Pages

Oct 3, 2009

जिल्ला प्रहरी कार्यालयभित्र महिला प्रहरी बलात्कृत

नेपाल प्रहरीकी एक महिला जवानले आफूलाई ६ जना प्रहरीले बलात्कार गरेको आरोप लगाएकी छिन्। दशैंको बेला मासुमा गाँजा मिसाएर खुवाई आफूलाई प्रहरी सहायक निरीक्षकसहित ६ जनाले बलात्कार गरेका उनले बताएकी छिन्। घटना प्रकाशमा नल्याउन आफूलाई दबाब दिएको महिलाले बताएकी छिन्।
बलात्कृत महिलाले धनगढी प्रहरी कार्यालयमा आई प्रहरी नायव महानिरीक्षक पार्वती थापासमक्ष उजुरी दिएपछि घटना प्रकाशमा आएको हो। दशैंको बेला घर नगएका प्रहरीले ती महिला सहकर्मीलाई सामूहिक बलात्कार गरेका हुन्। उनलाई नवमीको दिन बलात्कार भएको पीडितका श्रीमान्‌ले बताएका छन्। जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत पीडित महिला दुई दिन अघि नै धनगढी आइपुगेकी थिइन्। प्रहरीले आरोपित प्रहरीहरुको अनुसन्धान र कारबाहीमा चासो नदेखाएपछि उनका पीडित महिला प्रहरीका श्रीमान्‌ले घटना प्रकाशमा ल्याएका हुन्। प्रहरी नायव महानिरीक्षक थापाले भने छानविन समिति गठन गरेर रिपोर्ट तयार पारी कारबाही अगाडि बढाउने बताएकी छिन्। उलने आरोपी प्रहरीहरुलाई नियन्त्रण लिइसकिएको बताएकी छिन्। प्रहरी डी आइ जी थापाले पीडित महिला प्रहरीसँग सञ्चारकर्मीलाई भेट गर्न भनेकी दिएकी छैनन्।पीडित महिलाका श्रीमान्‌का अनुसार दशमीका दिन टेलिफोन मार्फत घटनाको जानकारी डिआइजी थापालाई दिइएको थियो। बलात्कार भएको भोलिपल्ट मात्र महिला प्रहरी होसमा आएकी र सोही दिन आफू भेट्न जाँदा उनले लगाएका कपडा च्यातिएको अवस्थामा रहेको उनका श्रीमान्‌ले जानकारी दिएका छन्। (विस्तृत समाचार आउने क्रममा छ।)(source-nagariknews)

No comments: