Pages

Dec 24, 2009

युवतीसँगै भेटिए तपस्वी

बुद्धको मार्ग अपनाएका भनिएका तपस्वी रामबहादुर बम्जन आइतबार राति एक युवतीसँग अंगमाल गरेर घुम्दै गरेको अवस्थामा राजमार्गमा भेटिएका छन् ।


बरियारपुरमा हालै सम्पन्न विश्व प्रसिद्ध गढीमाई मेलामा चढ्ने बली रोकी दिन्छु भनी विभिन्न संचार माध्ययमा चर्चा पाएका बम्जनलाई इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षकको नेतृत्वमा रहेको रात्री गस्ती टोलीले पुस ५ गते राती साढे नौं बजे पथलैया निजगढ सडक खण्ड अन्तर्गत पर्ने आरसीसी पुल नजिक नाम, वतन नखुलेकी एक युवतीसँग अंगमाल गरेर हिडदै गरेको अवस्थामा भेटेको थियो ।

'बन्दको समयमा राति राजमार्गमा शंकास्पद रुपमा हिडिरहेको देखेर म प्रहरी भ्यान रोकेर उनीहरु नजिक पुगेपछि बम्जन युवतीको पछाडी भयो,' प्रहरी निरीक्षक रवि रावलले कान्तिपुरलाई भने । सोधखोज गर्दा बम्जनले आफू तपस्वी भएको बताएको रावलले सुनाए ।

बम्जनसँगै भेटिएकी युवतीले भने आफू गाडी नचलेका कारण पैदल मात्र हिडेको बताइन् । अहिले तपस्वी बम्जन हल्खोरियास्थित आफ्नो तपस्यास्थलमा रहेको जानकारी पनि रावलले दिए ।

गढीमाईमा बर्षौदेखि चल्दै आएको बली रोक्ने उदघोष गरेका उनी मेलाको तीन दिन अघि नै बेपत्ता थिए

(kantipur bata)

No comments: