेलमा बहराइनको यो पहिलो जित हो। लेबनानले अग्रतालाई जोगाउन सकेन। ३२ औं मिनेटमा अलि सादको गोलबाट लेबनानले अग्रता लिएको थियो। अलिले २६ यार्ड टाढाबाट गोल गरेका थिए। उनले पहिलो खेलमा नेपालविरुद्ध निर्णायक गोल गरेका थिए।

मध्यान्तर अघि नै बहराइन खेल बराबरीमा ल्याउन सफल भयो। इन्जुरी टाइमको दोस्रो मिनेटमा बहराइनका अब्दुला फराजले गोल गरेका थिए। कमजोर रक्षापक्तिको फाइदा उठाउदै फराजले सैयद फदेलको पासमा गोल गरेका थिए। ८५ औं मिनेटमा हमाद एल्डोसेरले निर्णायक गोल गरे। अब्दुलाको कर्नरमा एल्डोसेरले गोल गरेका थिए। खेल सकिएलगत्तै बहराइनका अलि जौहरलाई हात हालेपछि लेबनानका टोली हमोदलाई इराकी रेफ्री कादिम लाजिमले रातो कार्ड दिएका थिए।(nagariknews bata)

Oct 6, 2009

बुसलाई किन जुत्ता हानेँ मैले ?

बुसलाई जुत्ता प्रहार गरेपछि मलाई हिरोइजम र बहादुरीको मिथक बनाउने प्रयत्न गरियो । अमेरिकाविरोधी देश तथा मानिसका नजरमा म युगपुरुषजस्तो ठहरिन पुगेछु । सम्मानहरूको ओइरो लागेका थियो ममाथि । थुप्रै युवती मसँग विवाह गर्न चाहन्थे ।
१४ डिसेम्बर, २००८ । प्रधानमन्त्री निवास, बग्दादमा पत्रकार सम्मेलन भइरहेको थियो । सुपि्रम अमेरिकाको सर्वशक्तिमान राष्ट्रपति जर्ज डब्लु बुस भाषण दिँदै थियो । 'अमेरिका प्रजातन्त्रप्रति कटिवद्ध छ...अमेरिका मानवअधिकारप्रति प्रतिवद्ध छ.... अमेरिका सारा संसारमा शान्ति चाहन्छ...अमेरिका ह्यान गरिरहेछ.... अमेरिका त्यान गरिरहेछ.... इराकी-अमेरिकी भाइ भाइ...' बुस मग्नमस्त बकवास गरिरहेको थियो । हामी पत्रकार सुनिरहेका थियौँ, झेलिरहेका थियौँ, बुसलाई सहन गरिरहेका थियौँ । अचानक मलाई के भयो, भयो ! बुसका प्रत्येक शब्द हथौडाझैं बजि्रन थाल्यो मेरो मथिंगलमा । मलाई भाउन्न हुन थाल्यो । मेरा आँखावरिपरि विधवा र टुहुराका अनुहारहरू झल्झली आउन थाले । भूत चढेजस्तो, म विक्षिप्त भएँ । मैले जुत्ता खोलेँ र 'दिस इज ए फेयरवेल किस पmम इराकी पिपुल, यु डग (इराकी जनताको बिदाई-चुम्बन लिएर जा, कुकुर !)' भनेर चिच्याउँदै बिजुलीवेगमा बुसलाई ताकेर हानेँ । तर, उसले कसरी-कसरी छल्न भ्यायो । त्यसपछि एक सेकेन्ड पनि खेर नफाल्दै मैले अर्काे जुत्ता हुर्‍याएँ बुसमाथि । 'विधवा, टुहुरा र मारिएका इराकीका तर्फबाट तँलाई उपहार हो यो,' हलै थर्कनेगरी चिच्याएँ म । यसपटक पनि बुसले छल्यो ।
त्यसपछि प्रधानमन्त्रीका अंगरक्षकहरूले मलाई नियन्त्रणमा लिए । र, मलाई इराकी सेनासमक्ष बुझाइयो ।

यो जुत्ता प्रकरणले मलाई 'हिरो' बनायो । तर, सत्य हिरो बन्नका लागि या बुसले भनेझैं 'चर्चामा आउन' का लागि मैले बुसमाथि जुत्ता प्रहार गरेको थिइनँ । म इराकमा यसै पनि लोकपि्रय थिएँ । अल बग्दादिया टिभीमा युद्धपीडित भोकानांगा इराकी जनताका दुःखपीडालाई वर्षांदेखि प्रस्तुत गरिरहेको थिएँ म । इराकी जनताको पर्याप्त माया र प्रशंसा प्राप्त गरेको थिएँ । त्यसैले, बुसलाई जुत्ता हानेर हिरो बन्नु या मिडियामा छाउनु मेरो उद्देश्य हुँदै होइन । एक होइन, दुई होइन, तीन होइन ।

मैले बुसलाई जुत्ता प्रहार गरेलगत्तै त्यहाँ उपस्थित पत्रकारहरूले माफी मागेछन् । बुसले इराकी जनताका तर्फबाट क्षमा मागेेकोमा धन्यवाद पनि दिएछ । उसले जुत्ता फ्याँक्ने जो कोहीले इराकी जनताको प्रतिनिधित्व नगर्ने पनि बताएछ । र, ठट्टा पनि गरेछ, 'मैले झन्डै दस नम्बरको जुत्ता खाएको !'
मलाई हिरोइजम र बहादुरीको मिथक बनाउने प्रयत्न गरियो । पत्तै नपाई, अमेरिकाविरोधी देश तथा मानिसका नजरमा म युगपुरुषजस्तो ठहरिन पुगेछु । सम्मानहरूको ओइरो लागेको थियो ममाथि । सिरियाले मलाई महापुरुष घोषणा गरेको थियो । भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजले मेरो परिवारलाई आफ्नो देशमा बसोबास गर्न निमन्त्रण गरेछन् । मेरा एक आफन्तले ह्युगो चाभेजप्रति आभार प्रकट गर्दै भनिदिएछन्, 'हामी इराकी हौँ र इराकमै बस्नेछौँ ।'
पाकिस्तानी पूर्वराष्ट्रपतीय उम्मेदवार मिया मुहिबुल्ला काका खेलका लागि मेरो जुत्ता फेंकाइ अन्तर्राष्ट्रिय समुदायको अमेरिकाप्रतिको असीम घृणाको प्रतीक बन्यो । मलेसियाका विदेशमन्त्री रइस यतिमले यसलाई 'अहिलेसम्मकै सबभन्दा सशक्त प्रत्याक्रमण' भएको घोषणा गरे । उत्तर कोरियाको एक अखबारले लेख्यो, 'बुसलाई जुत्ता नहाने कसलाई नहान्ने ! स्यावास मुन्तजार अल-जायदी !'
कोही मलाई भव्य मर्सिडिज उपहार दिन चाहन्थ्यो भने कोही आफ्नी छोरी । मेरो प्रशंसामा गीत/कविता लेखिए । युवतीहरू 'मजस्तो महान् व्यक्तित्व'सँग लगनगाँठो कस्न लालायित बने ।
तर, म कुनै हिरो होइन । म फेरि पनि भन्छु- म कुनै हिरो होइन । मैले जे गरेँ, विशुद्ध इराकी नागरिक भएर गरेँ । लाखौं निर्दाेष इराकीका पीडा र रक्तपातको प्रत्यक्षदर्शी हुँ म । भर्खर जुँगाको रेखी बसेेका नवयुवकदेखि भर्खर हिँड्न थालेका कलिला बालकसम्मका शव देखेको छु मैले, क्षतविक्षत शव । अमेरिकी फौजको आतंक र अत्याचार भोगेको र देखेको छु मैले ।

म कुनै हिरो होइन । तर, यौटा अडान र दृष्टिकोण भएको चेतनशील इराकी भन्ने पक्का हुँ । मेरो देश अपमानित हुँदा निःसन्देह अपमानबोधले कालो-नीलो हुन्छु म । मेरो प्यारो बग्दाद जल्दा मेरो आत्मा पनि ह्र्वाह्वार्ती जलेकेा थियो । मेरा निर्दाष दाजुभाइ र दिदीबहिनीका हत्या भइरहँदा खुनको आँसु रोएको छु मैले । हजारौं दुर्दान्त दृश्यहरू शिलालेखझैं खोपिएका छन् मेरो हृदयभरि । हो, ती दृश्यहरू मलाई विरोध र प्रतिरोधका लागि सधै उक्साइरहन्छन् । फलुजा, नजफ, हादिथ, सादर, बास्रा, दियाला, मोसुल, ताल अफार आदि सहरमा अमेरिकी फौजले गरेको कत्लेआमहरूले मलाई विद्रोहको बाटोमा हिँडाए, हिँडाइरहेका छन् । मेरो मातृभूमिका एक-एक इन्च जमिनलाई क्षतविक्षत पारिदिएको छ अमेरिकाले । अमेरिकी अत्याचारको डढेलोले खरानी बनेको मेरो देश घुमेको छु मैले । खुद आफ्ना आँखाले देखेको छु मेरा देशवासीका पीडा, खुद आफ्ना कानले सुनेको छु टुहुरा, विधवा र दुःखीका आर्तनाद । र, मलाई सदा पछ्याइरहेको हुन्छ, सदा तर्साइरहेको हुन्छ, एक प्रकारको लज्जाबोधले । किनभने, मैले मेरो देश र जनताका लागि केही पनि गर्न सकिनँ । यति कमजोर, यति शक्तिहीन र यति लाचार हुनुको पीडाले मलाई चिमोटिरहन्छ सधंै ।

जब म खण्डहर भएका घरका बचेखुचेका सरसामग्री निकाल्न मानिसलाई मद्दत गरिरहेको हुन्थेँ, जब म आफ्ना लुगामा कट्कटिएका रगत धोइरहेको हुन्थेँ, म दाह्रा किट्दै कसम खाइरहेको हुन्थेँ कि कुनै दिन म बदला लिनेछु, अवश्य लिनेछु ।
र, १४ डिसेम्बर, २००८ का दिन मैले बदला लिने मौका पाएँ । र, मैले यस मौकाको सदुपयोग गरेँ ।
निर्दाेष इराकीका एक-एक थोपा रगत, शोकाकूल आमाका एक-एक चित्कार, टुहुराका एक-एक रुवाइ, बलात्कृतका एक-एक पीडा... मैले यी सबका प्रति इमान्दार बन्ने प्रयत्न स्वरूप फुकालेँ जुत्ता र फ्याँकेँ बुसको टाउको ताकेर ।
मेरो आलोचना गर्नेलाई मैले सोध्ने गरेको छु- तपाईंलाई थाहा छ मैले फ्याँकेका जुत्ता कतिवटा ध्वस्त घरमा छिरेका छन् ? कतिपटक यिनले निर्दाषका लासमाथि कुल्चेर हिँडेका छन् । सायद, सारा मूल्यहरू विघटन भएको समयमा मेरा जुत्ता उपयुक्त जवाफ थिए ।
अपराधी जर्ज डब्लु बुसलाई जुत्ता प्रहार गरेर मैले उसका झूटहरूप्रति, मेरो देशमाथिको अमेरिकी आधिपत्यप्रति, उसले मच्चाएको ब्रम्हलुटप्रति र मेरा देशवासीका हत्याप्रति अस्वीकृति व्यक्त गरेको थिएँ । केही हासिल गर्नका लागि कदापि मैले त्यसो गरेको थिइनँ । म केवल आफ्नो देशलाई बचाउन चाहन्थेँ । बस् ।
gkcbinodbikram@gmail.com

Oct 5, 2009

नेपालमा CBRTमा सबै भन्दा बढीdownload भयको अन्जु पन्त को नयाँ गीत- तिमीले पराइ थाने पछी

to download click here

लजालु ठिटा थिए प्रचण्ड

'गोरो वर्ण, ठिक्कको कद । जुँगाको भर्खर रेखी बसेको थियो । घरमा बिहान हलो जोतेको देखिन्थ्यो । र, पनि स्कुलमा ऊ समयमै पुग्थ्यो । धेरै नबोल्ने लजालु स्वभावको । सधैं ध्यान दिएर सुन्ने, सोधेको चुपचाप भन्ने । शिक्षकलाई टाउको उठाएरसमेत नहेर्ने । ठूलो आवाजमा कहिल्यै नबोल्ने । यस्ता गुण त कति कति । एउटा शिक्षकले कल्पना गरेको विद्यार्थीभन्दा धेरैगुणा राम्रो बानी थियो पुष्पकमलको ।' भरतपुर, चितवनको बुद्धचोकस्थित आफ्नो निवासमा ४० वर्ष अगाडिको छविलाल अर्थात् अहिलेका चर्चित राजनीतिज्ञ प्रचण्डको विशेषता सुनाए, 'हेडसर' राजकृष्ण कँडेलले । उनी माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका स्कुले हेडसर थिए ।

लिंकन कलेज काठमाडौंमा गतवर्ष गरिएको सम्मान कार्यक्रममा प्रचण्डले यिनै हेडसरलाई 'ऐतिहासिक प्रेरक' को संज्ञा दिए । आफ्ना सफलताका कथा सुनाउँदा हेडसरको कथा कहिल्यै छुटाउँदैनन् उनी । त्यो देख्दा यी हेडसरलाई 'औधि' खुसी लाग्छ । भने, 'मेरो शिक्षण पेसा सफल भयो । मेरा विद्यार्थी सफल छन् र तिनले मलाई सम्मान गर्छन् ।'
अहिले पुष्पकमल हेडसरले भनेजस्ता देखिन्नन् । उनी लजालु पनि छैनन् र कम बोल्ने पनि होइनन्, बरू कहिलेकाहीँ धेरै बोलेर 'सताउँछन्' । प्रचण्ड खुल्लामञ्चमा कड्किँदा थानकोट थर्किन्छ । माओवादीहरू त यसोसम्म भन्छन्- हाम्रा अध्यक्ष बोल्दा साम्राज्यवादी अमेरिका पनि झस्कन्छ । यो देख्दा र सुन्दा उनका पुराना हेडसरलाई कस्तो लाग्छ ? 'उहाँ (स्नातक भइसकेका विद्यार्थीलाई तपाइं भन्दारहेछन्) समयअनुसार चल्नुभयो । त्यसैले त सफल हुनुभयो । उहाँ प्रस्तुत हुने शैली फरक भएको हो । स्वभाव होइन,' हेडसरले भने ।
अहिलेको बहुचर्चित नाम प्रचण्ड पुष्पकमलको तेस्रो नाम हो । छविलाल, पुष्पकमल अनि प्रचण्ड । छविलाललाई पुष्पकमल बनाउनुमा यी हेडसरको पनि हात छ । छविलाललाई चिनेको तीन महिना नहुदै यिनले नाम फेरिदिए । 'फूलजस्तै सुन्दर हुनुहुन्थ्यो । स्वभाव अत्यन्तै नरम । नाम त सुहाउँदो थिएन नि,' उनले कारण सुनाए, 'शालिग्राम तिमिल्सिना नेपाली शिक्षक थिए । दुईजना मिलेर नाम जुरायौँ- पुष्पकमल । नौ कक्षाको रजिस्ट्रेसन र्फममा त्यही नाम राख्यौँ ।' त्यसपछि छवि पुष्प भए, सधैंलाई ।
माओवादीले आन्दोलन सुरु गरेपछि पुष्पबाट प्रचण्ड भए छवि । आफूले शब्दकोश हेरेर जुराइदिएको नाम फ्याट्ट फेर्दा यिनको चित्त पो दुख्यो कि ? 'दुखेन, हामीले राखेको नाम मन नपरेको भए पहिला नै हुन्न भन्नुहुन्थ्यो । उहाँले यो नाम मन पराउनुभएको थियो । उहाँले मात्र होइन, अधिकांशले पार्टीको नाम राखे । त्यसो गर्नु मैले राखेको नामको अपमान होइन,' उनले भने ।
प्रचण्ड प्रधानमन्त्री भएलगत्तै धेरै पत्रिका र टेलिभिजनले उनको नागरिकताको नाम पुष्पकमल दाहाल प्रयोग गर्न थाले । यही विषयमा प्रचण्डलाई सोधियो, 'तपाइर्ंलाई कुन नाम मन पर्छ ?' उनले जवाफ दिए, 'जनताले मलाई प्रचण्ड भनेर चिन्छन्, त्यही प्रचण्ड मन पर्छ ।' यस्तोवेला हेडसरलाई कस्तो अनुभूति भयो ? 'केही लागेन, मैले केही सोचिनँ,' उनले भने । पक्कै सोचेनन् ?
त्यतिवेला विद्यार्थी संख्या निकै कम हुन्थ्यो । मुस्किलले पच्चीस या तीस । त्यसैले प्रायः सबै विद्यार्थीका आनीबानी, रुचि, स्वभावबारे गुरुहरूलाई धेरै ज्ञान हुन्थ्यो । पुष्पको आर्थिक अवस्था नाजुक थियो । किसानी गर्नुपथ्र्या । घरमा दाजुभाइ दिदीबहिनी धेरै थिए । उनी घरमा पहिल्यैदेखि काम गर्थे । तर, कामले पढाइ कहिल्यै बिगारेनन् । तीमध्ये छवि हेडसरसँग चाँडो नजिकिए ।
'असाध्यै राम्रा विद्यार्थी हुनुहुन्थ्यो । आँखा झिमिक्क नगरी सुन्ने,' उनले भने । यिनले अंग्रेजी पढाउँथे । उनको अक्षर राम्रा थिए । उनको मर्मलाई टपक्क टिप्न सक्ने क्षमता थियो रे प्रचण्डमा । मेरो 'कुरालाई दुरुस्तै राख्न सक्ने हुनुहुन्थ्यो उहाँ,' उनले भने । गाउँमा मानिस कम थिए । तर, बद्मासको भने कुनै कमी थिएन । किशोरहरू कसरी झगडा गर्ने ? निहु खोजिरहन्थे । पुष्प त्यसमा पर्दैनथे । बरू झगडा मिलाउँदै गरेको देखिन्थे । राजकृष्ण ०२५ साल चैत ७ गते अंग्रेजी शिक्षकका रूपमा छिरे । ०२६ असोज १३ गते प्राचार्य भए ।
राजकृष्ण भन्छन्, 'पुष्पकमल सशस्त्र आन्दोलन गर्न सक्ने मानिस होइनन् ।' कक्षामा पुष्पका साथीहरू सुनाउँथे, 'यो त बाटोमा कमिला मर्छ भनेर हेर्दै हिँड्छ ।' उनी साँच्चिकै दयालु छन् । 'मैले चिनेको पुष्पले मानिस मार्ने त कल्पना पनि गर्न सक्दिनँ,' उनको विश्वास छ । कतिलाई यो ठट्टा वा व्यंग्यजस्तो पनि लाग्न सक्छ । हजारौंको ज्यान जाने (बलिदान भन्ने कि ?) जनयुद्धको नेतृत्व पनि त्यही पुष्पकमलले त गरेको थियो । यो आन्दोलनको शैली प्रचण्डको हुँदै होइन भन्ने लाग्दोरहेछ हेडसरलाई । 'यो योजना अरूको हो, पार्टीको नेता भएको हिसाबले स्वीकार्न बाध्य भएका हुन् कि,' हेडसरलाई त अझै यस्तो शंका पनि रहेछ । यो शंकाका पछाडि कारण पनि छ रे ।
२०३२ सालतिर भरतपुर अस्पतालमा हेडसर र प्रचण्ड दुवैको भेट भयो । प्रचण्डले आफ्ना हेडसरसँग झापा आन्दोलनका विषयमा कुरा राखे, 'मान्छे काटेर सत्ता कब्जा हुँदैन । सिपीले कहिले बुभ\mने कुन्नि ?' पछि त त्यसको ठीक उल्टो भयो । सिपी चुनावतिर लागे । प्रचण्ड युद्धतिर । 'उनको स्वभावले त हिंसात्मक राजनीति गर्नै नसकिने कुरा हो,' उनले आफ्नो विश्वास फेरि दोहोर्‍याए । तर, 'हुने हार, दैव नटार' भनेजस्तो जनयुद्ध भइछाड्यो, प्रचण्डले नेतृत्व पनि गरिछाडे ।
प्रचण्ड रुन्छन् वेलावेलामा, कतिसम्म भने खुलामञ्च र सभाहरूमा पनि । पहिला आन्दोलनका वेला पनि रुन्थे । अहिले त्यही आन्दोलन सम्झेर भाषण गर्दागर्दै भावुक भइहाल्छन् । कतिले यसलाई नाटक गरेको भन्छन्, कतिले 'मुढी' । तर, यी हेडसरलाई आफ्ना चेला कञ्चन लाग्छन् । ढोंगरहित । 'उहाँ सफा मनको मानिस हो, अति संवेदनशील पनि । सबै कुरा खोल्ने केही नलुकाउने,' उनले भन्न भ्याए, 'म पनि त्यस्तै छु नि । बोल्दाबोल्दै थाहा पाउँदिनँ । बहकिन्छु । उहाँ पनि त्यस्तै हो ।' आफ्नो विद्यार्थीमा आफ्नै गुण सरेको दाबी गर्न खोजेका होलान् उनले ।
प्रचण्डलाई धेरैले १५ हजारका हत्यारा भन्छन् । आफ्ना चेलाको 'बुराई' सुन्दा यिनलाई नराम्रो लाग्दैन ? 'राजनीतिमा आलोचना सबैको हुन्छ । मारेको जोसुकैले होस्, त्यसको सान्दर्भिकता हुनुपर्छ । १५ हजारको योगदानले नेपाल नयाँ बन्यो भने त्यसको खासै ठूलो अर्थ हँुदैन । योगदान मूल्यहीन हुनुहँुदैन, त्यति हो,' फुलेको पातलो छोटो कपाल प्रचण्डकै शैलीमा माथि फर्काउँदै उनले भने ।
प्रचण्डका विषयमा राजकृष्णलाई याद आइरहने एउटै कुरा हो- आफूमाथिको सम्मान । 'मलाई निकै प्रेम गर्ने उहाँले,' त्यसको प्रमाण पनि दिए उनले । ०३५ सालको सेन्टअप आउनै लागेको थियो । कृषि विषय पढाउने शिक्षकले एक्कासि जागिर छाडे । शिक्षक त चाहियो । एकजना सरले पुष्पकमलको नाम लिनुभयो । उहाँ भर्खर बिएस्सी सिध्याउनुभएको थियो । एक दिन साँझको समय थियो । राजकृष्ण सुवेदी थरका स्कुलको गेटैनेरको घरमा डेरामा उनी बस्थे । 'गाउँलेसँग त्यति संगत हुँदैनथ्यो मेरो । पुष्प त राजनीतिमा लागेर निकै माथि पुगिसक्नुभएको रहेछ । मलाई थाहै थिएन,' डेराको बेफाइदा सुनाए । त्यहाँ उनी पुगे । पुष्पकमल घरमै थिए । पढाइदिन आग्रह गरे । उनी एकछिन् चुप लागे । पछि 'हुन्छ' भने ।
पुष्पकमलले स्कुलमा पढाउन सुरु गरे । सोह्र दिनजति पढाएपछि एक साँझ पुष्प राजकृष्णको घरमा आए । वेला उस्तै थियो साँझ । प्रचण्डलेे भने, 'सर म त राजनीतिमा लागेको मान्छे । मेरा विषयमा कुरा काटिनु कुनै ठूलो कुरा होइन । तपाईं त मेरो हेडसर । चोकमा बसेर तपाइंका विषयमा गाउँलेले तथानाम भनेको मलाई मन परेन ।'
'के भयो ?' राजकृष्णले सोधे,
'त्यो राजकृष्णले पुष्पकमललाई राजनीति पढाउन लगेको स्कुल ? भनेर कुरा काट्दा रहेछन् । मेरो कारणले तपाइर्ं बद्नाम हुनुहुँदैन । म आजबाट बिदा पाऊँ, बरू म शिक्षक खोज्छु ।' यति भनेर उनी हिँडे ।
'त्यही दिन मैले राजनीतिमा लागेका रहेछन् भन्ने थाहा पाएँ,' हेडसरले सुनाए, 'त्यति ठूलो पदमा पुगेर पनि मेरो मन राख्न हुन्छ भने । मेरो अपमान सहन नसकेर फेरि छोडिदिए । यति ठूलो गुरुदक्षिणा मलाई कुनै विद्यार्थीले दिएको छैन ।'
प्रचण्ड यिनका विद्यार्थी मात्र होइनन् । यिनका मातहतमा शिक्षक भएर पनि काम गरे, आइएस्सी पास गरेपछि । त्यो पनि यिनकै आग्रहमा कति गतिला शिक्षक थिए ? 'स्पष्ट वक्ता थिए । समयको त पहिलेदेखि नै सम्मान गर्ने । विद्यार्थीले निकै रुचाउँथे ।' यी हेडसर मान्छन्, 'पुष्पकमल नभएको भए माओवादी उहिल्यै टुक्रिन्थ्यो । गुट-उपगुट सबैलाई मिलाएका छन् ।'
०४८ सालतिर खानीखोलामा सँगै खाजा खाँदा यी हेडसरलाई प्रचण्डले सोधेका थिए, 'सर ! के म राजनीति गर्न सक्छु ?' उनको स्वभावलाई हेरेर राजकृष्णले भने, 'तिम्रो स्वभावले त दिँदैन । कूटिलता नहुने मानिस के राजनीति गर्ला ?' त्यसको ६ वर्ष नबित्दै उनी शक्तिशाली विद्रोही पार्टीको नेता भए भने १६ वर्षपछि गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री ।
'राजनीतिको विशेषता कूटिलता हो, त्यो उनमा छैन । र, पनि नेतृत्व गरिरहेका छन् । यसमा म दंग पर्छु । हुन त म राजनीति गरेको मानिस होइन । त्यसैले उनी असाधारण प्रतिभा हुन्, मेरो नजरमा,' उनले दंग पर्दै भने ।
प्रचण्ड वेला-वेलामा बोल्छन् अनि फिर्ता लिन्छन् । कतिले उनलाई 'हावा' भन्छन् । तर, हेडसर त्यो मान्न तयार छैनन् । 'राजनीतिमा हुने कूटिलतालाई मात दिन आफू पनि त्यस्तै बन्ने प्रयास हो तर, सक्दैनन् । स्वभाव त कसैलाई धोका दिन नसक्ने छ नि । कार्यशैली मुख्य कुरा हो । कति नेता छन्, जसले सत्य बोल्छन् ? उसले कुनै कुरा लुकाउन सक्ने र कसैलाई धोका दिन सक्ने व्यक्ति होइनन्,' उनले थपे ।
हेडसरलाई अझै विश्वास रहेछ, 'अहिलेको राजनीतिक गतिरोधलाई प्रचण्डले मात्र अन्त्य गर्न सक्छन् ।'
'उनी असाधारण प्रतिभा हुन् । गिरिजा पनि होइन, झलनाथ पनि होइन, अरू कोही होइन । नेपालको राजनीतिलाई सही दिशामा लाने एकमात्र पुष्पकमल हुन् । बरू चाँडो गरे हुन्थ्यो,' उनी औंला ठड्याउँदै कड्किए ।
-(प्रमिला देवकोट)(source-nayapatrika)

Oct 3, 2009

oscar nominated nepali movie CARAVAN

यो फिल्म download गर्न तलको लिन्कमा क्लिक गर्नुहोस्
part1
part2
part3
part4
part5
part6
part7
part8
part9
part10
part11
तपाईंहरु मलाई सहयोग गर्न चाहनुहुन्छ? गूगलका बिज्ञापनमा क्लिक गरी सहयोग गर्न सक्नुहुन्छ । यो ब्लगले निरन्तरता पाउन तपाईंको एक क्लिकले ठुलो सहयोग पुर्याउने छ । धन्यवाद ।

जिल्ला प्रहरी कार्यालयभित्र महिला प्रहरी बलात्कृत

नेपाल प्रहरीकी एक महिला जवानले आफूलाई ६ जना प्रहरीले बलात्कार गरेको आरोप लगाएकी छिन्। दशैंको बेला मासुमा गाँजा मिसाएर खुवाई आफूलाई प्रहरी सहायक निरीक्षकसहित ६ जनाले बलात्कार गरेका उनले बताएकी छिन्। घटना प्रकाशमा नल्याउन आफूलाई दबाब दिएको महिलाले बताएकी छिन्।
बलात्कृत महिलाले धनगढी प्रहरी कार्यालयमा आई प्रहरी नायव महानिरीक्षक पार्वती थापासमक्ष उजुरी दिएपछि घटना प्रकाशमा आएको हो। दशैंको बेला घर नगएका प्रहरीले ती महिला सहकर्मीलाई सामूहिक बलात्कार गरेका हुन्। उनलाई नवमीको दिन बलात्कार भएको पीडितका श्रीमान्‌ले बताएका छन्। जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत पीडित महिला दुई दिन अघि नै धनगढी आइपुगेकी थिइन्। प्रहरीले आरोपित प्रहरीहरुको अनुसन्धान र कारबाहीमा चासो नदेखाएपछि उनका पीडित महिला प्रहरीका श्रीमान्‌ले घटना प्रकाशमा ल्याएका हुन्। प्रहरी नायव महानिरीक्षक थापाले भने छानविन समिति गठन गरेर रिपोर्ट तयार पारी कारबाही अगाडि बढाउने बताएकी छिन्। उलने आरोपी प्रहरीहरुलाई नियन्त्रण लिइसकिएको बताएकी छिन्। प्रहरी डी आइ जी थापाले पीडित महिला प्रहरीसँग सञ्चारकर्मीलाई भेट गर्न भनेकी दिएकी छैनन्।पीडित महिलाका श्रीमान्‌का अनुसार दशमीका दिन टेलिफोन मार्फत घटनाको जानकारी डिआइजी थापालाई दिइएको थियो। बलात्कार भएको भोलिपल्ट मात्र महिला प्रहरी होसमा आएकी र सोही दिन आफू भेट्न जाँदा उनले लगाएका कपडा च्यातिएको अवस्थामा रहेको उनका श्रीमान्‌ले जानकारी दिएका छन्। (विस्तृत समाचार आउने क्रममा छ।)(source-nagariknews)

Oct 1, 2009

Top of the world

WE HAVE 8 OUT OF 10 HIGHEST MOUNTAIN IN THE WORLD INCLUDING

Highest mountain in the world-mt. everest-8848 meters




3 Kangchenjunga - 8,586 meters


4- Lhotse - 8,516 meters


5. Makalu - 8,463 meters


6. Cho Oyu - 8,201 meters



7. Dhaulagiri - 8,167 meters


8. Mana...slu - 8,163 meters


10. Annapurna - 8,091 meter

































पारसलाई अपहरण गर्ने योजना

तत्कालीन युवराज पारसलाई अपहरण गर्ने, रोल्पा पुर्‍याउने र दरबार हत्याकान्डबारे बयान लिने- यो योजना थियो विद्रोही माओवादीको । त्यो पनि सामान्य अवस्थामा होइन, राजा ज्ञानेन्द्रले शासन-सत्ता कमान्डमा लिएको वेला ।
सरकारसँग दोस्रोपटकको शान्तिवार्ता १० भदौ ०६० मा भंग भएको घोषणा गरेलगत्तै माओवादीले राज्यविरुद्ध फौजी कारबाही फेरि सुरु गरेको थियो । राज्यलाई गम्भीर धक्का दिन माओवादीले पारसलाई अपहरण गरेर दरबार हत्याकान्डबारे बयान लिने र तत्कालीन प्रधानसेनापति प्याराजंग थापाको 'सफाया' गर्ने योजना बनाएको थियो ।
त्यही योजनाको पूर्वाभ्यासका क्रममा मारिए वरिष्ठ सैनिक अधिकारी किरण बस्नेत । तर, त्यहीवेला 'स्पेसल टास्क फोर्स' का एक सदस्य पक्राउ परेपछि माओवादी योजना सेनाले थाहा पायो । त्यसैले पारसको अपहरण पनि भएन, तत्कालीन प्रधानसेनापतिमाथिको 'कारबाही' पनि सफल भएन ।
लोकेन्द्रबहादुर चन्दको सरकारबाट सुरु भएको दोस्रो चरणको शान्तिवार्ता सूर्यबहादुर थापाको सरकारसम्म पुगुन्जेल जारी थियो । तर, माओवादीले दोस्रो वार्ता भंग भएको घोषणा गरेलगत्तै काठमाडौंमा कमान्डो कारबाही सुरु गर्‍यो । कमान्डो कारबाहीको पहिलो चरणमा सैनिक अधिकारी बस्नेत मारिए, त्यसपछिको 'टार्गेट' मा थिए- प्रधानसेनापति थापा र युवराज पारस ।
तत्कालीन प्रधानसेनापति थापामाथि उनको सरकारी निवास शशीभवन झम्सीखेलदेखि प्रधान कार्यालय भद्रकालीसम्म जाँदा वा र्फकंदा पुल्चोकस्थित मन्त्रीनिवास आसपासको क्षेत्रमा कारबाही गर्ने योजाना बनेको थियो । तर, माओवादीको उपत्यका 'एसटिएफ' ले सेनापतिमाथि कारबम आक्रमण गर्नेसम्मको योजना बनाएको थियो । 'तर तयारीमा रहेको कार ग्यारेजमा समातियो,' माओवादीका तत्कालीन उपत्यका इन्चार्ज कुमार दाहाल भन्छन् ।
दाहालका अनुसार माओवादीले पारसको अपहरण र सैनिक अधिकारीमाथि कमान्डो कारबाही गर्न ५० जनाको 'भ्याली स्पेसल टास्क फोर्स' बनाएको थियो, जसका कमान्डर थिए निश्चल नकर्मी । टास्क फोर्सका 'मोबाइल' छापामार खटिन्थे पारसको निगरानी गर्न । यीमध्ये केही गुप्तचरीमा थिए, कोही योजना कार्यान्वयन गर्न ।
'पारसलाई उनी जाने होटल वा डिस्कोबाट अपहरण गर्ने योजना थियो,' टास्क फोर्सका एक सदस्यले भने । माओवादी कार्यकर्ता व्यापारीको भेषमा दरबारमार्ग र ठमेलका होटलहरूमा बस्थे । यसरी ठूला होटल र रेस्टुराँमा बस्दा पारसको दैनिकी जान्न सकिने उनीहरूको विश्वास थियो ।
टास्क फोर्सले महिनौंसम्म दरबारमार्ग र ठमेलका केही होटलमा कोठा बुकिङ गरेर पारसको पिछा गरेको थियो । 'पारसले खाने ठाउँमा हाम्रो टोली पनि पुग्थ्यो, नजिकै बसेर उनको चियो गथ्र्यो,' माओवादीका तत्कालीन उपत्यका इन्चार्ज दाहाल भन्छन्, 'हामी उनको निकै नजिक पुगेका थियौं । आवश्यकताअनुसार जतिवेला पनि अपहरण गर्नसक्ने अवस्था बनिसकेको थियो ।'
योजना कार्यान्वयनका लागि उपत्यकामा क्रियाशील माओवादी कार्यकर्ता पनि परिचालित थिए । त्यसवेला माओवादीको काठमाडौंमा पवनमान श्रेष्ठ, ललितपुरमा कृष्ण केसी र भक्तपुरमा दिलीप प्रजापति पार्टीको इन्चार्ज थिए ।
त्यतिवेला उपत्यकासमेत हेर्ने मध्य कमान्डको इन्चार्ज थिए रामबहादुर थापा बादल । त्यस्तै उपत्यका ब्युरो इन्चार्ज थिए दाहाल र उपत्यकासहितको आसपासको क्षेत्र हेर्ने जिम्मा पाएका थिए- कुलप्रसाद केसी सोनामले ।
पारसलाई समात्ने र आधार इलाका -रोल्पा) पुर्‍याउने योजना थियो माओवादीको । 'उनलाई कुनै पनि हालतमा जिउँदै राख्ने र आधार इलाकामा पुर्‍याउने भन्ने थियो,' तत्कालीन ललितपुर इन्चार्ज कृष्ण केसी भन्छन्, 'उनलाई आधार इलाका पुर्‍याउने टिम पनि बनिसकेको थियो ।'
तर, एकातिर प्रधानसेनापतिमाथिको कारबाही असफल भयो, त्यही वेला पारसको अपहरण योजनामा संलग्न भक्तपुरका सहसेक्रेटरी रञ्जितलाई सेनाले पक्राउ गर्‍यो । रञ्जित पक्राउ परेपछि योजनाको पोल खुलेको माओवादी भनाइ छ । 'बीचैमा सूचना लिक भएपछि हाम्रो योजना सफल भएन,' दाहालले भने ।
सेनाको देशव्यापी 'मुभ' कम पार्न सैन्य अधिकारीहरूमाथि कारबाही र पारसको अपहरण योजना बनाएको दाहालले बताए । उनका अनुसार दोस्रो वार्ता भंग भएलगत्तै पार्टी केन्द्रको निर्देशनमा नै राजधानीमा उच्चस्तरका 'कमान्डो' कारबाही गर्ने र देशभरका कार्यकर्ताको मनोबल उठाउने योजना बनेको थियो ।
३२ साउन ०६० मा माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता भइराखेका दिन सेनाद्वारा रामेछापको दोरम्बामा २० माओवादी कार्यकर्ता मारिएका थिए । त्यही विषयमा आपत्ति जनाउँदै माओवादीले १० भदौबाट युद्धविराम भंग गरेको थियो ।
आफूविरुद्धको अमेरिकी योजनालाई असफल बनाउन माओवादीले सेना र सरकारको माथिल्लो तहमा हान्ने योजना बनाएको थियो । 'अमेरिकी रणनीतिमा सेनाले माओवादी नेता-कार्यकर्ताको हत्या गर्ने र आधार इलाकामा आक्रमण गर्ने योजना बनाएको थियो । त्यसलाई काउन्टर गर्न र नयाँ खालको राजनीतिक शक्ति सन्तुलन तयार पार्न पारस अपहरणको योजना बनाएका थियौं,' तत्कालीन ललितपुर इन्चार्ज केसीले भने ।
'युद्धकालमा हामीले जुन योजना बनाएका थियौं, त्यो स्वाभाविक नै थियो,' दाहालले भने, 'उनीहरू -सुरक्षानिकाय) ले पनि हाम्रा नेताका टाउकाका मूल्य तोकेर अपरेसन सुरु गरेका थिए ।' माओवादी नेतृत्वलाई सिध्याउने सेनाको योजना कमजोर बनाउन पारसको अपहरण योजना बनेको उनको भनाइ छ ।
१२ माघ ०५९ मा सशस्त्र प्रहरीका महानिरीक्षक कृष्णमोहन श्रेष्ठको हत्या भएको तीन दिनपछि माओवादी र सरकारबीच दोस्रो वार्ताका लागि युद्धविराम भएको थियो । 'पहिलो वार्ता असफल भएपछि दाङ सदरमुकाममा सेनाको ब्यारेकमाथि आक्रमण गरेर नयाँ शक्ति सन्तुलन बनाएजस्तै सेनापतिमाथि भौतिक कारबाही र पारसको अपहरण गरेर नयाँ शक्ति सन्तुलन बन्ने अवस्था थियो,' माओवादी स्रोतको भनाइ छ ।
'पारसलाई अपहरण गरेपछि राज्यपक्षमाथि माओवादी कार्यकर्ताको हत्या नगर्ने नैतिक दबाब सिर्जना गर्न सकिन्थ्यो,' तत्कालीन योजनामा सहभागी एक नेता भन्छन् ।
तर, रञ्जित गिरफ्तार भएपछि उनले आफैंसमेत सहभागी भएको भ्याली एसटिएफको नेतृत्व गरेका नकर्मीसहितको ठूलो टिमलाई गिरफ्तारी गराएको दाहाल बताउँछन् । उनी भन्छन्, 'रञ्जितले आफू गिरफ्तारमा परेपछि सबै साथीलाई ताने । त्यसपछि कमान्डो कारबाहीका योजना भताभुंग भए ।'
रञ्जितपछि माओवादीका ललितपुर सेक्रेटरी हीराबहादुर रोका, भक्तपुरका सेक्रेटरी बिके श्रेष्ठ, एसटिएफका सदस्यहरू सुचेन्द्र श्रेष्ठ, बुद्धि तामाङ, भीम गिरीलगायतको टिम पक्राउ परेको दाहाल बताउँछन् । त्यतिवेला नै गिरफ्तार भएका कृष्ण केसीलाई २७ महिना बेपत्ता पारियो भने निश्चल नकर्मी, ज्ञानेन्द्र त्रिपाठी, दीपेन्द्र पन्त, हेमनारायण श्रेष्ठ, सुचिन्द्र महर्जन, रेणुका दुवाल, रेवकला तिवारी, सत्यनारायण प्रजापति, दिलबहादुर राई, भीम गिरीलगायतका माओवादी कार्यकर्ताको अहिलेसम्म अत्तोपत्तो छैन । 'त्यतिवेला गिरफ्तार परेका धेरैजसो साथी भैरवनाथ गणमा लगिए र बेपत्ता पारिए,' माओवादीका तत्कालीन उपत्यका इन्चार्ज दाहाल भन्छन् । सेनाले भैरवनाथ गणबाट कैयौं नागरिक बेपत्ता पारेको नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले समेत पुष्टि गरेको छ ।(source-nayapatrika)

पियनका छोराले नाम निकालेपछि डाक्टरहरु हड्तालमा

आफ्नै पियनका छोराले एमबिबिएसका लागि छात्रवृत्ति पाएको विरोध गर्दै टिचिङ अस्पतालका डाक्टरहरू आन्दोलनमा उत्रिए

वर्षौंदेखि भान्सामा भाँडा माझेर आफूहरूलाई सघाउँदै आएकी एक पियनको छोराले एमबिबिएस छात्रवृत्तिका लागि नाम निकालेपछि त्यसको विरोधस्वरूप महाराजगन्जस्थित शिक्षण अस्पतालका डाक्टरहरू आन्दोलनमा उत्रेको रहस्य खुलेको छ ।
गत २० दिनदेखि आन्दोलनमा रहेका चिकित्सकले अहिले खुलेआम नै प्रश्न गर्न थालेका छन्, 'पियनका छोराले डाक्टर पढ्न पाउने, डाक्टरकै छोराछोरीले नपाउने ?' उनीहरूले आफ्ना छोराछोरीलाई एमबिबिएस अध्ययनका लागि विशेष कोटा छुट्याइनुपर्ने माग गरेका छन् । आफ्ना छोराछोरीले अन्य कर्मचारीका छोराछोरीसँग प्रतिस्पर्धा नै नगरी विशेष कोटा पाउनुपर्ने माग गर्दै अस्पतालका चिकित्सक तथा प्राध्यापकले एक सातादेखि दुई बजेपछिको बिरामी जाँच्ने सेवा बहिस्कार गर्दै आएका छन् । त्यस्तै, २० दिनदेखि महाराजगन्ज क्याम्पस चिकित्साशास्त्रका विद्यार्थीको पठनपाठनसमेत ठप्प पारेका छन् त्यहाँका प्राध्यापक तथा चिकित्सकले ।
चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज क्याम्पसले १५ वर्षदेखि अस्पताल तथा क्याम्पसका कर्मचारीका छोराछोरीका लागि एमबिबिएस अध्ययनमा एउटा सिट छुट्याउँदै आएको छ । अस्पतालको कर्मचारी कोटामा भएको प्रतिस्पर्धामा यसपटक भान्सामा काम गर्ने पियन चाँचरी खड्काको छोरा सविन कार्कीको नाम निस्कियो । कार्कीको नाम निस्किएपछि आफ्ना छोराछोरीले कर्मचारीका छोराछोरीसँग प्रतिस्पर्धामा नाम निकाल्न नसक्ने ठहर गर्दै प्राध्यापक तथा डाक्टरहरू हड्तालमा उत्रिएका हुन् । सविन ८० भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो नाम निकाल्न सफल भएका थिए ।
सविनकी आमा चाँचरी ०४१ सालदेखि शिक्षण अस्पतालको भान्सामा काम गर्दै आइरहेकी छिन् । छोरो १४ महिनाको हुँदा नै लोग्ने बितेकाले चाँचरी एक्लैले छोरा हुर्काइन् । माइतीमा पनि दाजुभाइ कोही नभएकोले आफ्नी आमाको जिम्मेवारी पनि चाँचरीले नै उठाउनुपर्‍यो । उनी अहिले पनि ललितपुर भैंसेपाटीमा रहेको माइतीमै बस्दै आइरहेकी छिन् । छोरा सविनलाई आफूले दुःखले हुर्काएको र त्यसमा आफ्नी आमाले गाईको दूध बेचेर नातिलाई कापी-कलमको जोहो गरेको पृष्ठभूमि चाँचरीले सुनाइन् । भनिन्, 'दुःख गरेर पढाएको छोराले डाक्टर पढ्न नाम निकालेपछि हामीलाई खुसी लागेको छ ।'
छोराले कर्मचारीका छोराछोरीको कोटामा एमबिबिएस अध्ययनमा नाम निकालेपछि निकै खुसी बनेकी चाँचरी आफ्नै हाकिमहरू आफूविरुद्ध आन्दोलनमा उत्रिएपछि भने दुःखी बनेकी छिन् । 'कतिपय डाक्टरसापहरू घरमै आएर बधाई दिनुभयो, तर केही डाक्टर भने निकै रिसाए,' चाँचरीले नयाँ पत्रिकासँग गुनासो गरिन्, 'तर ठूला मान्छे भए पनि रिसाउनेहरूको मन ठूलो हुन सकेको रहेनछ । यो देखेर मेरो मन रोएको छ ।'
२० वर्षीय सविन प्राध्यापक र वरिष्ठ डाक्टर तथा उच्च ओहोदाका कर्मचारीका छोराछोरी जसले राजधानीका राम्रा र महँगा स्कुलमा अध्ययन गरेका थिए, उनीहरूभन्दा प्रतिस्पर्धामा अब्बल ठहरिए । 'हामी डाक्टर भएर पनि हाम्रा छोराछोरीले नाम निकालेनन्, तिम्रो छोराले निकाले, तिमी त भाग्यमानी रहिछौ,' आफूलाई बधाई भन्ने डाक्टरलाई उद्धृत गर्दै चाँचरीले सुनाइन् ।
चार सय १० रुपैयाँबाट ०४१ सालमा सेवा सुरु गरेकी चाँचरीको अहिलेसम्म बढुवा नभएको गुनासो पनि छ । उनले अस्पतालको भान्सामा भाँडा माझ्नेदेखि पकाउने र भुइँ सफा गर्नेसम्मको काम गर्नुपर्छ । 'भान्साको काम भनेपछि के गर्नुपर्दैन, सबै गर्नुपर्छ,' उनले भनिन् । छोरा सविनले एसएलसीमा ७७ प्रतिशत र 'प्लस टु'मा ८१ प्रतिशत अंक ल्याएका रहेछन् ।
प्राध्यापकका छोराछोरीका लागि विशेष कोटाको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सक प्रा. डा. मोदनाथ मरहठ्ठाले आफ्ना छोराछोरीका लागि एमबिबिएसमा दुई सिट नपाए आन्दोलन जारी राख्ने बताए । 'हामी सेवा पनि दिन्छौँ, पढाउँछौँ तर हामीलाई त्रि-चन्द्रमा पढाउने प्राध्यापकजत्तिको मात्र व्यवहार गरेर पुग्दैन । अब हामी मान्नेवाला छैनौँ,' मरहठ्ठाले नयाँ पत्रिकासँग भने । 'समग्रमा यति सिट चाहिन्छ पनि त भन्न सक्नुहुन्थ्यो नि, प्राध्यापकका छोराछोरीलाई मात्रै किन छुट्टै कोटा माग्नुभयो ?' भन्ने प्रश्नमा मरहठ्ठाले भने, 'कर्मचारी एउटा नभए अर्को ल्याउन सकिन्छ, कर्मचारीहरू महत्त्वपूर्ण होइनन् तर हामी डाक्टर त महत्त्वपूर्ण हौँ नि ।'
मरहठ्ठाले कर्मचारीहरू चिकित्सकभन्दा कम हैसियत भएको भन्दै उनीहरूका छोराछोरी र डाक्टरका छोराछोरीका लागि एउटै व्यवहार स्वीकार्य नभएकोसमेत बताए । 'एउटा कर्मचारीले डाक्टरको भाषा बुझ्न सक्छ ? छोराछोरी डाक्टर पढाउन हामी डाक्टरले पो सक्छौँ, हामीलाई पनि कर्मचारीको हैसियतमा दाँज्न मिल्छ ? तपाईंलाई के लाग्छ ?' उनले प्रतिप्रश्न गरे । डा. मरहठ्ठाले भन्दै गए, 'पियनका छोराले पढ्न पाउने, हाम्रा छोराछोरीले नपाउने ?'
प्राध्यापकहरूको आन्दोलनका कारण क्याम्पस 'फ्याकल्टी बोर्ड एमबिबिएस छात्रवृत्तिमा कोटा बढाउनसमेत सहमत भइसकेको छ । प्राध्यापकका छोराछोरीका लागि तीन सिट सुरक्षित गर्ने निर्णय स्वीकृतिका लागि त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस कीर्तिपुरमा बोर्डले सिफारिससमेत गरेको छ ।
तर, चिकित्साशास्त्रमा अध्ययनरत विद्यार्थीका संगठनहरूले केन्द्रीय क्याम्पस घेराउ गरी प्रतिस्पर्धाबाट विद्यार्थी छान्न दबाब दिएपछि विश्वविद्यालयले यो विषयमा निर्णय गर्न सकेको छैन । विद्यार्थी संगठनले विरोध जनाएपछि प्राध्यापकहरूले ६० जना विद्यार्थी कोटा बढाएर ७५ बनाउन सिफारिस गरेको क्याम्पस प्राध्यापक संघका अध्यक्ष डा. कविरनाथ योगीले बताए । तर, विद्यार्थी संगठनहरू त्यसका लागि पनि राजी नभएपछि प्राध्यापकहरूले पढाउनै छाडिदिएको दाबी गरेका छन् । 'हाम्रा भुराहरूले हाम्राविरुद्ध आन्दोलन गर्नु जरुरी थिएन । अत्यन्त छुद्र ढंगले विरोधमा उत्रिए,' योगीले भने ।
आन्दोलनमा उत्रिएका अर्का एक प्राध्यापकले १५ वर्षमा प्रायः कर्मचारीकै छोराछोरीले नाम निकालेको बताए । 'दुई-तीनचोटि मात्रै डाक्टरका छोराछोरीको नाम निस्किएको छ, कर्मचारीका बच्चा मिहिनेत गरेर पढ्छन् उनीहरूले नै नाम निकाल्छन्, हाम्राले त के निकाल्छन् र ?' उनले भने, 'हाम्रा त खाइमातेकाहरू छन् ।'
आन्दोलन सुरु भएपछि पछिल्ला दिनमा मागको फेहरिस्त बढ्दै गए पनि चुरो कुरोचाहिँ पियनका छोराले नाम निकालेको र आफ्ना छोराछोरी पाखा परेको भन्ने डाक्टरहरूको मनस्थितिका कारण यस्तो अवस्था आएको कर्मचारीहरूले बताउँछन् । 'डाक्टरहरू आफूलाई अर्कै ग्रहबाट आएको भन्ठान्छन् । एउटा गरिबको छोराले छात्रवृत्ति पायो भनेर क्याम्पस र अस्पतालमा खैलाबैला मच्चाए डाक्टरहरूले,' अस्पतालमा कार्यरत एक कर्मचारीले भने, 'त्यो बिचराले नाम निकालेपछि खप्नै सकेनन् डाक्टरहरू ।' अनौपचारिक र औपचारिक कुराकानीमा पनि प्राध्यापक तथा डाक्टरहरूले यो विषयमा डाह अभिव्यक्त गर्ने गरेको ती कर्मचारीको दाबी थियो ।
यता, डाक्टरहरू भने कर्मचारी भन्नेबित्तिकै आक्रोशित हुन्छन् । 'भारतीय आयल निगमबाट उधारोमा तेल ल्याएर पैसा नतिरी यहाँ बोनस खान्छन् आयल निगमका कर्मचारीहरू, दूरसञ्चारका कर्मचारीले फोनको पैसा तिर्दैनन्, विद्युत् प्राधिकरणका कर्मचारीले बिजुलीको पैसा तिर्दैनन् । हामीले आफ्ना छोराछोरी पढाउन किन नपाउने ?' एक डाक्टरले नयाँ पत्रिकासित प्रश्न गरे । आफ्ना छोराछोरीलाई पढाउन तीस लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने तर पियनको छोराले फ्रि पढ्न पाएको भन्दै उनले आक्रोश पोखे । प्राध्यापक संघ क्याम्पस एकाइका अध्यक्ष योगीले पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापकका छोराछोरीका लागि दुई सिट छुट्याइएकोले महाराजगन्ज क्याम्पसमा पनि त्यस्तै हुनुपर्ने जिकिर गरे । 'हामीसँग बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुईवटा सिट छुट्याएको नजिर छ,' उनले भने, इन्जिनियरिङ क्याम्पसमा दुईवटा सिट छन् ।' प्राध्यापकका छोराछोरीका लागि दुई-तीन सिट छुट्याउनु भन्नु गलत नभएको उनको भनाइ थियो ।
अस्पतालका प्राध्यापक र वरिष्ठ चिकित्सकहरू आफ्ना छोराछोरीलाई एमबिबिएसमा कोटा सुरक्षित गर्न सेवा नै ठप्प पारी हड्तालमा उत्रिएपछि अस्पतालका नर्सिङ विभागका कर्मचारी पनि आफ्ना छोराछोरीलाई डाक्टर पढाउन कोटा छुट्याउनुपर्ने भन्दै हस्ताक्षर अभियानमा जुटेका छन् । तर, प्राध्यापक आन्दोलनको अगुवा गरेका डा. मरहठ्ठा नर्सहरूले नर्सिङ कोटामा आफ्ना सन्तानको सिटका लागि आन्दोलन गर्नुपर्ने बताउँछन् । 'मानविकी र व्यवस्थापनमा पनि छात्रवृत्ति हुन्छ, हामीले त्यता मागेका छौँ र, हामी जहाँ काम गर्छाैं त्यहीँ मागेका हौँ, सबै कर्मचारीले आ-आफ्नै क्षेत्रमा मागे भइहाल्यो नि,' मरहठ्ठाले भने ।
प्राध्यापक आन्दोलनले शिक्षण अस्पतालको दिउँसोको सेवा अवरुद्ध भएको अस्पतालका निर्देशक डा. केशवप्रसाद सिंहले बताए । प्राध्यापकहरूको माग क्याम्पससँग सम्बन्धित भए पनि अस्पतालको सेवामा असर परेको उनले गुनासो गरे । 'उहाँहरूको एउटा पनि माग अस्पतालसँग सम्बन्धित छैन, तर सेवा अवरुद्ध भएको छ,' सिंहले भने । डाक्टरको हड्तालले बिहान बिरामीको चाप बढेको उनको भनाइ थियो । यस्तै पेइङ सेवामार्फत हुने अस्पतालको कमाइ पनि बन्द भएको छ । अस्पतालका कर्मचारीहरू प्राध्यापकहरूमध्ये धेरैजसोको क्लिनिक दुई बजेपछि भएकोले हड्ताल बिहान मात्र भएको आरोप लगाउँछन् ।
प्राध्यापक संघका अध्यक्ष योगीले भने आन्दोलनका विषयमा छलफल गर्न वरिष्ठ प्राध्यापक तथा विद्यार्थीलाई बोलाइसकेको बताए । तर, आफ्ना सन्तानका लागि प्रतिस्पर्धाविनाको सिट सुरक्षित हुनुपर्नेमा भने उनले जोड दिए । 'मैले आठजना वरिष्ठ प्राध्यापक र विद्यार्थी संगठनका दुई-दुईजना गरी आठजनालाई आइतबार ११ बजे छलफलका लागि बोलाइसकेको छु,' योगीले भने, 'प्राध्यापकलाई पनि अहिले नै धेरै नखोज, विद्यार्थीलाई पनि गुरुहरूको विषयमा टाङ नअड्काऊ भनिदिएको छु ।'
कुरो मिलेर आफ्ना छोराछोरीले प्रतिस्पर्धाविना नै पढ्न पाउनेमा योगी विश्वस्त थिए । 'भोलि हामीले पढाउँदा फलानो सरले स्पेलिङ गलत भन्यो, अर्काले राम्रोसँग सिकाएन भनेर कम्प्लेन नगर्नु भनेर भन्दिएको छु विद्यार्थीलाई, उनीहरू पनि सकारात्मक छन् ।'
यता, क्याम्पसले प्रतिस्पर्धामा नाम निस्किएका विद्यार्थीको भर्ना सुरु गरिसकेको छ । भर्ना-प्रक्रिया सुरु भइसके पनि विद्यार्थी थप्न सकिने उनले जिकिर गरे । 'यसअघि पनि एकजना विद्यार्थी थपेको उदाहरण छ,' उनले भने । तर, चिकित्साशास्त्रमा पनि अन्य संकायमा जस्तो निर्धारित कोटाभन्दा धेरै विद्यार्थी भर्ना गर्न खोजिएको भन्दै विद्यार्थीले चिन्ता जनाएका छन् ।(source-nayapatrika)