Pages

May 20, 2010

म्याराडोनाः जादुगर कि पागल

दुई इंग्लिस फुटबलरले च्याम्पियन्स लिगको फाइनलमा वजनदार खेल खेले भने उनीहरूले आफ्नो मुलुकको विश्वकप टोलीमा स्थान बनाउने पक्का हुन्छ । तर, अर्जेन्टिनामा भने त्यस्तो हुँदैन ।

अर्जेन्टिनाका प्रशिक्षक डियगो म्याराडोना 'जादुगर' हुन् कि 'पागल' यसको जवाफ पाउन विश्वकपलाई नै कुर्नैपर्छ । तर, गत साता उनले र्फममा रहेका दुई राम्रा खेलाडी जेभियर जेनटी र इस्टेबान काम्बियासोलाई आफ्नो ३० सदस्यीय टोलीभित्र पारेनन् । म्याराडोनाको सो निर्णयबाट अर्जेन्टिनाभित्र मात्रै होइन संसारभरिका फुटबल समर्थक चकित भए ।

साथै अर्जेन्टिनाको विश्वकप टोलीमा 'फुलब्याक' को आवश्यकता नरहेको उनको टिप्पणीले झन् आश्चर्य थपेको छ । 'पागल π' अर्जेन्टिनामा म्याराडोनाको निर्णय सुन्ने सबैको मुखबाट पहिलो त्यही शब्द निस्कियो । तर, त्यहाँका नागरिक म्याराडोनाको यस्तो निर्णय पचाउन सक्ने भइसके ।

आफूले प्रशिक्षकको भूमिका निभाएको १८ महिनामा म्याराडोनाले एक सय सात खेलाडीलाई प्रयोग गरिसकेका छन् । त्यही अवधिमा सञ्चार जगत्लाई होच्याएको आरोपमा उनलाई फिफाले पनि प्रतिबन्ध लगायो । साथै, अर्जेन्टिनी फुटबल महासंघका अध्यक्ष जुआँ रोमन रिकेल्मीसँगको विवादका कारण उनलाई प्रशिक्षकबाटै हटाउने आवाज पनि सुनिए ।

टोली तयार पार्ने क्रममा ती दुईबीच विवाद भएको हो । इन्टरमिलानका कप्तान तथा अर्जेन्टिनाका लागि सर्वाधिक अन्तर्राष्ट्रिय फुटबल खेल्नेमध्ये एक जेनेटी र काम्बियासो मात्रै नभएर उनले बार्सिलोनाका गाबि्रयल मिलितो तथा रियल म्याडि्रडका फर्नान्डो गागोको सट्टा घरेलु क्लबबाट खेल्ने खेलाडीलाई टोलीमा स्थान दिएका छन् ।

तर, उनले लियोनल मेसीसँग भने त्यस्तो व्यवहार गर्न सकेनन् । युरोपका बुकमेकरहरूले अर्जेन्टिनालाई विश्वकपको दाबेदारमा राखेका छैनन् । बुकमेकरका अनुसार अर्जेन्टिनाले विश्वकप जित्ने सम्भावना १०-१ मात्र छ । विश्वकपमा दाबेदार अर्जेन्टिनाभन्दा अगाडि ब्राजिल, स्पेन तथा इंग्ल्यान्ड छन् ।

यद्यपि, फुटबल पण्डितहरूका अनुसार म्याराडोनाको कार्यशैली र उनले आफ्नो कार्यावधिमा गरेको निर्णयले अर्जेन्टिनाले विश्वकप जित्ने सम्भावना बढाउँदै छ । त्यसको उदाहरण, छनोट चरणमा कमजोर अवस्थामा रहेको अर्जेन्टिनालाई विश्वकपमा स्थान दिलाउनुलाई मान्छन् । उनको कार्यकालमा अर्जेन्टिनी टोलीमा सुधारसमेत आइरहेको छ ।

म्याराडोनाले बागडोर सम्हालेपछिको पहिलो खेलमा बोलिभियाले अर्जेन्टिनालाई ६-१ ले हाराएको थियो । हाई अल्टिच्युडमा भोगेको त्यो पराजयपछि उनले भनेका थिए, 'हरेक गोलसँगै मैले आफ्नो छातीमा चक्कु रोपिएको अनुभव गरेँ ।' तर, त्यसपछि अर्जेन्टिना हरेक खेलमा सुधि्रँदै आयो तैपनि, विश्वकपमा स्थान बनाउन अन्तिम खेलसम्म डटिरह्यो । त्यो अवधिमा हरेक अर्जेन्टिनीले उनलाई खलनयाकसमेत माने । अहिले उनी चार 'सेन्ट्रल ब्याक' लाई मैदानमा ओराल्ने योजना बुन्दै छन्, यसले पनि उनको आलोचना बढ्दो छ । जसले गर्दा, गाबि्रयल हेन्जको अन्तर्राष्ट्रिय फुटबल क्यारियर सेन्ट्रल डिफेन्डरका रूपमा सुरु हुनसक्छ । तर संसारलाई थाहा छ, सर एलेक्स फर्गुसनले म्यानचेस्टर युनाइटेडमा सफल लेफ्ट ब्याक बनाएका छन् ।

म्याराडोनाले चारजना सेन्ट्रल ब्याक किन खेलाउने लागेको भन्ने योजना पनि सार्वजनिक गर्दै छन् । साथै उनी फुटबल पहिलो भूमिका विंगरको रहने दाबी गर्दै त्यहीअनुरूप खेलाडी छनोट गरेको बताउँछन् ।

म्याराडोनाको थुप्रै 'पागलपन' दक्षिण अपि|mकामा पनि हेर्ने पूर्वानुमान गरिसकेका छन्, अर्जेन्टिनी दर्शकले । साथै त्यहाँ म्याराडोनाले बोल्ने संवादको प्रतीक्षामा पनि छन्, फुटबलप्रेमीहरू । तर जे भए पनि उनी प|mेन्ज बेकनबर तथा मारियो जगालोपछि खेलाडी र प्रशिक्षक, दुवै भूमिका विश्वकप चुम्ने सपनालाई यथार्थमा परिणत गराउने हैसियत पनि राख्छन् (source-naya patrika)

No comments: