Pages

Dec 24, 2009

सिंगापुरलाई नेपालको पानी बेच्ने दाहालको दाबी

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सिंगापुरलाइ नेपालको पानी बेच्न सकिने बताएका छन्। मेलम्चीको पानी काठमाडौं ल्याउन वर्षौसम्म नसकिरहेको बेलामा दाहालले यस्तो कुरा बताएका हुन्। माओवादी समर्थित नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्रथम राष्ट्रिय अधिवेशन उद्घाटनको क्रममा नेपाल विद्युत प्राधिकरणको प्राङ्गणमा दाहालले आफु सिंगापुर भ्रमणमा गएका बेला त्यहाँ मलेसियाबाट पानी ल्याउने कुरा भइरहेको र नेपालको पानी बेच्न सकिने बताए। उनले एक्काइसौं शताब्दी पानीको शताब्दी भएको र नेपालले आफ्नो क्षमताको १ प्रतिशत पानी पनि जलविद्युत विकासमा प्रयोग गर्न नसकेको बताए। एकीकृत माओवादीका स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले प्राधिकरणको चुहावटमा यसको कर्मचारीको ठूलो हात रहेको बताए।
(source-nagarik news)

No comments: