Pages

Mar 24, 2010

ए माधव ! यता सुन

प्रचण्ड फेरि आए भने भन्देऊ माधव— लुब्ध श्वानका मुखमा परेको मासुको चोक्टो माग्न तिमीलाई लाज लाग्दैन ?


माधवकुमार नेपाल,

सरकारमा तिम्रो चरित्र र चर्तिकला हेर्दा तिमी सम्माननीय, माननीय, श्रीमान्, हजुर र तपाईं भनिनलायक रहेनौ । 'थाहा' अभियन्ता रूपचन्द्र विष्ट बाँचिरहेका भए तिनले तिमीलाई 'तँ भाते' भन्थे । तर, त्यत्रो नैतिक शक्ति, साहस र शौर्य मसँग छैन । त्यसैले, तिमीलाई तिम्रो वास्तविक हैसियतभन्दा एक तह माथि राखेर 'तिमी' को भाकामा म तिमीलाई सम्बोधन गर्दै छु ।

माधव, तिमी प्रधानमन्त्रीको कुर्सीमा किर्नोभै टाँस्सिरहेकै छौ । तिम्रो नेतृत्वको मन्त्रिपरिषद् जुवाको खाल, भङ्ज्याहाको झुन्ड वा डकैतीको हिसाब नमिलेका डाँकाहरूको बगालतुल्य भएको छ । बैठकमा तिम्रा मन्त्रीहरू तिम्रै साक्षी-रोहबरमा हात हालाहाल गर्न तम्सिन्छन्, अशिष्ट वचनको वर्षा गर्छन् । तिमी मृतवत् मुद्रामा सुन्छौ र ट्वाँ परेर हेर्छौ । तिम्रो कुनै मन्त्री सिडिओलाई कुट्छ, कुनै मन्त्री कर्मचारीको भान्सेलाई लछार्छ, कुनै मन्त्री अनमिनलाई तथानाम भन्छ, कुनै मन्त्री तिम्रो आज्ञालाई लोप्पा ख्वाउँछ । यथार्थमा कुनै पनि मन्त्री तिमीलाई माखोबराबर गन्दैन । तर, तिमी लाचार छौ, आपना मन्त्रीलाई अदपकाइदामा राख्न सक्दैनौ । निकुञ्जमा लोक्ता बटुल्न गएका दलित नारीहरू सैनिक जवानका हातबाट पक्राउ पर्छन्, बलात्कृत हुन्छन् र गोली ठोकिन्छन् । तिम्रो पार्टीकी खुस्केट महिलामन्त्री गोली चलाउँदै आइलाग्ने महिला सिकारीलाई जवानले जवाफी गोली हान्यो भनी सरासर झुठ बोल्छिन् । तिमी सुन्छौ र चुपचाप बस्छौ । तिम्रै पाटीका अर्का झल्ला मन्त्री भारत-पाक द्वन्द्वका कारण जमिम साह मारिए भनी अनर्गल बकबक गर्छन् । तिमी सुन्छौ र निहुरमुन्टी 'न' हुन्छौ । छाडा मन्त्रीलाई छिसिक्क छोए तिमीलाई आप\mनो कुर्सी हल्लिने डर छ । त्यसैले माधव, कुर्सी जोगाउन प्रत्येक मन्त्रीलाई पञ्चखत माफी दिन तिमी अभिशप्त छौ । गए बरु सृष्टिमा पैरो जाओस् तर कुर्सी नजाओस् । तिम्रो अटल, अथक र अविराम चाहना यही छ । त्यसैले त तिमी माकुने हौ ।

माधव, कठोर तथ्य जे हो, हो त्यो त भनिनै पर्छ । व्यवहार र आचरणको ऐनामा हेर्दा तिम्रो मन्त्रिपरिषद् सत्तालिप्त सन्काहा, गुन्डा, लफंगा र दिमाग खुस्केकाहरूको जम्बोरी हो । र, हो यो उच्छृङ्खलता र अराजकता, लुट र दुराचारको प्रतीक पनि । तिम्रो बेलगाम मन्त्रिपरिषद्को सिको गर्दै चालकहरू सडकहीन सडकमा वाहन गुडाउन थालेका छन्, विद्यार्थीहरू एकाबिहानै डिस्को धाउन थालेका छन्, चिकित्सकहरू आपत्कालीन सेवासमेत बन्द गर्दै छन्, फौजी छाउनीमा जवान मारिँदा छन्, प्रहरी अधिकारीहरू अपराधमा मुछिँदा छन्, को, कुनवेला, कहाँ मारिने हो, केही ठेगान छैन । त्यसैले, आम जनमानसमा तनाब र भय व्याप्त छ । तर माधव, तिमी निश्चिन्त छौ, तिमी मग्नमस्त छौ । मानौँ कुर्सीको नशाले तिमी लठ्ठ छौ, तिमी इन्तु न चिन्तु छौ । सके तिम्रो कुर्सीप्रेमी परिभाषामा यो सार्वत्रिक अराजकता नै लोकतन्त्र, मर्यादा र सुरक्षाको द्योतक हो ।


माधव, सगरमाथाको फेदीबाट पाइला-पाइला गरी प्रकृतिका भयावह शक्तिहरूसित जुध्दै जो चुचुरोमा पुग्छ, उसलाई आरोहणको तीव्र पीडा र असीम आनन्द थाहा हुन्छ । कठोर यत्नबाट प्राप्त गरेको सगरमाथा विजयबाट ऊ मात्तिँदैन, पात्तिँदैन र उसले धरती छाड्दैन । तर, जो बोकिएर चुलीमा पुग्छ, ऊ मात्तिन्छ, पात्तिन्छ र उसले धरती छाड्छ । माधव, तिमी पछिल्लो काँटमा पर्छौ । मदन भण्डारी जीवित छउन्जेल तिमी उनका छायातुल्य कार्यकर्ता मानिन्थ्यौ । राजनीतिक सुझबुझ, कार्यनीतिक कौशल, बौद्धिक सामथ्र्य र वाक्पटुतामा तिम्रो गन्ती कतै थिएन । तिमी पेट्टी टेक्नोक्रयाट टाइपका व्यवस्थापक हौ भनी टाढाबाट मैले सुनेको थिएँ । मदन मारिए र एमालेको महासचिव पद अपुतालीमा तिमीलाई प्राप्त भयो । त्यही पदको भर्‍याङ चढेर तिमी नौमहिने शासनको उपप्रधानमन्त्री बन्यौ । र, तिमीलाई भ्रम भयो— म जे भएँ, आपनै बर्कत-बुताले भएँ । तिमीलाई म सगरमाथाको अन्तिम शिविरमा पुगेँ भन्ने लाग्यो, र तिमीमा सगरमाथाको चुचुरो टेक्दा प्रधानमन्त्री भइन्छ भन्ने उखर्माउलो लालसा जाग्यो ।


माधव, जस-जसले तिमीलाई प्रधानमन्त्री बनाए, तिनले मूल्यप्रणालीको उल्टो कोणबाट तिम्रो योग्यता, क्षमता र कौशलको मूल्यांकन गरी उल्टै प्रयोजनका लागि बनाएका हुनुपर्छ । यो उल्टो कोणबाट तिम्रो पौरखको नापजोख गर्दा भावावेगमा बगेर दिवंगत गिरिजाबाबुका नाउँमा अर्पण गरिएका महामानव, महानायक, शिखरपुरुष, इतिहासपुरुष आदि सबै अलंककार तिम्रो नाउँमा अर्पण गरिदिए हुन्छ । माधव, तिम्रो पौरखको कथा सुन । सजावटी प्रधानमन्त्री मनमोहनमुनि तिम्रो नेतृत्वको नौमहिने शासनमा एमालेलाई सत्ताको स्वाद गज्जपले थाहा भयो । र, नशाले लठि्ठएको एमाले सिद्धान्त र आदर्शलाई पूरापूर तिलाञ्जलि दिएर लम्पट एनजिओ क्लबमा फेरियो । अनि जुनसुकै मूल्यमा पनि सत्तामा जानु र सत्तास्वाद भोग गर्नु यसको अभीष्ट बन्यो । माधव, तिम्रो अगुवाइमा कांग्रेसलाई उछिनेर चन्द बाबुसाहेबको छत्रछायामा चमाले सरकार बन्यो । त्यसपछि त माधव, खान्कीपथमा हदै लचिलो भएको एमालेले तिम्रो कमान्डमा गिरिजाबाबु, सूबथाबाबु, देउवाबाबु सबैका सरकारमा जागिर खायो । आखिरमा खान्कीपथको तुफानी यात्रामा एमालेले तानाशाह ज्ञानेन्द्रको बाँकी आधा त्रुटि सच्याइदिने पुनीत कर्ममा लागिपरेर शाही तबेलामा दाना खायो । स्मरण रहोस् माधव, यो सब पौरख तिम्रै अनुपम कमान्डमा भएको थियो । एमालेलाई तिम्रो यो सारा पौरखको फल चुनावमा उल्टो कोणबाट प्राप्त भयो । माधव, चुनावमा राजा ज्ञानेन्द्रका पाउमा तिमीले दाम राखेको तस्बिर कसैले छ्याप्छ्याप्ती बाँड्यो । र, एमालेलाई उल्टो कोणबाट लटालट लाभ भयो । यो लाभ नेतागणको पराजय र पार्टीको संकुचनमा अभिव्यक्त भयो । माधव, तिमी थियौ र न तिम्रो पार्टीलाई यो लाभ हुन गयो ! अर्को चुनावमा माधव, राज्यकोषमा लामाहात गरेर तिमीले अहिले काखीमुनि बोकेको नोटको भारीको तस्बिर बाँडिएला र तिम्रो पार्टीलाई उल्टो कोणबाट झनै भयंकर लाभ प्राप्त होला ।

भन्दै थिएँ माधव, उल्टो फल प्राप्तिमा तिम्रो योगदानको महागाथा पढेर शान्तिलाई बिथोल्न र संविधान नलेख्न तिमीलाई प्रधानमन्त्री बनाइएकोमा कुनै शंका छैन । प्रधानमन्त्रीको गद्दीमा विराजमान भई दस महिनायता यो दिशामा तिमीले गर्दै आएको योगदानको बयान गर्न सहश्र जिब्रा भएको शेषनागले पनि के सक्दो हो र, माधव ?

सिके लाल भन्छन्— माधवलाई प्रधानमन्त्री बनाउनु गिरिजाबाबुबाट हुनगएको जण्ड त्रुटि हो । आपनो त्रुटि महसुस गरेरै होला, गिरिजाबाबु उच्चस्तरीय संयन्त्रबाट त्रुटि सच्याउने यत्न गर्दै थिए । तर, काम फत्ते गर्न नपाई उनी बितिहाले । माधव, ज्ञानेन्द्रको छत्रछायामा त्रुटि सच्याउने शास्त्रमा तिमीले विषारद् प्राप्त गरेका छौ । लौ न, गिरिजाबाबुको यो त्रुटि सच्याइदेऊ । धत्, यहाँनेर मेरो चिन्तनमा विचलन हुन गएछ । माफ गर माधव, म तिमीलाई मूल्यप्रणालीको सकारात्मक कोणबाट हेर्न पुगेँछु । कृतघ्नता तिम्रो मूल्यप्रणालीको पि्रय आदर्श हो । समन्वयकारी कलामा तिमी निपुण छौ भन्ने भ्रममा परी प्रचण्डले तिमीलाई क्रेनले उचालेर संविधानसभामा भित्र्याएथे । प्रचण्डका निधारमा लात्तले हानेर तिमीले गुनको पैँचो तिर्‍यौ । मूल्यप्रणालीको उल्टो कोणबाट हेर्दा आखिर कुरा ठीकै त हो । त्यही भ्रममा परेर होला, गिरिजाबाबुले तिमीलाई उचालेर प्रधानमन्त्रीको आसनमा राखिदिए । अब आप\mनै तरिकाले गुनको पैँचो तिर्न तिमीले दिवंगत गिरिजाबाबुको छविमा कलंकको अजंगको दाग लगाउने त हौला । जसले, जे जानेको छ र जसलाई, जे मन पर्छ, उसले गर्ने त्यही त हो । कोसिस गर, माधव !

माधव, तिमीले वरण गरेको उल्टो मूल्यप्रणालीको गहन अर्थ नबुझी प्रधानमन्त्री पद माग्न कमरेड प्रचण्ड तिमीकहाँ आएछन् । त्यो सुन्दा म कानसम्म मुख च्यातेर हाँसेँ । ती फेरि आए भने भन्देऊ माधव— लुब्ध श्वानका मुखमा परेको मासुको चोक्टो माग्न तिमीलाई लाज लाग्दैन ? यति भन्दा पनि धाउन छाडेनन् भने माधव, तिनलाई चड्कनचिउरा चखाएर पठाइदेऊ । लुब्ध श्वान भनेको लुब्ध श्वानै हो । बरु ज्यान ज्याला, मुखमा परेको मासुको चोक्टो त्यसले अरूलाई दिँदैन । कि कसो माधव ?

माधव, जुन अनिष्ट प्रयोजनका लागि तिमी प्रधानमन्त्री बनाइएका हौ, त्यसमा तिमी औधी सफल छौ । यसैगरी सफलताका सिँढी चढ्दै जाऊ । गद्दी टिकाउन तिमीलाई बोक्ने घटकहरूलाई राज्यकोषको पैसा बाँड । मन्त्रीहरूलाई घुस ख्वाऊ । आसेपासेलाई भोज प्रदान गर । सडकजाम गर्दै शिलान्यास, उद्घाटन, विमोचन, अभिनन्दन, देवदर्शन र राजशीभोजतर्फ लागिराख । हेलिकप्टरमा सयर गर । र, शान्ति र संविधानको व्यर्थको चाहनामाथि तुषारापात गर्दै जाऊ । माधव, आकाश खसोस्, धर्ती फाटोस्, जगत् कोलाहलमा डुबोस्, जेठ १४ सम्म तिमी गद्दी नछाड । उस्तै परे बरु गद्दीमै प्राणत्याग गर ।

जेठ १४ पछि माधव, तिम्रो मन्त्रिपरिषद्ले थुपारेको आर्थिक भ्रष्टाचार, नैतिक दुराचार, अव्यवस्था, असुरक्षा, अराजकता, भाउवृद्धि र सन्त्रासको फोहोर तिमीलाई बोक्नेहरूले आ-आप\mनो हैसियत र योगदानअनुसार बाँडेर लिनेछन् । खुसीको कुरो माधव, मूल्यप्रणालीको उल्टो कोणबाट मूल्यांकन गरी तिम्रो नाम विश्वकीर्तिमान अंकित हुने गिनिज बुकमा सुवर्ण अक्षरले लेखिनेछ । यो पुनीत कर्ममा हाल गद्दीमा तिमीलाई टिकाएर सत्ताभोग गर्न अखण्ड योगदान गरिरहेका तिम्रा विद्वान् सञ्चारमन्त्रीले पहल गर्नेछन् । तिनको पहललाई म ज्यान दिएर पछ्याउनेछु । र माधव, गिनिजबुक उल्टोबाट पढ्दा विश्वका आजसम्मका प्रधानमन्त्रीमध्ये तिम्रो नाउँ नम्बर एकमा हुनेछ । र, तिम्रो अपूर्व पौरखको कारण नेपालको नामले पनि सोही हैसियत प्राप्त गर्नेछ । माधव, यो कीर्तिमानको गौरव प्राप्त गर्न शान्तिलाई थप धक्का देऊ, संविधान लेखनलाई कुल्च । मूल्यप्रणालीको उल्टो कोणमा तिम्रो नाम सदा अजर-अमर रहनेछ । बल गर, माधव !
-खगेन्द्र संग्रौला

Mar 22, 2010

Nepathya new album MERO DESH songs

1.Aama-Nepathaya Mero Desh

2.mero desh-Nepathaya Mero Desh

3.juna jhain-Nepathaya Mero Desh
download गर्न यहाँ click गर्नुहो

Jan 2, 2010

विन्डोज सेभेन नेपालीमा

नेपाली विन्डोज सेभेनको विकास कार्य अन्तिम चरणमा पुगेको छ। ‘वैशाख महिनामा प्रयोगकर्तामाझ ल्याउनेगरी हामी तयारी गर्दैछौं,' माइक्रोसफ्ट नेपालका प्रमुख एलन वैलोचन तुलाधर भन्छन्। माइक्रोसफ्टले यसअघि बजारमा ल्याएको ओएस भिस्टाको पनि नेपाली संस्करण बनाएको थियो।

विन्डोज सेभेन केही महिनाअगाडि मात्र बजारमा आएको हो। ओएस भिस्टाबाट ठक्कर खाएको माइक्रोसफ्टको विन्डोज सेभेन (अंग्रेजी संस्करण) सोचेभन्दा बढी विश्वबजारमा बिक्री भैरहेको छ। माइक्रोसफ्ट नेपालमार्फत विन्डोज सेभेन १० हजारभन्दा बढी नेपाली कलेज विद्यार्थीले निशुल्क आफ्ना पर्सनल कम्प्युटरमा राखिसकेका छन्। अब यो संख्या २० हजार पुर्‍याउन माइक्रोसफ्ट नेपाल लागेको छ। यसैबाट हौसिएको माइक्रोसफ्टले यसको नेपाली संस्करण नयाँ वर्ष २०६७ को उपहारस्वरुप निशुल्क नेपालीमाझ उपलब्ध गराउने तयारी गरेको छ।



विन्डोज सेभेन (नेपाली संस्करण)

विन्डोज सेभेनको नेपाली र अंग्रेजी संस्करणमा खासै फरक छैन। मात्र भाषा फरक हुनेछ। ओएसमा प्रयोग गरिएका सम्पूर्ण फिचर्स हुबहु छन्। भाषासम्बन्धी फिचर्समा भने केही भिन्नता भेटिन्छ। माइक्रोसफट्को प्रावधान नै यस्तै छ - स्थानीयकरण गर्दा भाषाबाहेक अन्य फिचर्समा फेरबदल गर्न पाइने छैन। अर्थात, अंग्रजी संस्करणमा भन्दा नेपाली संस्करणका उपभोक्ताले बढी सुविधा पाउनेछन्।

अधिकांश प्रयोगकर्ताले विन्डोज एक्सपी ओस प्रयोग गरेका छन्। ज्यादै थोरैकोमा विन्डोज भिस्टा छ। भिस्टाभन्दा एक्सपी पुरानो ओएस भएपनि प्रयोगकर्ता भिस्टामा रहेका प्राविधिक कठिनाइका कारण एक्सपीमा अडिग रहे। यसैकारण माइक्रोसफ्टले भिस्टा ल्याएको तीन वर्ष बित्न नपाउँदै विन्डोज सेभेन ल्याउन बाध्य भयो।

नेपाली विन्डोज सेभेनमा अक्षरको आकार (फन्ट साइज) केही सानो पारिएको छ। साना ल्यापटप, नोट बुक र मोबाइलमा समेत स्क्रिन पूरा अटोस् भनेर अक्षरको आकार घटाइएको हो।

एक्सपी र भिस्टामा समावेश गरिएका सेवालगायत विन्डोज सेभेनमा थुप्रै नयाँ फिचर्स समावेश गरिएको छ। विन्डोज सेभेन बढी सुरक्षा केन्द्रित बनाइएको छ। र, यसको अर्को विशेषता भनेको अघिल्ला ओएसभन्दा यो बढी छिटोछरितो छ। धेरै नयाँ फिचर्स समेटिए पनि यसमा खास ७ वटा फिचर्स छन्, जसले प्रयोगकर्ताको ध्यान बढी खिच्नेछ। माइक्रोसफ्टले यसलाई ‘सेभेन वन्डर्स अफ विन्डोज सेभेन' नाम दिएको छ।

१) बिट लकर

कम्प्युटर वा ल्यापटपको हार्डडिस्क चोरी भए अब डराउनु पर्दैन। हार्डडिस्कमा भएका डाटा कसैले पढ्न सक्ने छैनन्। हार्डडिस्कमा रहेका डाटाको सुरक्षा गर्नेछ ‘बिट लकर' ले।

एक दसकयता बोकेर हिँड्ने प्रविधिको प्रयोग ह्वात्तै बढेको छ। मोबाइल, ल्यापटप, नोटबुक आदि हराउने वा चोरी हुने सम्भावन पनि उत्तिकै। पहिला हार्डडिस्क हराए वा चोरी भए अन्य कम्पयुटरमा राखेर पढ्न सकिन्थ्यो। डाटाको मिसयुज हुने सम्भावन उत्तिकै थियो। तर, विन्डोज सेभेनमा रहेको बिट लकरले कम्प्युटरको हार्डडिस्क लक गर्न सकिनेछ। लक गर्दा राखिएको पासवर्ड नमिलेसम्म हार्डडिस्कमा रहेका डाटा हेर्न सकिने छैन।

बिट लकर सेवा सजह रूपमा प्रयोग गर्न सकिन्छ। विन्डोज सेभेन इन्स्टल गरिसकेपछि ‘नियन्त्रण कक्ष' (कन्ट्रोल प्यानल) मा गएर ‘सुरक्षा' (सेक्युरिटी) आइकन क्लिक गर्नुपर्छ। त्यसपछि ‘बिट लकर' मा डबल क्लिक गरी कुन ड्राइभलाई विट लक गर्ने छनौटगरी ‘ओके' गरेपछि त्यहाँ रहेका डाटा सुरक्षित हुनेछन्। पाँच सय जिबी डाटालाई विट लक गर्न झन्डै सात घन्टा लाग्छ। तर एकपटक विट लक गरेपछि त्यो सदाका लागि हुनेछ।

बिट लकरले हराएको हार्डडिस्कबाट डाटा पुनः उपलब्ध भने गराउँदैन। यसले मात्र अरूले प्रयोग गर्न नसक्ने बनाउँछ। हार्डडिस्क चोरी गर्नेले तीन वर्षसम्म निरन्तर पासवर्ड परीक्षण गर्‍यो भनेचाहिँ हार्डडिस्क खुल्न सक्छ। तर तीन वर्ष निरन्तर पासवर्ड परीक्षण गरेर बस्ने फुर्सद नै कसलाई?

विन्डोज सेभेन सपोर्ट गर्ने मोबाइल प्रयोगकर्ताले समेत यो सुविधा पाउनेछन्। मोबाइल हराएमा एक एसएमएस पठाएको भरमा मोबाइलमा रहेका सम्पूर्ण डाटा मेटाउन सक्नेछन्।

बिट लकर सेवा उपभोग गर्दा अलि बढी नै होसियार रहनुपर्छ। यदि लगातार तीन पटकसम्म पासवर्ड गलत हानिएमा त्यसपछि कम्प्युटर नखुल्ने मात्र होइन हार्डडिस्कमा रहेका सम्पूर्ण डाटा मेटिनेछन्। जसलाई पुनः पाउन असम्भव छ।

२) युजर इन्टरफेस

विन्डोज सेभेनले प्रयोगकर्तालाई कम्प्युटर चलाउन निकै सहज बनाउने देखिन्छ। धेरैजसो कमान्ड एक क्लिकका भरमा उपलब्ध हुने बनाइएको छ। बढी प्रयोग गरिएका कमान्ड टुलबारमै रहनेछन्। टुलबारमा रहेका कमान्डमा माउस राइट क्लिक गरे सम्बन्धित कमान्डमा पछिल्लो समय काम गरिएका फाइल पनि उपलब्ध गराउनेछ।

जस्तो एक्सपी र भिस्टामा माइक्रोसफ्ट वर्ड खोल्न परे माउस तीन-चार पटक क्लिक गरेपछि मात्र सम्भव हुन्थ्यो। विन्डोज सेभेनले यस्ता सुविधा एक क्लिकमा उपलब्ध गराउँछ। कमान्ड खोजेर बस्नुपर्ने झन्झटबाट विन्डोज सेभेनले उपभोक्तालाई मुक्ति दिनेछ।

३) डेस्कटप सर्च

डेस्कटप सर्चलाई पहिलेका ओएसमा भन्दा निकै सशक्त पारिएको छ। सर्चमा गएर कुनै पनि शब्द टाइप गर्न थालेपछि पहिला त टाइप गरिएका अक्षरसँग मिल्नसक्ने शब्द सुझावका रूपमा प्रस्तुत गर्नेछ। शब्द पूरा टाइप गरिसकेपछि इन्टर नहान्दै सम्बन्धित शब्दसँग मेल खाने सम्पूर्ण फाइल देखाउनेछ। यसअघिका ओएसले यति छिटो र सुक्ष्म तरिकाले फाइल खोज्न सक्दैनथे।

४) इन्टरनेट एक्सप्लोरर एट

माइक्रोसफ्टले नयाँ ओएसमा इन्टरनेट एक्सप्लोररलाई उच्च प्राथमिकतासाथ डिजाइन गरेको छ। ‘इन्टरनेट एक्सप्लोरर एट' विन्डोज सेभेनमा समावेश गरिएको नयाँ सुविधा हो। यसमा नयाँ फिचर्स ‘ट्याब' राखिएको छ। सधैं खोलिरहनुपर्ने वेबसाइट ट्याबमा भेटिनेछन्।

इन्टरनेट एक्सप्लोरर एटको विशेषता भनेको यसले सपोर्ट नगर्ने वेबसाइट पनि पुरानै एक्सप्लोररमा गएर खोलिदिन्छ। जसका कारण वेबसाइटको स्वरुप बिग्रन पाउँदैन र आफूलाई चाहिने सूचना पढ्न तथा डाउनलोड गर्न सघाउनेछ। यदि कुनै वेबसाइटलाई इन्टरनेट एक्सप्लोरर एटले सपोर्ट गरेन भने ‘एड बार' को दायाँपट्टी रहेको ‘मिल्दोजुल्दो दृश्य' आइकनमा क्लिक गरेपछि पुरानो शैलीको एक्सप्लोररमा वेबसाइट खुल्नेछ।

यसमा सुरक्षा अनुप्रयोग (सेफ्टी फिचर्स) मजबुत छ। सुरक्षा टुलबारमा रहेको ‘इनप्राइभेट ब्राउजिङ' क्लिक गरी इन्टरनेट चलाए हेरिएका कुराहरू लोकल हार्डडिस्कमा गएर बस्दैन। यो सुविधा पुराना ओएसमा थिएन। ‘फ्यामेली सेफ्टी' (पारिवारिक सुरक्षा) यसमा पाइने अर्को राम्रो फिचर्स हो। यो फिचर्स अन गरिदिए बच्चाले नचाहिने कुरा इन्टरनेटमा हेर्न सक्ने छैनन्। यसका लागि बच्चाको छुट्टै लगइन चाहिन्छ।

इन्टरनेट एक्सप्लोरर एटको अर्को राम्रो पक्ष - यसले खोलिएका वेबसाइटका ठेगानालाई हाइलाइट गरेर देखाउँछ। हाइज्याक गरिएका वेबसाइट हेरिएको छ वा वास्तविक यही हाइलाइट हेर्नेबित्तिकै थाहा पाउन सकिन्छ। कहिलेकाहीँ एउटा वेबठेगाना हान्यो तर अर्कै साइट खुल्छ, जुन सामान्य प्रयोगकर्ताले थाहा पाउन गाह्रो थियो। तर अब यसको समाधान ल्याएको छ नयाँ एक्सप्लोररले।

५) क्यालकुलेटर

३० वर्षपछि माइक्रोसफ्टले क्यालकुलेटरमा फेरबदल गरेको छ। नेपाली विन्डोज सेभेनमा समावेश गरिएको क्यालकुलेटरबाट अब माना, पाथी, धार्नीमा समेत हिसाबकिताब गर्न सकिनेछ। कति मानाको पाथी, कति किलोको धार्नी सबै क्यालकुलेटरले सिकाउनेछ। केजीलाई धार्नी, माना, पाथीमा लैजानसमेत क्यालकुलेटर सक्षम छ। क्यालकुलेटरमा फिट, मिटर, रोपनी, बिगा, हात सबैमा हिसाब गर्न सकिनेछ। वैज्ञानिक र प्रोगामर दुईथरी क्यालकुलेटरलाई मर्ज गरी एउटा बनाइएको हो।

क्यालकुलेटरले पुराना क्यालेन्डर खोज्न नपर्ने पनि बनाएको छ। किनकी क्यालकुलेटरबाटै विक्रम सम्बतलाई इस्वी सम्बतमा लान सकिनेछ। अझ स्पष्ट भन्नुपर्दा एक्सएलका धेरै सुविधा क्यालकुलेटरमा समावेश गरिएको छ।

कति अंकको बीचमा कमा राख्ने हो त्यो क्यालकुलेटरमा आफै मिलाउन सकिनेछ। यसमा क्यालकुलेसन इतिहाससमेत हेर्न सकिन्छ। क्यालकुलेटरमा गरिएका हिसाब मेमोरीमा गएर बस्छ। त्यहीबाट पुराना जोडघटाउ हेर्न सकिनेछ।

६) वाचन पहिचान (स्पिच रिकग्नाइजेसन)

विन्डोज सेभेनको अर्को आकर्षक अनुप्रयोग ‘वाचन पहिचान' हो। विन्डोज सेभेनमा मौखिक आदेशका भरमा कम्प्युटर सञ्चालन गर्न सकिन्छ। बिनाकिबोर्ड र माउस यसमा काम गर्न सकिन्छ। जे बोल्यो त्यो कम्प्युटरले आफै टाइप गर्छ। यति मात्र होइन, यसले ह्रस्वदिर्घसमेत मिलाउन सक्छ। आवाजबाट पाठ (स्पिच टु टेक्स्ट) र पाठबाट आवाज (टेक्स्ट टु स्पिच) दुवै सुविधा यसमा छन्। अर्थात यसले पाठलाई पढेर सुनाउन र आवाजलाई पाठमा लैजान सक्छ।

नेपाली विन्डोज सेभेनको शब्दावलीमा ५८ हजार नेपाली मूल शब्द समावेश गरिएको छ। जसबाट दुई करोड नेपाली शब्द बनेका छन्। जसमध्ये ५ हजारभन्दा बढी त प्राविधिक शब्द नै छन्। गालीगलौज, मानहानी, विभेद जनाउने तीनसय भन्दा बढी शब्द यसमा ब्लक गरिएको छ।

७) मल्टिटच फिचर्स

विन्डोज सेभेन माउस, किबोर्ड, मौखिक आदेशको भरमा मात्र होइन औंलाले छोएर पनि चलाउन सकिन्छ। टच स्क्रिन मोबाइल निर्मातालाई चुनौती दिने गरी वन्डोज सेभेन विकास गरिएको छ। आइफोनमा जस्तै यसमा पनि औंलाले छोएर सबै काम गर्न सकिन्छ। तर, यसका लागि टच स्क्रिन मनिटर हुन अनिवार्य छ।

भिस्टामा सिंगल टच मात्र सम्भव थियो। विन्डोज सेभेनमा मल्टिटच सम्भव छ। विन्डोज सेभेन राखिएको ल्यापटपको स्क्रिनमात्र होइन ‘टच प्याड' बाट पनि मल्टिटच सुविधा प्रयोग गर्न सकिनेछ। स्क्रिनमा औंला चलाएको भरमा तस्बिर सानोठूलो, पाठ टाइप गर्न सकिनेछ।

अन्य महत्त्‍वपूर्ण सुविधा

विन्डोज सेभेनमा अन्य यस्ता सुविधा पनि छन् जुन पहिलाका ओएसमा समावेश गरिएको थिएन। यी सुविधा प्रयोग गर्न पाउँदा साँच्चै नै प्रयोगकर्ता एकछिन चकित पर्नेछन्। ‘पावर सेल' यिनैमध्ये एउटा सुविधा हो। यसमा डस, लिनक्स र म्याकका कमान्ड चलाउन सकिन्छ। माउस र किबोर्डले गर्न नसक्ने कम्प्युटर नियन्त्रण पावर सेलबाट गर्न सकिन्छ। खासगरी यो प्राविधिक प्रयोगकर्ताको लागि बनाइएको हो।

विन्डेज सेभेनभित्र रहेर पुरानो ओएस एक्सपी पनि चलाउन सकिन्छ। यो यसको अर्को विशेषता हो। एक्सपीका प्रयोगकर्ता बढी भएका कारण माइक्रोसफ्टले यसलाई चलाउन मिल्ने गराएको हो। अर्थात नयाँ र पुरानो प्रविधि एकसाथ चलाउन सकिनेछ। ‘विन्डोज एक्सपी मोड' डाउनलोड गरेपछि मात्र विन्डोज सेभेनभित्र रहेर एक्सपी चलाउन सकिनेछ। विन्डोज एक्सपी मोड इन्टरनेटबाट निशुल्क डाउनलोड गर्न पाइन्छ।

‘एरो सेक' अर्को महत्त्‍वपूर्ण सेवा यसमा समावेश गरिएको छ। खोलिएकोमध्ये अगाडिको विन्डोमा गएर माउसको एरो हल्लाउने हो भने पछाडिका सबै विन्डो मिनिमाइज हुन्छन्। माउसको एरो पुनः हल्लाए मिनिमाइज भएका सबै विन्डो खुल्छ।

अर्को महत्त्‍वपूर्ण सुविधा भनेको नेपाली विन्डोज सेभेन राखिएको कम्प्युटरमा यसको अंग्रेजी संस्करण पनि एकसाथ चलाउन सकिनेछ। यो सुविधा पहिलेको ओएसमा थिएन। पहिला नेपालीबाट अंग्रेजी संस्करणमा जानुपरे कम्प्युटर ‘रिबुट' गर्नुपर्थ्यो। विन्डोज सेभेनमा बहुबुट गर्ने सुविधा राखिएको छ। एकसाथ नेपाली र अंग्रेजी संस्करण इन्स्टल गर्न सकिनेछ।

इन्स्टल कसरी गर्ने

विन्डोज सेभेनको नेपाली र अंग्रेजी संस्करण इन्स्टल गर्ने प्रक्रिया, यसको लागि चाहिने आवश्यक न्यूनतम हार्डवेयर सबै एउटै हो। अंग्रेजीजस्तै नेपाली संस्करण पनि ३२ बिट र ६४ बिट कम्प्युटरमा चल्नेछ। यी दुवै कम्प्युटरका लागि भिन्दाभिन्दै ओएस तयार पारिएको छ। तर, सुविधामा भने खासै भिन्नता छैन।

विन्डोज सेभेनको लागि सिपियु एक गिगा हर्ज वा योभन्दा द्रुत गतिको चाहिन्छ। र्‍याम भने ३२ बिट कम्प्युटरमा एक गिगा बाइट्स (जिबी) र ६४ बिट कम्प्युटरमा दुई जिबी हुन जरुरी छ। ग्राफिक्स प्रोसेसिङ युनिट ‘एरो क्यापेबल' छ। भिडियो र्‍याम १२८ मेगाबाइट्स (सेयर्ड) आवश्यक पर्छ। हार्डडिस्क ३२ बिट कम्प्युटरको लागि १६ जिबी र ६४ बिट कम्प्युटरको लागि २० जिबी अनिवार्य छ। अप्टिकल ड्राइभमा डिभिडी वा युएसबीमध्ये एक भए हुन्छ।

विन्डोज सेभेन इन्स्टल गर्ने सोच छ भने पहिला आफ्नो कम्प्युटर तथा ल्यापटपमा माथि उल्लेख गरिएका न्यूनतम हार्डवेयर आवश्यकता मेल खान्छ कि खाँदैन चेक गर्नुपर्छ। यो थाहा पाउन गाह्रो छैन।
१) पहिला कम्प्युटरको ‘स्टार्ट' बटन क्लिक गर्नोस्
२) त्यसपछि ‘माई कम्प्युटर' मा राइट क्लिक गर्नोस्, अनि ‘प्रोपर्टिज' मा
यति गरेपछि ‘सिस्टम प्रोपर्टिज' स्क्रिनमा खुल्छ। त्यहीँ सबै जानकारी राखिएको हन्छ - कम्प्युटरमा कुन ओएस छ, कति जिबी हार्डडिस्क, र्‍याम कति छ, कति बिटको कम्प्युटर आदि। सिस्टम प्रोपर्टिजमा यदि ‘एक्स ६४ एडिसन' देखिएन भने बुझ्नुपर्नेछ कम्प्युटर ३२ बिटमा चलिरहेको छ।

यदि तपार्इंको कम्प्युटरमा एक्सपी र भिस्टामध्ये एक ओएस छ भने बुझ्नुपर्नेछ त्यसमा विन्डोज सेभेन चल्नेछ। सम्भवतः विन्डोज सेभेन ३२ बिट कम्प्युटरमा चल्ने माइक्रोसफ्टको अन्तिम ओएस हुनेछ। धेरै प्रयोगकर्ता एक्सपीमै अडिग रहेका कारण विन्डोज सेभेनलाई ३२ बिट कम्प्युटरमा समेत चल्नेगरी विकास गरिएको हो।

एक्सपी ओएस रहेको कम्प्युटरमा केवल ‘सी' ड्राइभ मात्र फरम्याट गरे हुन्छ। पहिला सी ड्राइभमा रहेका आवश्यक फाइललाई सुरक्षित राख्नुपर्छ। यसको लागि माइक्रोसफ्टको आधिकारिक साइटमा गएर ‘विन्डोज इजी ट्रान्फर' (बेट) टुल डाउनलोड गर्नुपर्छ। यो डाउनलोड गर्नेबित्तिकै सी ड्राइभमा रहेका फाइल ब्याकअप गर्नेछ। अनि सुरु गर्नुपर्छ विन्डोज सेभेन इन्स्टल गर्न। इन्स्टल भैसकेपछि कम्प्युटरमा रहेको बेट टुलमा गएर क्लिक गरेपछि सी ड्राइभका फाइल पुनः प्राप्त गर्न सकिन्छ

(nagarik news bata)

Dec 24, 2009

युवतीसँगै भेटिए तपस्वी

बुद्धको मार्ग अपनाएका भनिएका तपस्वी रामबहादुर बम्जन आइतबार राति एक युवतीसँग अंगमाल गरेर घुम्दै गरेको अवस्थामा राजमार्गमा भेटिएका छन् ।


बरियारपुरमा हालै सम्पन्न विश्व प्रसिद्ध गढीमाई मेलामा चढ्ने बली रोकी दिन्छु भनी विभिन्न संचार माध्ययमा चर्चा पाएका बम्जनलाई इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षकको नेतृत्वमा रहेको रात्री गस्ती टोलीले पुस ५ गते राती साढे नौं बजे पथलैया निजगढ सडक खण्ड अन्तर्गत पर्ने आरसीसी पुल नजिक नाम, वतन नखुलेकी एक युवतीसँग अंगमाल गरेर हिडदै गरेको अवस्थामा भेटेको थियो ।

'बन्दको समयमा राति राजमार्गमा शंकास्पद रुपमा हिडिरहेको देखेर म प्रहरी भ्यान रोकेर उनीहरु नजिक पुगेपछि बम्जन युवतीको पछाडी भयो,' प्रहरी निरीक्षक रवि रावलले कान्तिपुरलाई भने । सोधखोज गर्दा बम्जनले आफू तपस्वी भएको बताएको रावलले सुनाए ।

बम्जनसँगै भेटिएकी युवतीले भने आफू गाडी नचलेका कारण पैदल मात्र हिडेको बताइन् । अहिले तपस्वी बम्जन हल्खोरियास्थित आफ्नो तपस्यास्थलमा रहेको जानकारी पनि रावलले दिए ।

गढीमाईमा बर्षौदेखि चल्दै आएको बली रोक्ने उदघोष गरेका उनी मेलाको तीन दिन अघि नै बेपत्ता थिए

(kantipur bata)

सिंगापुरलाई नेपालको पानी बेच्ने दाहालको दाबी

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सिंगापुरलाइ नेपालको पानी बेच्न सकिने बताएका छन्। मेलम्चीको पानी काठमाडौं ल्याउन वर्षौसम्म नसकिरहेको बेलामा दाहालले यस्तो कुरा बताएका हुन्। माओवादी समर्थित नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्रथम राष्ट्रिय अधिवेशन उद्घाटनको क्रममा नेपाल विद्युत प्राधिकरणको प्राङ्गणमा दाहालले आफु सिंगापुर भ्रमणमा गएका बेला त्यहाँ मलेसियाबाट पानी ल्याउने कुरा भइरहेको र नेपालको पानी बेच्न सकिने बताए। उनले एक्काइसौं शताब्दी पानीको शताब्दी भएको र नेपालले आफ्नो क्षमताको १ प्रतिशत पानी पनि जलविद्युत विकासमा प्रयोग गर्न नसकेको बताए। एकीकृत माओवादीका स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले प्राधिकरणको चुहावटमा यसको कर्मचारीको ठूलो हात रहेको बताए।
(source-nagarik news)

Dec 7, 2009

WORLD CUP 2011 MATCH SCHEDULE

Group Matches

Date
Fri 11.06.10
Match Venue Time Teams
1 Johannesburg -JSC 16:00 hrs South Africa - Mexico
2 Cape Town 20:30 hrs Uruguay - France

Sat 12.06.10
4 Nelson Mandela Ba 13:30 hrs Korea Republic - Greece
3 Johannesburg -JEP 16:00 hrs Argentina - Nigeria
5 Rustenburg 20:30 hrs England - USA

Sun 13.06.10
6 Polokwane 13:30 hrs Algeria - Slovenia
8 Tshwane / Pretoria 16:00 hrs Serbia - Ghana
7 Durban 20:30 hrs Germany - Australia

Mon14.06.10
9 Johannesburg 13:30hrs Netherlands-Denmark
10 Mangaung / BFN 16:00 hrs Japan - Cameroon
11 Cape Town 20:30 hrs Italy - Paraguay



Tue 15.06.10
12 Rustenburg 13:30 hrs New Zealand - Slovakia
13 Nelson Mandela Bay 16:00 hrs Côte d'Ivoire - Portugal
14 Johannesburg - JEP 20:30 hrs Brazil - Korea DPR




Wed 16.06.10
15 Nelspruit 13:30 hrs Honduras - Chile
16 Durban 16:00 hrs Spain - Switzerland
17 Tshwane / Pretoria 20:30 hrs South Africa - Uruguay




Thu 17.06.10
20 Johannesburg - JSC 13:30 hrs Argentina - Korea Republic
19 Mangaung / BFN 16:00 hrs Greece - Nigeria
18 Polokwane 20:30 hrs France - Mexico




Fri 18.06.10
21 Nelson Mandela Bay 13:30 hrs Germany - Serbia
22 Johannesburg - JEP 16:00 hrs Slovenia - USA
23 Cape Town 20:30 hrs England - Algeria




Sat 19.06.10
25 Durban 13:30 hrs Netherlands - Japan
24 Rustenburg 16:00 hrs Ghana - Australia
26 Tshwane / Pretoria 20:30 hrs Cameroon - Denmark




Sun 20.06.10


27 Mangaung / BFN 13:30 hrs Slovakia - Paraguay
28 Nelspruit 16:00 hrs Italy - New Zealand
29 Johannesburg - JSC 20:30 hrs Brazil - Côte d'Ivoire




Mon 21.06.10


30 Cape Town 13:30 hrs Portugal - Korea DPR
31 Nelson Mandela Bay / 16:00 hrs Chile - Switzerland
32 Johannesburg - JEP 20:30 hrs Spain - Honduras


Tue 22.06.10


33 Rustenburg 16:00 hrs Mexico - Uruguay
34 Mangaung / BFN 16:00 hrs France - South Africa
35 Durban 20:30 hrs Nigeria - Korea Republic
36 Polokwane 20:30 hrs Greece - Argentina




Wed 23.06.10


37 Nelson Mandela Bay 16:00 hrs Slovenia - England
38 Tshwane / Pretoria 16:00 hrs USA - Algeria
39 Johannesburg - JSC 20:30 hrs Ghana - Germany
40 Nelspruit 20:30 hrs Australia - Serbia




Thu 24.06.10


41 Johannesburg - JEP 16:00 hrs Slovakia - Italy
42 Polokwane 16:00 hrs Paraguay - New Zealand
43 Rustenburg 20:30 hrs Denmark - Japan
44 Cape Town 20:30 hrs Cameroon - Netherlands




Fri 25.06.10


45 Durban 16:00 hrs Portugal - Brazil
46 Nelspruit 16:00 hrs Korea DPR - Côte d'Ivoire
47 Tshwane / Pretoria 20:30 hrs Chile - Spain
48 Mangaung / BFN 20:30 hrs Switzerland - Honduras


Round of 16
Date Sat 26.06.10
Match Venue Time Teams

49 Nelson Mandela Bay 16:00 hrs 1A - 2B (1)
50 Rustenburg 20:30 hrs 1C - 2D (3)




Sun 27.06.10


51 Mangaung / BFN 16:00 hrs 1D - 2C (4)
52 Johannesburg - JSC 20:30 hrs 1B - 2A (2)




Mon 28.06.10


53 Durban 16:00 hrs 1E - 2F (5)
54 Johannesburg - JEP 20:30 hrs 1G - 2H (7)




Tue 29.06.10


55 Tshwane / Pretoria 16:00 hrs 1F - 2E (6)
56 Cape Town 20:30 hrs 1H - 2G (8)




Quarter-finals
DateFri 02.07.10
Match Venue Time Teams
57 Nelson Mandela Bay 16:00 hrs 5 - 7 (C)
58 Johannesburg - JSC 20:30 hrs 1 - 3 (A)




Sat 03.07.10


59 Cape Town 16:00 hrs 2 - 4 (B)
60 Johannesburg - JEP 20:30 hrs 6 - 8 (D)




Semi-finals
Date
Tue 06.07.10
Match Venue Time Teams
61 Cape Town 20:30 hrs A - C (I)




Wed 07.07.10


62 Durban 20:30 hrs B - D (II)


Play-off for third place

Date
sat 10.07.10

Match Venue Time Teams
63 Nelson Mandela Bay 20:30 hrs Loser I - LoserII


Final
Date
Sun 11.07.10

Match Venue Time Teams
64 Johannesburg - JSC 20:30 hrs WinnerI - Winner II

Nov 17, 2009

ल क्या फसाद मा परेछन तपस्वी

तपस्वी 'धर्म संकट'मा

आफ्नो 'चमत्कार'ले कसैगरी पनि बली रोक्ने बाराका तपस्वी रामबहादुर बम्जनको भनाईलाई बेवास्ता गर्दे गढीमाई मेला समितिले पशुबलीको सम्पूर्ण तयारी पूरा गरेपछि उनी 'धर्म संकट'मा परेका छन्।
'चमत्कारिक' व्यक्तित्वको रुपमा प्रचारित तपस्वीले बली रोक्न नसके उनीमाथि नै प्रश्न उठ्ने सम्भावना बढेको छ। अनुयायीद्वारा शरीरबाट आगो उत्पन्न हुने, छिनमै अलप हुनसक्ने, निराहार योगी तथा अन्य विभिन्न चमत्कारिक व्यक्तित्वको रुपमा प्रचारित तपस्वीलाई कसैगरी पनि बली रोक्नु पर्ने बाध्यता देखिएको छ।
बली रोक्ने आफ्नो अभियान एक्लै असंभव हुने भएपछि तीन साता अघि बम्जनले हलखोरियास्थित तपस्यास्थलमा धार्मिक सम्मेलन गरेर अन्य धर्मगुरुलाई समेत सहयोगका लागि आग्रह गरेका थिए।
ती तमाम आग्रहका बावजुद बली नरोकिने संकेत देखिएकाले उनी आफ्नो अन्तिम प्रयासस्वरुप मंसिर ५ गते गढिमाई मन्दिर जाने भएका छन्।
'उहाँ ५ गते कुनै पनि बेला गढीमाई मेलास्थलमा पुग्नु हुनेछ', मंगलबार बिहान तपस्वीले बोलेको भनाई उद्धृत गर्दे नमोबुद्ध तपोवन समितिका सदस्य राजु साह भन्छन् -'बली रोकेर मात्र उहाँको फिर्ती हुनेछ।'
बली रोक्न तपस्वीले के गर्दे हुनुहुन्छ भन्ने नबताएपनि परी आए 'दैवीशक्ति' प्रयोग गरेर भए पनि बली रोक्ने तपस्वीको दावी उनले सुनाए।
यसअघि गढीमाईका पूजारी, बाराका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारी समेतलाई तपस्यास्थलमै बोलाएर तपस्वीले बली रोक्न अनुरोध गरेका थिए।
आफ्नो कुरा सबैले मान्ने तपस्वीको सोचभन्दा फरक गढीमाईका पुजारी मंगल चौधरीले बली नरोकिने जवाफ दिएपछि तपस्वी र उनका अनुयायीले पटक-पटक पत्रकार सम्मेलन गरेर बली रोक्ने अभियान बढाएका छन्।
यस अभियान अर्न्तगत उनीहरुले हेटौडा , निजगढ, कलैया लगायतका ठाउमा पशुबलीविरुद्ध प्रदर्शन समेत गरे।
गढिमाई मेलामा हुने पशुबली रोक्न गरेको आग्रहलाई कृष्णप्रणामी, वैष्णव, ओमशान्ति लगायतलाई प्रभावित पारे पनि परम्परागत रुपमा बली दिँदै आएका सर्वसाधरणलाई प्रभाव नपार्दा बलीप्रथा नरोकिने निश्चित देखिएको छ। यसबाट साढे ४ वर्षदेखि निराहार तपस्यामा रहँदै आएका भनिएका तपस्वी पहिलो पटक अप्ठेरोमा परेका हुन्।
बाराको हलखोरियामा तपस्वीले बली रोक्न विभिन्न अभियान चलाइरहँदा ३० किलोमिटर दक्षिणमा रहेको गढिमाई मन्दिरमा भने बलीको सम्पूर्ण तयारी पूरा भइसकेको छ। मन्दिर प्राङ्गण नजिकै ३ विघा क्षेत्रफलमा राँगाको सामूहिक बली दिनका लागि वधस्थल निर्माण पूरा भइसकेको मेला समितिले जनाएको छ।
यस वधस्थलम एकैपटक १० हजारभन्दा बढी राँगाको बली दिन सकिने छ। बलीमा मार हार्नेले मेला समितिबाट अनुमति समेत लिन थालेका छन्। सयौँको संख्यामा रहने यस्ता व्यक्तिले आआफ्नो खुँडा तथा तरवारमा धार लगाइसकेका छन्।
नौ गते बिहान मुसा, सुंगुर, परेवा , बोका र राँगाको पंचबली दिएर बलीको विधिवत उद्‍घाटन हुने मन्दिरका मूल पुजारी मंगल चौधरीले बताए।
चौधरी विगतको तुलना यस पटक बढी संख्यामा बली चढ्ने दावी गर्छन्।
कसैगरी पनि बली रोक्ने तपस्वीको दावी र बली नरोकिने पूजारीको अडानले यस क्षेत्रमा द्वन्द्व चर्कन सक्नेतर्फ सर्वसाधारण चिन्तित हुन थालेका छन्। यस्तै स्थितिलाई ध्यानमा राखी सरकारले यस क्षेत्रको सुरक्षाको लागि १ हजार थप सुरक्षाकर्मी परिचालन गर्ने भएको छ।
बलीप्रथाविरुद्ध विगतको तुलना यस पटक प्रभावकारी कदम चालिएको छ', कलैयाका पत्रकार रमेश सुवेदी भन्छन् -' तर यो गढीमाई मेलामा हुने यस पटकको बली रोक्न पर्याप्त भने छैन।'
बलीका लागि यस भेगका अधिकांश सर्वसाधारणले बोका, राँगा, परेवा र हाँसको जोहो गरिसकेका छन्। बजारमा बोका र राँगाको मूल्य आकासिएको छ। उनले भने -' सीमावर्ती भारतीय सहरबाट समेत सयौँको संख्यामा राँगा र बोका भित्रिन थालेको छ।
गढीमाई मेलामा आगामी ९ गते राँगाको र त्यसको भोलिपल्ट बोकाको बली दिने कार्यक्रम रहेको छ।