Pages

Sep 18, 2011

earth quake hits nepal different part

६.८को ताप्लेजुङ-सिक्किम सीमामा पहिलो भूकम्प। त्यसपछि १५ वटा ससाना भूकम्प। ती मध्ये ठूलो ४.८ को- राष्ट्रिय भूकम्प मापन केन्द्र 
Earthquake measuring 6.8 Richter scale hits Nepal in NST time, 6:25 PM. The center of earthquake was in Sikkim.
Image TV को भिडियोमा बेलायती दूतावासको पर्खाल भत्किएको, कार र बाइक बिग्रिएको। ४ घाइते, २ गम्भीर
ताप्लेजुङका पहाडी गाउँहरुमा अधिकांश घर भत्कियोः KTV
KTV airs video of inside view of CA Hall, भूकम्प आउँदा बैठक जारी थियो, सभामुखको कुर्सी हल्लियो, सभासदहरु भागाभाग 
संखुवासभा २ मिनेट गयो, १३ घर क्षति, डेढ सय घर चर्किएको, वाणिज्य बैँक र प्रहरी कार्यालय, सशस्त्र प्रहरी बस्ने घर भत्किएको छ- KTV 

आइतबार साँझ गएको भूकम्पमा परी ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा तीन जना र धरानमा दुई जनाको मृत्यु भएको हो 

सुनसरीमा घरबाट निस्कने क्रममा किचेर सन्तोष परियार र कमल परियारको मृत्यु भएको : प्रहरी #sept18quake (via @salokya)

फलोअपः १ असोज, काठमाडौं । आइतबार साँझ काठमाडौंसहित देशका विभिन्न स्थानमा गएको शक्तिलशाली भूकम्पमा परि पाँच जनाको मृत्यु भएको छ । साँझ ६ बजेर २५ मिनेट ४८ सेकेण्डमा ६ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको भूगर्भ तथा खानी विभागले जनाएको छ ।
काठमाडौं प्रहरीका अनुसार बेलायती दूताबासको पर्खाल भत्किएर ३ जनाको मृत्यु भएको छ । गोर्खा हुम्लीचोक- ६ का ३६ वर्षीय साजन श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिषा श्रेष्ठ र सिन्धुली मरिनका वीरबहादुर माझी रहेका छन् । घटनामा घाइते भएका उनीहरुको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य तीन जनाको अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
यस्तै धरानको २ जनाको मृत्यु भएको छ । घर भत्किएर विमल र सन्तोष परियारको मृत्यु भएको हो । वीर अस्पतालमा भगदौड मच्चिँदा १५ जना घाइते भएका छन् संखुवासभामा एक प्रहरी जवान घाइते भएका छन् ।
भूकम्पको धक्काको स्तर देखाउने तस्वीरः अमेरिकी भूगर्भ विभाग
प्राप्त समाचार अनुसार पार्साको रानीगंज दरवार भत्किएको छ भने लमजुङको बाहुन डाँडामा एक घर भत्किएको छ । ताप्लेजुङका थुपै घर भत्किएको छ । संखुवासभामा १६ घर भत्किएको छ यस्तै जिल्ला विकास समिति, प्रहरी र बाणिज्य बैंकको कार्यालय भत्किएको छ भने भत्तपुरमा सात बटा घरमा क्षति पुगेको छ ।
भूकम्पको केन्द्रविन्दु भारतको सिक्किमको सिमा जोडिएको ताप्लेजुङको पूर्वी सिमा रहेको भूगर्भविद पृथ्वी श्रेष्ठले जानकारी दिनुभयो । अमेरिकी भूगर्भ विभागले जारी गरेको तस्वीर अनुसार भूकम्पको केन्द्रविन्दु सिक्किमसँग सिमा जोडिएको ताप्लेजुङ देखाएको छ ।
भूकम्पले राजधानीमा घरहरु हल्लिएको थियो । त्यसपछि सार्वसाधारण अत्तालिंदै घर बाहिर भागाभाग भएको थियो । लामो समयपछि काठमाण्डौंमा भूकम्पको धक्का महसुस गरेकाहरु भूकम्प आएको हो कि हैन यनिक गर्न नसकि झ्यालबाट चियाइरहेका देखिन्थे । भूकम्पको धक्का सहसुस गर्दा संसद भवनमा रहेका सभासदहरुबीच पनि भागाभाग भएको थियो । त्यसक्रममा सभामुखले १५ मिनेट संसद बैठक स्थगित गर्नु भएको थियो ।(via online khabar)


1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।