Pages

May 14, 2010

श्रीमती ओबामाले छानिन् नेपाली डिजाइनरको पहिरन

आकर्षक र फेसनेबल कपडा पहिरनमा अमेरिकी राष्ट्रपति बाराक ओबामाका श्रीमती मिसेल ओबामा यस वर्ष पनि निकै चर्चामा रहिन् । गत वर्ष हृवाइट हाउसमा आयोजित भोजमा कलेजी रङ्गको बाहुला रहित पहिरनमा उपस्थित श्रीमती ओबामा निकै ‘सेक्सी’ देखिएकी थिइन् । आˆनो सेक्सीपनलाई निरन्तरता दिदै यस वर्षको हृवाइट हाउस रात्री भोजमा पनि उनले साइगनमा जन्मेका नेपाली डिजाइनर पर्वल गुरुङद्वारा निर्मित रातो जर्सी पहिरन लगाई उपस्थित भएकी थिइन् । तर मिसेलले पर्वलद्वारा निर्मित पहिरन लगाएको यो पहिलो पटक भने होइन । यसअघि उनले गत मार्चमा एक विशेष समारोहमा पर्वलको सृजनामा आफूलाई प्रस्तुत गरेकी थिइन् ।

मिसेलको यस्तो प्रचारले प्रवलको ब्यापारमा भने उत्साहजनक बृद्धि ल्याउने आशा गरिएको छ । यद्यपी यसै भन्न सकिने अवस्था छैन किनभने डिजाइनर पिन्टोले भर्खरै आˆनो शिकागोस्थित बुटिक बन्द गरेका छन्, जसद्वारा निर्मित विभिन्न डिजाइनका पहिरन मिसेलले सन् २००८ मा राष्ट्रपति चुनाबको दौरानमा धैरै प्रयोग गरेकी थिइन् । गत वर्ष भूतपूर्व राष्ट्रपति जर्ज डब्लु बुससँग हृवाइट हाउसमा भएको अन्तिम भेटमा पिन्टोले बनाएको रातो पहिरनमा उपस्थित मिसेलले अरुको ध्यान आफूतिर खिच्न सफल भएकी थिइन् । त्यस्तै, २००८ मा सम्पन्न डेमोक्रेटिक सम्मेलनका क्रममा उनले लगाएको पूरै शरिर ढाकिने हरियो-निलो पहिरनलाई धेरैले अझै विर्सन सकेका छैनन् । थरीथरीका छोटा र बाहुलारहित ड्रेसमा सार्वजनिक कार्यक्रममा उपस्थित मिसेलले आफूलाई एक फेसनेबल सेलिबि्रटीको रुपमा स्थापित गरिसकेकी छिन् । उनको शारिरिक अङ्ग प्रदर्शन अब कसैको लागि नौलो बन्न छाडेको छ । त्यसैले होला आजभोली समारोहमा उपस्थित विशिष्ट ब्यक्तित्वहरुले मिसेलको सेक्सी अङ्गहरुमा त्यति आखा लगाउदैनन् ।

सिंगापुरमा जन्मेका प्रवल गुरुङले फेशन दुनियाँको आˆनो करियर दिल्लीबाट शुरु गरेका छन् । दिल्लीको नेशनल इन्टिच्युट अफ फेशन टेक्नोलोजीबाट ग्याजुएट गरेका उनले दिल्लीको अलावा लण्डन र मेलवर्नमा पनि फेशन सम्वन्धी काम गरेका छन् । न्युर्योकमा १९९९ मा आएका प्रवल गुरुङले न्युर्योकमा आएर पनि पार्सन स्कुल अफ फेशन डिजाइनिङमा अध्ययन गरे । उनले एनुवल पार्सन फिट डिजाइन कम्पीटीसनमा सर्बोत्कृष्ट डिजाइनरको पुरस्कार पनि हात पारे । त्यसको साथै थुप्रै पुरस्कारहरु जितेका उनी सन् मार्च २०१० मा २०१० ‘सिएफडिए स्वारभस्कि वेमनवेयर एवार्ड’मा नोमेनेसनमा परेका छन् ।

No comments: