Pages

May 26, 2010

Scientific Tuesdays - Candle Wax Explosion

Scientific Tuesdays - Cool Magnet Trick

How to unlock any door with Furious from (plz click on Google adds below the post))

Scientific Tuesdays - Easy Colored Fire

Make a Solar Powered Charger

Scientific Tuesdays - Make a Magnet Gun

Amazing Magnet Motor

मैले बुझेको दासढुंगा

मनोज पण्डित


एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभागप्रमुख जीवराज आश्रतिको रहस्यमय जिप दुर्घटनामा आधारित फिल्म दासढुंगाका निर्देशक हुन् पण्डित । पण्डितले फिल्म निर्माणअघि झन्डै नौ महिना यो विषयमा अध्ययन, अनुसन्धान गरेको बताउँछन् । यही आधारमा उनले देखेको दासढुंगा ।चलचित्र 'दासढुंगा’ निर्माणका क्रममा अमित लामाले भनेका कुरा निकै घत लाग्यो मलाई । मदन भण्डारीका ड्राइभर र दासढुंगा-काण्डका सन्देहास्पद पात्र अमर लामाका छोरा हुन् अमित । खाडी मुलुक जानुभन्दा एक दिनअगाडि अमित मलाई भेट्न आएका थिए । र, एकसासमा माथिको आक्रोश पोखेका थिए ।

चितवनको दासढुंगा । १७ वर्ष अगाडिसम्म यो एउटा सामान्य ठाउँको नाम थियो । तर, ०५० जेठ ३ गते एउटा पजेरो नारायणी नदीमा खसेपछि यो ठाउँ एकाएक चर्चित बन्न पुग्यो देश-विदेशमा । पोखराको दीपेन्द्र सभागृहमा कास्की जिल्ला अधिवेशनको उद्घाटन सकेर र्फकंदै थिए- तत्कालीन नेकपा (एमाले) का महासचिव क. मदन भण्डारी र संगठन विभागप्रमुख जीवराज आश्रति । दासढुंगामा उहाँहरू चढेको बा अ च ८७९३ नम्बरको पजेरो नारायणी नदीमा खस्यो । यस 'दुर्घटना’ मा तत्कालीन नेपाली राजनीतिका सबभन्दा प्रभावशाली व्यक्तित्व मदन भण्डारीसहित जीवराज आश्रतिको इहलीला समाप्त भएको थियो ।

यस दुर्घटनालाई विशेष र शंकास्पद बनायो- ड्राइभर अमर लामाको सकुशल जीवित हुनुले । घटनाको पृष्ठभूमि र स्वरुपलाई अध्ययन गर्ने हो भने यो कुनैपनि हालतमा सामान्य लाग्दैन । उसो त यस दुर्घटनालाई बाटोमा हुने सामान्य दुर्घटनाका रुपमा लिनेहरु पनि नभएका होइनन् । उनीहरुको तर्क थियो- 'हरेक घटनालाई शंकाको दृष्टिकोणले हेरियो भने मामुली घटना पनि भयानक प्रतीत हुन सक्छ । दुर्घटना त जहाँ पनि जोसँग पनि हुन सक्छ । नेताहरु चढेको गाडी हुँदैमा र र ड्राइभर बाँच्दैमा यसलाई षड्यन्त्र भनेर किटान गर्न मिल्दैन । सडकमा दुर्घटनामा हुनु सामान्य कुरा हो ।' तर, दासढुंगा दुर्घटनाको यति हलुको विश्लेषण अलोकपि्रय भयो ।

दुर्घटनालाई केलाउँदा केही अनुत्तरित प्रश्न अहिले पनि प्राथमिक भएर आउँछन् । जस्तो,- नेताहरु मात्र दुर्घटनाको सिकार कसरी भए ? ड्राइभर दुर्घटनाबाट कसरी उम्किन सक्यो ?

- भण्डारी र आश्रतिका रगतमा प्रचुर मात्रामा सुँघाउने विषादी कसरी पर्न गयो ?

- गाडी जुन दिशामा बढीरहेको थियो, त्यसको विपरित साइडमा गएर खोलामा खस्नु अस्वाभाविक देखिन्छ । प्राविधिक रुपमा गाडी एकदम ठीकठाक छ । ड्राइभरले मदिरा सेवन गरेर गाडी चलाएको पनि छैन र उसको मानसिक अवस्था पनि सामान्य छ । भने, कसरी दुर्घटना हुन गयो ?

- भण्डारीको शरीर गाडीमा नभेटिएर ३२ कि.मि. तल गुन्जनगरमा भेटियो भने आश्रतिको गाडीमै । टाउको पछाडि चोट लागेको अवस्थामा आश्रतिको शव रहेको थियो । यी सब तथ्यले यो दुर्घटना नभएर षडयन्त्र भएको पुष्टि गर्दैनन् र ?

- गाडीको ढोका लक्ड अवस्थामा हुनु र साँचो ड्राइभरसँग भेटिनुले के जनाउँछ ?

यस्ता थुप्रै प्रश्न छन् जसले दासढुंगा दुर्घटनालाई साधारण दुर्घटना मात्र नभई षडयन्त्रमुलक दुर्घटनाकेा रुपमा वहसमा अगाडि बढाए । तर, नेपाली जनताका शंका आजका मितिसम्मपनि निवारण भएका छैनन् ।

दासढुंगा दुर्घटनाकोे १५ वर्ष पछि त्यसलाई एउटा चलचित्रको रुपमा अभिलेखिकरण गर्ने सोचअनुसार मैले दासढुंगा माथि खोज/अनुसन्ध्ाान सुरु गरेँ जसमा मलाई किरण पौड्यालले सहयोग गर्नुभयो ।

त्यसवेला प्रकाशित समाचारहरुबाट खोजको सुरुवात गरियो । र, त्यसपछि अनुसन्धान आयोगका रिपोर्टहरु खोज्ने काम भयो । तुलाधर आयोग र राणा आयोगका रिपोर्ट त सजिलै पाइयो तर, अनिल आयोग र ओली आयोगको रिपोर्ट भन्ने पाउन सकिएन । तुलाधर आयोगले दुर्घटनालाई निष्कर्षमा 'सुनियोजित षडयन्त्र' भनेको छ तर, तर कसले षडयन्त्र गर्‍यो भन्नेबारे आफ्नो क्षेत्र नपरेको कारण देखाउँदै मौन बसिदिएको छ । उता, राणा आयोगको रिपोर्टले भने कसैले पनि षडयन्त्र गरेको कुनै आधार नदेखिएको र नभेटिएकोले यो एउटा दुर्घटना मात्र हो भनेर निष्कर्ष दिएको छ । त्यस्तै, ओली आयोगले यसलाई षडयन्त्र भनेकेा छ भने अनिल आयोगले साधारण दुर्घटना मात्र भनेको छ । राणा र अनिल आयोग सरकारी तवरबाट स्थापित आयोग थिए भने तुलाधर आयोग नागरिक समाजबाट र ओली आयोग एमालेका तर्फबाट ।

अनिल आयोग दुर्घटनापछि तत्कालै गठन गरिएको थियो र एक महिनापछि नै यसले आफ्नो जाँचबुझ प्रतिवेदन बुझाएको थियो । तर, त्यसलाई एमालेले स्वीकार गरेन र त्यसविरुद्ध धेरै जनतालाई सडकमा उतार्‍यो । तत्कालिन सरकारको दमनमा २९ जनाले सहादत प्राप्त गरेका थिए । त्यो आन्दोलन पछि गएर सम्झौतामा परिणत भएको थियो र सर्वोच्च अदालतका न्यायाधिश त्रिलोकप्रताप राणाको अध्यक्षतामा फेरि एउटा सर्वपक्षीय छानविन आयोग बनाउने निर्णय भयो । २९ जनाको ज्यान गएपछि टुंगिएको आन्दोलन मदन भण्डारी र जीवराज आश्रतिको मृत्युको पूर्ण छानविन हुनुपर्छ भन्नका लागि थियो । तर, आज आएर एउटा प्रश्न उब्जन्छ- दासढुंगामा केवल दुई जना नेताको मात्र अवसान भएको थियो र ? किन हामी ती २९ जना नेपालीको मृत्युको मुल्य सोध्दैनौ ? दास ढुंगामा २ जना हैन ३१ जना नेपालीले ज्यान गुमाएका हुन् । यति धेरै जनताको मृत्युको मुल्यांकन हुन्छ कि हुँदैन ? २०६२/६३ को जनआन्दोलनमा भन्दा बढी मानिसका रगतमा होली खेल्ने शासक र राजनीतिज्ञ अझै राजनीतिको शीर्ष दौडमा छन् । र, हामी केवल ताली बजाइरहेका छौं ।

दासढुंगाको विषयमा यी चार रिपोर्टपछि एउटा नामले उक्त समयमा तहल्का मच्चाएको पाइयो- टि.एन. प्रधान । टि.एन. प्रधानका नाममा प्रकाशित लेखले दासढुंगा-काण्ड पछाडि कस-कसका र के के भुमिका रहेका छन् भन्ने बारे क्रमबद्ध 'खुलासा' गरेर तहल्का मच्चाउन थाले । त्यसपछि टि.एन. प्रधानको पृष्ठभूमिको विषयमा टिका-टिप्पणी हुन थाले । टि.एन. प्रधान भन्ने कोही मानिस छैन, यो एउटा छद्म नाम मात्र हो भन्ने रहस्य खुल्न थाल्यो र कसैले सि.पि. मैनालीलाई यसको मास्टर माइण्ड भनेर चर्चा गर्न थाले । तर, पछि उक्त नाम छापाबाट एक्कासी हरायो । प्रधानका लेखमा एमाले पार्टी भित्रैबाट षडयन्त्र भएको हुन सक्ने र त्यसमा भारतीय स्वार्थ रहेको भन्ने विचारलाई तथ्यसहित प्रस्तुत गरिएको थियो । र, उनका लेखले उक्त समयमा ठूलो हंगामा मचाएको थियो ।

दासढुंगाको अध्ययन गर्ने सिलसिलामा टि.एन. प्रधानलाई छुटाउन सकिँदैनथ्यो । त्यसैले, उनलाई खोज्यौँ । उनी हाम्रो सम्पर्कमा आए । केही दिन उनीसँग संगत गर्ने मौका पाइयो । टि एन प्रधान हाल दयनीय अवस्थामा छन् तर उनको वौद्धिक क्षमता भने प्रसंशायोग्य छ । एमालेका शीर्षस्थ नेताहरुसँगको लामो संगतका कारण उनी नेपाली राजनीतिको सटिक विश्लेषण गर्न सक्दा रहेछन् । उनका कुरा सुन्दा नेपालको राजनीतिमा भारत र अमेरिकाको हस्तक्षेप कुन हदसम्म रहेको छ भन्ने यथेष्ट जानकारी पाउन सकिन्छ । प्रधानको निष्कर्ष थियो- दासढुंगा विदेशीहरुको स्वार्थमा स्वदेशीहरुले घटाएको घटना हो । उनको निष्कर्षलाई धेरै नेपालीले आत्मसात गरेको अवस्था छ तर यसका पछाडि को-को खेलाडी थिए भन्ने विषयमा आजपनि पुरै अन्धकार छ । त्यसैले दासढंुगा नेपाली जनताका लागि सिजोफ्रेनियाजस्तै भएको छ, एउटा यस्तो मानसिक रोग जसको पूर्ण निक्र्योल गर्न असंभव छ ।

हामीले अनुसन्धान क्रममा दासढुंगाको पछाडि दरवारको एउटा शक्तिको हात रहेको भनेर विश्वसनीय विश्लेषण गर्ने पक्ष पनि पायौँ । अझ रोमाञ्चक कुरा के पत्ता लगाएका थियौँ भने नेपाली सेनाको पनि दासढुंगामा भूमिका रहेको थियो । र, धेरै नेता नेपाली सेनाका लागि जासुसी गर्थे ।

तत्कालिन अमेरिकी राजदूत मदन भण्डारीको व्यक्तित्वबाट एकदम त्रसित भएका घटना र उनका उद्घोष पनि हामीले सुन्न पायौँ । त्यस्तै, रुसी महासंघ विघटन पछिका केजिबीका जासुसहरु पनि दासढुंगामा संलग्न हुन सक्ने भन्ने दृष्टिकोण पनि पढ्न पाइयो । हामीले अनुभूत गर्‍यौँ- नेपाल अन्तर्राष्ट्रिय मानचित्रमा एउटा महत्वपूर्ण ट्रान्जिट प्वाइन्ट रहेछ र यसप्रति केहीको ध्यानाकर्षण भएको रहेछ ।

दासढुंगा भन्ने वित्तिकै सबभन्दा महत्वपूर्ण पात्रका रुपमा ड्राइभर अमर लामा देखा पर्छन् । हामीले अमर लामालाई विशेष महत्वका साथ अध्ययनको विषय बनायौँ । उनको पारिवारिक पृष्ठभूमि एकदम सामान्य पाइयो । ८ कक्षासम्म मात्र पढेका उनी मदन भण्डारीको विश्वास-पात्र कसरी हुनपुगे ? उनका व्यक्तित्वका धेरै पक्ष बुझ्दै जाँदा उनी एकदम रहस्यमयी र क्षमतावान व्यक्ति भएको निष्कर्षमा पुगियो ।

जेठ ३को दासढुंगा दुर्घटनापछि अमर लामाले धेरै चोटी कुरा फेरेका छन् । हरेक पटक उनी फरक फरक वक्तव्य राख्थे । घटनालगत्तै दिएको वयान र पछिका वयानमा तथ्यहरु वाझिएका छन् । अझ, दासढुंगा पछि उनका परिवर्तित व्यवहारले अमर लामालाई शंकाको घेरामा उम्किनै नसक्ने गरी पारेको पाइन्छ ।

पछि नेपाली कांग्रेसले उनलाई राजनीतिक संरक्षण दियो । उनी एकपल्ट चुनावका उमेद्वार समेत भएको इतिहास छ । वेलावेलामा तनावमा आएर बोल्ने केही शब्दले उसलाई सधै व्यावहारिक अप्ठेरोमा पारिरहेको थियो भने उनका नजिकका केही व्यक्तिका भनाइअनुसार उनी पछिल्ला चरणमा नेपाल छोडेर विदेश जान चाहन्थे । तर, जान सकिरहेका थिएनन् ।

०६०, भदौ ४ गते अमर लामा आफ्नै पत्रिकाको कार्यालयबाट अपहरित भई कीर्तिपुरमा लगी मारिए । व्यस्त सडकमा उनलाई दौडाइ दौडाइ मारिएको र अपहरणकारी बीचबजारबाट गायव भएको भन्ने यथार्थबाट अमर लामाकेा हत्या विशेष थियो भन्ने पुष्टि हुन्छ । कीर्तिपुर घटनाले दासढुंगालाई अझ बढी षड्यन्त्रमुलक घटनाको परिधिभित्र समेटिदियो । दासढुंगालाई बुझ्न कीर्तिपुरलाई पनि अध्ययन गरिनुपर्छ तर चलचित्र निर्माणको सिलसिलामा हामीसँग एक दिन एक यस्तो व्यक्तिसँग जम्काभेट भयो जोसँग मेरो तथ्यगत विवाद हुँदा उसको रहस्यमयी परिचय खुल्न गयो । अमर लामालाई अपहरण र हत्या गर्ने व्यक्ति उही रहेछ । ऊ अहिले हामी कसैको पनि सम्पर्कमा छैन र उसँग संलग्न अरु दुई पात्र पनि वेपत्ता छन् ।

यस्ता अनेकौ विशेष घटनासँग गुज्रदै हामीले दासढुंगा चलचित्र तयार गर्‍यौँ र चलचित्र विधालाई मर्यादित राख्दै पूर्वाग्रही नबनी तथ्यलाई सृजनशिल ढंगले प्रस्तुत गर्‍यौँ । तर, एउटा प्रश्न भने हामीले चलचित्र मार्फत सबैलाई राखेका छौँ - नेकपा (एमाले) दासढुंगा विषयमा उत्तरदायी र गम्भिर किन भएन ?

मदन भण्डारी जस्ता अद्भूत प्रतिभाशाली नेताको असमायिक निधनले देशले ठूलो क्षति ब्यहोरेको छ भन्ने हाम्रो अध्ययन/अनुसन्धानको निष्कर्ष छ । दासढुंगाको विषयमा विशेषज्ञहरु सम्मिलित एउटा छानविन आयोग गठन गरेर राजनीतिक पूर्वाग्रह र दवावविना काम गर्न दिइयो भने हामी चलचित्र दासढु्गा निर्माणका क्रममा बटुलेका जानकारी तथा तथ्य (जुन चलचित्रमा राख्न सम्भव थिएन) उपलब्ध गराएर सहयोग गर्न तत्पर छौं ।

निर्देशक, चलचित्र दासढुंगा
bp.manoj@gmail.co

May 20, 2010

The best of Just For Laughs Part 1/5

The best of Just For Laughs Part 2/5

the best of just for laughs part 3/5

the best of just for laughs part 4/5

the best of just for laughs part 5/5

म्याराडोनाः जादुगर कि पागल

दुई इंग्लिस फुटबलरले च्याम्पियन्स लिगको फाइनलमा वजनदार खेल खेले भने उनीहरूले आफ्नो मुलुकको विश्वकप टोलीमा स्थान बनाउने पक्का हुन्छ । तर, अर्जेन्टिनामा भने त्यस्तो हुँदैन ।

अर्जेन्टिनाका प्रशिक्षक डियगो म्याराडोना 'जादुगर' हुन् कि 'पागल' यसको जवाफ पाउन विश्वकपलाई नै कुर्नैपर्छ । तर, गत साता उनले र्फममा रहेका दुई राम्रा खेलाडी जेभियर जेनटी र इस्टेबान काम्बियासोलाई आफ्नो ३० सदस्यीय टोलीभित्र पारेनन् । म्याराडोनाको सो निर्णयबाट अर्जेन्टिनाभित्र मात्रै होइन संसारभरिका फुटबल समर्थक चकित भए ।

साथै अर्जेन्टिनाको विश्वकप टोलीमा 'फुलब्याक' को आवश्यकता नरहेको उनको टिप्पणीले झन् आश्चर्य थपेको छ । 'पागल π' अर्जेन्टिनामा म्याराडोनाको निर्णय सुन्ने सबैको मुखबाट पहिलो त्यही शब्द निस्कियो । तर, त्यहाँका नागरिक म्याराडोनाको यस्तो निर्णय पचाउन सक्ने भइसके ।

आफूले प्रशिक्षकको भूमिका निभाएको १८ महिनामा म्याराडोनाले एक सय सात खेलाडीलाई प्रयोग गरिसकेका छन् । त्यही अवधिमा सञ्चार जगत्लाई होच्याएको आरोपमा उनलाई फिफाले पनि प्रतिबन्ध लगायो । साथै, अर्जेन्टिनी फुटबल महासंघका अध्यक्ष जुआँ रोमन रिकेल्मीसँगको विवादका कारण उनलाई प्रशिक्षकबाटै हटाउने आवाज पनि सुनिए ।

टोली तयार पार्ने क्रममा ती दुईबीच विवाद भएको हो । इन्टरमिलानका कप्तान तथा अर्जेन्टिनाका लागि सर्वाधिक अन्तर्राष्ट्रिय फुटबल खेल्नेमध्ये एक जेनेटी र काम्बियासो मात्रै नभएर उनले बार्सिलोनाका गाबि्रयल मिलितो तथा रियल म्याडि्रडका फर्नान्डो गागोको सट्टा घरेलु क्लबबाट खेल्ने खेलाडीलाई टोलीमा स्थान दिएका छन् ।

तर, उनले लियोनल मेसीसँग भने त्यस्तो व्यवहार गर्न सकेनन् । युरोपका बुकमेकरहरूले अर्जेन्टिनालाई विश्वकपको दाबेदारमा राखेका छैनन् । बुकमेकरका अनुसार अर्जेन्टिनाले विश्वकप जित्ने सम्भावना १०-१ मात्र छ । विश्वकपमा दाबेदार अर्जेन्टिनाभन्दा अगाडि ब्राजिल, स्पेन तथा इंग्ल्यान्ड छन् ।

यद्यपि, फुटबल पण्डितहरूका अनुसार म्याराडोनाको कार्यशैली र उनले आफ्नो कार्यावधिमा गरेको निर्णयले अर्जेन्टिनाले विश्वकप जित्ने सम्भावना बढाउँदै छ । त्यसको उदाहरण, छनोट चरणमा कमजोर अवस्थामा रहेको अर्जेन्टिनालाई विश्वकपमा स्थान दिलाउनुलाई मान्छन् । उनको कार्यकालमा अर्जेन्टिनी टोलीमा सुधारसमेत आइरहेको छ ।

म्याराडोनाले बागडोर सम्हालेपछिको पहिलो खेलमा बोलिभियाले अर्जेन्टिनालाई ६-१ ले हाराएको थियो । हाई अल्टिच्युडमा भोगेको त्यो पराजयपछि उनले भनेका थिए, 'हरेक गोलसँगै मैले आफ्नो छातीमा चक्कु रोपिएको अनुभव गरेँ ।' तर, त्यसपछि अर्जेन्टिना हरेक खेलमा सुधि्रँदै आयो तैपनि, विश्वकपमा स्थान बनाउन अन्तिम खेलसम्म डटिरह्यो । त्यो अवधिमा हरेक अर्जेन्टिनीले उनलाई खलनयाकसमेत माने । अहिले उनी चार 'सेन्ट्रल ब्याक' लाई मैदानमा ओराल्ने योजना बुन्दै छन्, यसले पनि उनको आलोचना बढ्दो छ । जसले गर्दा, गाबि्रयल हेन्जको अन्तर्राष्ट्रिय फुटबल क्यारियर सेन्ट्रल डिफेन्डरका रूपमा सुरु हुनसक्छ । तर संसारलाई थाहा छ, सर एलेक्स फर्गुसनले म्यानचेस्टर युनाइटेडमा सफल लेफ्ट ब्याक बनाएका छन् ।

म्याराडोनाले चारजना सेन्ट्रल ब्याक किन खेलाउने लागेको भन्ने योजना पनि सार्वजनिक गर्दै छन् । साथै उनी फुटबल पहिलो भूमिका विंगरको रहने दाबी गर्दै त्यहीअनुरूप खेलाडी छनोट गरेको बताउँछन् ।

म्याराडोनाको थुप्रै 'पागलपन' दक्षिण अपि|mकामा पनि हेर्ने पूर्वानुमान गरिसकेका छन्, अर्जेन्टिनी दर्शकले । साथै त्यहाँ म्याराडोनाले बोल्ने संवादको प्रतीक्षामा पनि छन्, फुटबलप्रेमीहरू । तर जे भए पनि उनी प|mेन्ज बेकनबर तथा मारियो जगालोपछि खेलाडी र प्रशिक्षक, दुवै भूमिका विश्वकप चुम्ने सपनालाई यथार्थमा परिणत गराउने हैसियत पनि राख्छन् (source-naya patrika)

May 14, 2010

श्रीमती ओबामाले छानिन् नेपाली डिजाइनरको पहिरन

आकर्षक र फेसनेबल कपडा पहिरनमा अमेरिकी राष्ट्रपति बाराक ओबामाका श्रीमती मिसेल ओबामा यस वर्ष पनि निकै चर्चामा रहिन् । गत वर्ष हृवाइट हाउसमा आयोजित भोजमा कलेजी रङ्गको बाहुला रहित पहिरनमा उपस्थित श्रीमती ओबामा निकै ‘सेक्सी’ देखिएकी थिइन् । आˆनो सेक्सीपनलाई निरन्तरता दिदै यस वर्षको हृवाइट हाउस रात्री भोजमा पनि उनले साइगनमा जन्मेका नेपाली डिजाइनर पर्वल गुरुङद्वारा निर्मित रातो जर्सी पहिरन लगाई उपस्थित भएकी थिइन् । तर मिसेलले पर्वलद्वारा निर्मित पहिरन लगाएको यो पहिलो पटक भने होइन । यसअघि उनले गत मार्चमा एक विशेष समारोहमा पर्वलको सृजनामा आफूलाई प्रस्तुत गरेकी थिइन् ।

मिसेलको यस्तो प्रचारले प्रवलको ब्यापारमा भने उत्साहजनक बृद्धि ल्याउने आशा गरिएको छ । यद्यपी यसै भन्न सकिने अवस्था छैन किनभने डिजाइनर पिन्टोले भर्खरै आˆनो शिकागोस्थित बुटिक बन्द गरेका छन्, जसद्वारा निर्मित विभिन्न डिजाइनका पहिरन मिसेलले सन् २००८ मा राष्ट्रपति चुनाबको दौरानमा धैरै प्रयोग गरेकी थिइन् । गत वर्ष भूतपूर्व राष्ट्रपति जर्ज डब्लु बुससँग हृवाइट हाउसमा भएको अन्तिम भेटमा पिन्टोले बनाएको रातो पहिरनमा उपस्थित मिसेलले अरुको ध्यान आफूतिर खिच्न सफल भएकी थिइन् । त्यस्तै, २००८ मा सम्पन्न डेमोक्रेटिक सम्मेलनका क्रममा उनले लगाएको पूरै शरिर ढाकिने हरियो-निलो पहिरनलाई धेरैले अझै विर्सन सकेका छैनन् । थरीथरीका छोटा र बाहुलारहित ड्रेसमा सार्वजनिक कार्यक्रममा उपस्थित मिसेलले आफूलाई एक फेसनेबल सेलिबि्रटीको रुपमा स्थापित गरिसकेकी छिन् । उनको शारिरिक अङ्ग प्रदर्शन अब कसैको लागि नौलो बन्न छाडेको छ । त्यसैले होला आजभोली समारोहमा उपस्थित विशिष्ट ब्यक्तित्वहरुले मिसेलको सेक्सी अङ्गहरुमा त्यति आखा लगाउदैनन् ।

सिंगापुरमा जन्मेका प्रवल गुरुङले फेशन दुनियाँको आˆनो करियर दिल्लीबाट शुरु गरेका छन् । दिल्लीको नेशनल इन्टिच्युट अफ फेशन टेक्नोलोजीबाट ग्याजुएट गरेका उनले दिल्लीको अलावा लण्डन र मेलवर्नमा पनि फेशन सम्वन्धी काम गरेका छन् । न्युर्योकमा १९९९ मा आएका प्रवल गुरुङले न्युर्योकमा आएर पनि पार्सन स्कुल अफ फेशन डिजाइनिङमा अध्ययन गरे । उनले एनुवल पार्सन फिट डिजाइन कम्पीटीसनमा सर्बोत्कृष्ट डिजाइनरको पुरस्कार पनि हात पारे । त्यसको साथै थुप्रै पुरस्कारहरु जितेका उनी सन् मार्च २०१० मा २०१० ‘सिएफडिए स्वारभस्कि वेमनवेयर एवार्ड’मा नोमेनेसनमा परेका छन् ।

May 12, 2010

जन्मदिनको केक जस्तो होइन देश

जन्मदिनको केक जस्तो होइन देश
By Salokya, on May 12th, 2010
कलाकार मनोज गजुरेलले नेपालका थुप्रै चर्चित कमेडियनहरुलाई समेटेर एउटा म्युजिक भिडियो तयार पारेका छन्। नेपालका विभिन्न च्यानलमा केही हप्ता अघिदेखि नै प्रसारण हुन थालेको यस सिर्जनाको संगीत संयोजन विनोद थापा,निर्देशन राजेश थापा मगर र रचना तथा स्वर स्वयं मनोज गजुरेलको रहेको छ।

कलाकार गजुरेलले आज (वैशाख २९) आफ्नो जन्मदिनको अवसर पारेर आफ्नो म्युजिक भिडियो माइसंसारमार्फत् ‘अन्तर्राष्ट्रिय रिलिज’ गरेका छन्, तपाइँहरुका लागि।

जन्मदिनको केक जस्तो होइन देश
चट्ट काट्यो बाँडी खायो पहाड मधेश

विश्वकपको मैदान होइन, सार्वभौम देश
दुनियाँ आउने छिर्के लाउने, काला-गोरा फेस

भाइ फुटाइ, राष्ट्र टुटाइ मार्नु हुन्न देस
जनता होइन टुर्नामेन्टको बाघचाल र चेस

भाउजुको दाइजो दाइको अंश होइन देश
(source-mysansar.com)



(to download comment i will give u link)

Avatar (Two-Disc Blu-ray/DVD Combo) [Blu-ray]

May 11, 2010

विस्फोटक ज्वालामुखीमाथि दुइटा नेपाल

खगेन्द्र संग्रौला-
हिटलरी जर्मनीमा गोयबल्स एउटा थियो, हाम्रोमा एक बगाल गोयबल्सको जायजन्म भएको छ । तर, चित्रको सुखद पाटो पनि छ । गोयबल्सहरू आपनो वास्तविक अन्तर्यसहित सतहमा प्रकट भएका छन् । र, उत्पीडन र अज्ञानको क्लेसकारक निद्राबाट ब्युँझेर मनुष्यत्वको खोजीमा निस्केका नागरिकले तिनलाई राम्ररी चिन्ने औसर पाएका छन् ।


वैशाख २४ गते राजधानीमा दुई पृथक् नेपाल देखिए । एउटा नेपाल वसन्तपुर डबलीमा, अर्को नेपाल सडकैभरि । वसन्तपुरको नेपाल बडो उत्सवी मुद्रामा थियो, सडकको नेपालले छातीमुनि भक्भकी उम्लिरहेको ज्वालामुखीको लाभा बोकेको थियो । वसन्तपुरको नेपाल सुकिलो, समृद्ध र हंसमुख थियो, सडकको नेपाल मैलो, अभागवग्रस्त र क्रुद्ध थियो । वसन्तपुरको नेपालले देशमा एउटै मात्र समस्या भएको उद्घोष गर्‍यो । त्यो हो, बन्द र हडताल । सडकको नेपालले देश राजनीतिक, आर्थिक र सामाजिक समस्याले आक्रान्त भएको उद्घोष गर्‍यो र समस्याको गाँठो फुकाउन शान्ति र संविधानको टुंगो लगाऊ भनी राजनीतिक अभिकर्ताहरूलाई गगनभेदी गर्जनका साथ पुकारा गर्‍यो ।

वसन्तपुरको नेपालमा हास्यरसको प्रधानता थियो, सडकको नेपालमा वीररस र रौद्ररस प्रवाहित भएको थियो । मगनमस्त वसन्तपुरको शान्तिमेलामा भद्रभलादमीहरू को-को होलान् भनी जान्न मलाई खसखस लाग्यो । र, काँचको पर्दाको छेवैमा उभिएर मैले गौड गरी नियालेँ । त्यहाँ शेरबहादुर देउवाका काँधमा बन्दुक राखेर शान्तिको सुतीखेती गर्न फौजी संकटकाल लागू गरिँदा र तानाशाह ज्ञानेन्द्रले संकटकाललाई झनै कठोर बनाउँदा हषर्ातिरेकले उत्सवी दीप प्रज्वलन गर्नेहरूको बाहुल्य थियो । त्यहाँ जो थिए, ती धेरैजसोले संविधानसभाको आयोजनविरुद्ध जेहाद छेडेका थिए, शिशुकै स्वरूपमा भए पनि राजतन्त्रको बीउ जोगाइराख्न हत्ते हालेका थिए, धर्मनिरपेक्षताविरुद्ध बज्रमुक्का उजाएका थिए र संघीयता र समावेशीताको हदैसम्म खिल्ली उडाएका थिए । यथास्थिति तिनको पि्रय आदर्श थियो, जसमा तिनलाई लाभ थियो, सुरक्षा थियो र थियो चैन पनि । ती आफूलाई, फगत आफूलाई र मात्र आफूलाई नेपालको अधिपति, भूपति, सम्पत्तिपति र संस्कृतिपति अब्बल नेपाली ठान्थे । त्यसैले तिनका दृष्टिमा पुरानो नेपाल शान्ति, सहिष्णुता र सद्भावले टनाटन भरिएको थियो ।

वसन्तपुरको नेपालका भद्रभलादमी वक्ताहरूले सगौरव आप\mनो चिनारीको खुलासा गरे । म न कुनै दलको न त कुनै पक्षको । म शान्तिवादी, म अहिंसावादी । म स्वतन्त्र, म निष्पक्ष, म कञ्चन, म निष्कलंक । म त फगत नेपालको नेपाली । कठोर यथार्थ के हो भने राजनीतिमा उग्र ध्रुवीकरण छ, भीषण द्वन्द्व छ र द्वन्द्वको आगो दिनप्रतिदिन उर्लंदो छ । तर, स्वतन्त्र र निष्पक्ष एवं दलमुक्त र पक्षमुक्त भलादमीहरूले द्वन्द्वको एक पक्षतिर औँला ठड्याए र अर्को पक्षलाई रक्षाकवच प्रदान गरे । राष्ट्रिय संयुक्त सरकार, शान्ति र संविधानको दाबीको ध्वजा बोकेर जनसागरसहित सडकमा उत्रिएको प्रतिपक्षलाई कटाक्ष गर्दै तिनले 'बन्द' बन्द गर्न आग्रह गरे । तर, सत्ता गठबन्धनलाई देशलाई यथास्थितिको कैदी बनाउने हठ बन्द गर्न तिनले किटानीसाथ बिन्ती चढाउनु आवश्यक ठानेनन् । फगत अमूर्त भाषामा तिमीहरू नजुध, मिल, सहमति गर भने । तैपनि, ती स्वतन्त्र, ती निष्पक्ष, ती कञ्चन, ती निष्कलंक !

स्वतन्त्र, निष्पक्ष, कञ्चन र निष्कलंक नागरिकहरूको मनोरञ्जक शान्तिमेला तुरिनु के थियो, त्यसको चिनारीको गुप्त पाटो प्रकट भइहाल्यो । सडकमा उन्मादी जुलुस निस्क्यो । र, त्यसले आन्दोलनकारी जनगणलाई आतंककारी घोषित गर्‍यो र तिनका माउ नेतालाई फाँसी दिइयोस् भनी आततायी नारा लगायो । नारा लगाउनेहरूमा दुई ठूला शासक दलका चिनिएका युवा थिए । सडकमा सशस्त्र विद्रोह र निःशस्त्र आन्दोलनको कष्टकर यात्रा छिचोलेर आएका गरिब र वञ्चित, दमित र अपहेलित, परित्यक्त र सीमान्तकृत नागरिकको बाहुल्य थियो । ती अकथनीय कष्ट र बलिदानमार्फत आफूले उठाएका परिवतर्नका मुद्दाहरू बीचैमा अलपत्र पर्न लागेका देखेर चिन्तित थिए, सन्तप्त थिए । त्यसैले त ती शासकहरूलाई सुनाउन राजधानी आएका थिए— हेर, यो देशमा हामी पनि छौँ । हाम्रा परिवर्तनका सपना र आकांक्षाहरूमाथि खेलबाड गर्न खोज्ने कसैलाई पनि हामी माफी दिनेछैनौँ । जो हाम्रो भाग्य लेखिने संविधान बनाउने बाटाको तगारो बन्छ, त्यसलाई निर्ममतासाथ लतारेर हामी अघि बढ्नेछौँ ।

बन्द-हडताल सडकबाट पन्छिएको छ । र, अहिले वसन्तपुरको नेपाल हुनुसम्म हषिर्त र पुलकित छ । बडो आत्मगौरवका साथ यो भन्दो छ— हाम्रा ओजस्वी र तेजस्वी वाणीहरूको डरले थुरथुर काम्दै बन्द-हडतालले सडकबाट कुलेलम ठोक्यो । र, यो यसो पनि भन्दो छ— नागरिक प्रतिकारको प्रहारले मूच्छिर्त हुँदै बन्द-हडताल सडकबाट अलप भयो । भद्रलोकको जित भयो, नागरिक प्रतिकारको गौरव स्थापित भयो । अब शान्ति भयो, अब अमनचैन छायो । सडकछापहरू पराजित भए, हामी भद्रजन विजयी भयौँ । दुःखदायी र विनाशकारी बन्द-हडताल सदाका लागि खारेज भयो ! स्मरण रहोस्, कथित नागरिक प्रतिकारको अन्तर्कथा उति सुन्दर छैन । प्रतिकारको अग्रपंक्तिमा दुई ठूला शासक दलका युवा नेता-नेत्री खडा भएका थिए । हिंसाको क्रीडामा कतैकतै त ती दलका विधायकहरूसमेत नग्न भेषमा उत्रिएका थिए । खर्चबर्च सरकारको, प्रेरणा सरकारको, उक्साहट सरकारको, हतियार सरकारको र हिंसाकर्मी जोदाहाहरू पनि सरकारकै । तैपनि, कतिपय महाजनका मिडियामा भनियो— यो बन्द-हडतालबाट आहत नागरिकहरूको स्वस्फूर्त प्रतिकार हो । यो नागरिक तहबाटै बन्द-हडतालको तेजोबध गर्ने ऐतिहासिक कीर्तिमान हो । हिटलरी जर्मनीमा गोयबल्स एउटा थियो, हाम्रोमा एक बगाल गोयबल्सहरूको जायजन्म भएको छ । तर, चित्रको सुखद पाटो पनि छ । गोयबल्सहरू आप\mनो वास्तविक अन्तर्यसहित सतहमा प्रकट भएका छन् । र, उत्पीडन र अज्ञानको क्लेसकारक निद्राबाट ब्युँझेर मनुष्यत्वको खोजीमा निस्केका नागरिकले तिनलाई राम्ररी चिन्ने औसर पाएका छन् ।

आन्दोलन सकियो । आन्दोलनकर्मीहरू घर फर्के । तर, राजनीतिक समस्याको गाँठो भने ज्युँका त्युँ छ । इतिहास यथास्थितिको माखेसाङ्लोमा अड्किएको छ । खाली हात नफर्किने कसम खाएर जागरुक र जुझारु नागरिकहरू भेलसरि उर्लिंदै राजधानी आएका थिए, ती खाली हात घर फर्केका छन् । बालुवाटार दरबार, सिंहदरबार र वसन्तपुरको नेपालबाट ती लाञ्छित भएर, अपमानित भएर, आहत छातीमा सन्ताप र क्षोभको आगो लिएर फर्केका छन् । तिनका छातीमुनि उम्लिरहेको लाभा पनि तीसँगै फर्किएको छ । जो राजधानी आएका थिए, ती कतै विदेशबाट आएका होइनन् । ती अर्को कुनै ग्रहबाट आएका पनि होइनन् । ती राजधानीका सडक-सडकमा आप\mना कुण्ठित सपनाहरूको बिस्कुन लाएर फर्केका छन् । तिनले आपना सुन्दर सपनाहरू बिर्सनेछैनन् । कुनै दिन आप\mना सपनाहरूको बिस्कुन उठाउन ती फेरि त्यसरी नै, सके अझ त्योभन्दा विशाल जनसागर, त्योभन्दा तीव्र आवेग, त्योभन्दा उच्च आक्रोश र त्योभन्दा दृढ संकल्प लिएर आउनेछन् । त्यो जनसागरको उत्ताल प्रवाहमा लतारिँदै को-को, कता पुग्ने हुन्, इतिहासको बाटो छेकेर लतारिने योग्यता पुगेका खलपात्रहरूसमेतलाई थाहापत्तो छैन । जब थाहा हुन्छ, त्यसवेला ढिलो भइसकेको हुनेछ । र, पश्चात्ताप गर्ने समय पनि हुनेछैन ।

शोषक शासकहरूका नजरमा सदैव दोयम दर्जामा पर्ने गरेका राजधानीबाहिरका विपन्न, उपेक्षित र वञ्चित नागरिकहरू बालुवाटार दरबारका टोपीधारी राजाबाट लाञ्छित र अपमानित हुनु कुनै अचम्म होइन । तर, शान्तिमेलाका आयोजनकर्मी उद्यमीहरू पनि तिनबाट लाञ्छित र अपमानित भए । ती लोकलाजले डोरिएर बालुवाटार दरबार पुगे । वसन्तपुरको शान्तिमेलामा द्वन्द्वका दुई पक्षलाई हाराहारी सम्बोधन गर्न चुकेकामा सके तिनलाई किञ्चित ग्लानि, पश्चात्ताप र विषादको अनुभूति भयो होला । र, ढिलै भए पनि आप\mनो नागरिक दायित्व निर्वाह गर्न ती बालुवाटार दरबार पुगे । तिनले दरबारको द्वार टेकेका मात्र के थिए, टोपीधारी साना राजाले तिनको सातो लिए । बरा हाम्रा उद्यमी बन्धुहरू सडकबाट ऊ पन्छियो, राजनीतिक द्वन्द्वलाई निकास दिन हजुर गद्दीबाट ओर्लिस्योस् भनी नम्र निवेदन गर्न बालुवाटार दरबार गएका थिए । ती भीख माग्न गएका थिएनन्, गतिहीन राजनीतिको निकास माग्न गएका थिए । तर, टोपीधारी राजाले तिनलाई निरीह भिखारीलाई भै"m थर्काए । भने— चन्दा दिएर सर्पलाई दूध ख्वाउने तिमीहरू, त्यसलाई पाल्ने र पोस्ने, हौस्याउने र पुस्ट्याउने तिमीहरू, अनि त्यो सडकमा उपि्दा मैले राजीनामा दिनुपर्ने ?

कुरा स्पष्ट छ, टोपीधारी राजाहरू गणतन्त्र र संघीयता, समावेशिता र धर्मनिरपेक्षतासम्बन्धी जनजनका अधुरा सपनाको शैशवकालमै बध गर्न उद्यत छन् । तर, सजिलो छैन । नेपालको सामाजिक मानचित्रभरि मनुष्यत्वको खोजीमा उठेका नागरिकका छातीमा असन्तोष र आक्रोशको लाभा विस्फोटको घडी कुरिबसेको छ । लाग्छ, त्यो घडी आसन्न छ । जब त्यो विस्फोट हुन्छ, सबै कुराको यथोचित फैसला हुनेछ
source-nayapatrika

May 8, 2010

सत्य सहने साहस छ भने


विजयकुमार-
'सत्यको खोजी' हामीजस्ता अधिकांश पत्रकार र नेपाली समाजका कथित विश्लेषकहरूको मूल विषय प्रायः रहेन। विरोधका नाममा असभ्य गालीगलौज अथवा समन्वय/समझदारी गर्ने गराउने आवरणमा सत्यसँग सानो-ठूलो सम्झौता गरेर आ-आफ्नो दालभात उद्योगको निरन्तरता हाम्रो चारित्रिक विशेषता बनेको छ। कुनै-कुनै अगुवा बुद्धिजीवी वा विश्लेषकलाई यो 'दालभात उद्योग' को प्रयोग अन्यायपूर्ण पनि लाग्न सक्दछ, त्यस्ताका निम्ति 'नाम प्रतिष्ठाको धन्दा अहंकारको' शब्दावली प्रयोग गर्न सकिन्छ। यति गर्दा पनि एउटा वास्तविकता परिवर्तन हुँदैन। हामी यस्तो समाजमा बस्छौँ जुन समाजमा सत्य र स्वाभिमानको सानो-ठूलो मूल्य तिरेर भए पनि आ-आफ्नो दालभात वा खोक्रो अहंकार सुरक्षित राख्ने परम्परा छ।


बिपी कोइरालाले उहिल्यै भनेका थिए, 'नेपाल साँचो अर्थमा एउटा राष्ट्र बनिसकेको छैन।' उनले यसो भन्दा वर्षौंसम्म यो देशमा मुर्खहरूले बबाल मच्चाए। सत्य के भने आज पनि साँचो अर्थमा नेपाल एउटा राष्ट्र बनिसकेको छैन। पृथ्वीनारायण शाहले यो देशको भौगोलिक एकीकरणमात्र गरेका हुन्। तर 'भूगोल' मात्रले देश कदापि बन्न सक्दैन। साँचो अर्थको राष्ट्रमा - त्यस्तालाई नेता भनिँदैन जस्तालाई नेपालमा भनिन्छ। उनीहरूलाई मात्र दोष किन दिने? हामी आफू पो कस्ता छौं र? हामीजस्ता 'ग' श्रेणीको राजनीतिक कार्यकर्ताको काम गर्ने तर पगरीचाहिँ पत्रकार, उद्योगी, बुद्धिजीवी, मानवअधिकारवादी, सहजकर्ता आदिको भिर्ने, समाजको गति योभन्दा भिन्न के पो हुन सक्दथ्यो र? के त्यस्तालाई क्रान्तिकारी भन्न सकिन्छ जस्तालाई यहाँ भनिन्छ?

म फेरि दोहोर्‍याएर भन्छु -सत्यको खोजी हाम्रो मूल विषय कहिल्यै रहेन। कतिपय अवस्थामा चाहिँ 'लोभ' होइन 'अज्ञानता र अहंकार' त्यसो हुनाको कारण बनेको छ। भारतका पूर्व विदेश सचिव श्याम शरणले एक पटक मलाई क्याजुअली भनेका थिए- नेपाली पोलिटिक्स अन म्यानी ओकेजन्स इज नथिङ बट अ सम टोटल अफ सम पर्सनल इगोज् (नेपाली राजनीति धेरैजसो अवस्थाहरूमा केही व्यक्तिहरूको अहंकारको समजोडबाहेक केही होइन)। सुनेर म लाजले टाउको लुकाउनेबाहेक केही गर्न सकिनँ। गोलमटोल उत्तर दिएर विषयवस्तुलाई अन्तै मोडेँ।

नेपाल आज जहाँ पुगेको छ, जुन साधनहरूको प्रयोग गरेर पुगेको छ, त्यो एकै दिन एक रातमा एकै छाकमा पुगेको होइन। छ दिन बन्द के भएको थियो आज देशमा सहमति चाइयो, सहमति चाइयो भन्ने चण्डीपाठ चलेको छ। विशेषतः हामी जस्ता सहरियाहरूको चण्डीपाठ। कसरी बसेका होलान् त्यतिका वर्ष हाम्रा ग्रामीण भेगका जनता वर्षौंसम्म चलेको राज्य र माओवादीको अघोषित बन्दका दिनहरूमा? हामीले अब बुझ्ने बेला आइसक्यो सहमतिको चण्डीपाठले हामीलाई भद्र महिला वा सज्जन जस्तो त देखाउला तर जीवनका कठोर यथार्थहरूमा त्यो सुग्रटाइले एउटा नपुसंकको स्वप्न सम्भोगबाहेक केही हुनेछैन।

आज देशमा उद्योगधन्दा, कलकारखाना बन्द छन् भन्दैमा खासै आत्तिहाल्नुपर्ने अवस्था छैन। किनभने देशको सबैभन्दा ठूलो उद्योग पूर्णत चालु अवस्थामा छ। 'राजनीति' नेपालको सबैभन्दा ठूलो उद्योग थियो र अझै छ। यो उद्योग कहिले राणाहरूले चलाए, कहिले शाहहरूले, कहिले तिनका भारदारहरूले, कहिले कांग्रेसी र कहिले एमालेहरूले चलाए।

र, आजभोलि माओवादीले पनि यो उद्योग चलाउँदैछन् भने यसमा ठूलो आश्चर्य र दुःख मान्नुपर्ने कुनै कारण छैन। राजनीतिलाई आ-आफ्नो समूहगत स्वार्थपूर्तिको उद्योगका रूपमा चलाउने ठाउँ नभएको भए विगत ६ दसकमा आधा दर्जन संविधान, कैयौं आन्दोलन र गन्नै नसकिने सरकारहरूको देश, संसारका सबैभन्दा गरिब मानिस बस्ने देशका रूपमा नेपाल स्थापित हुने थिएन।

जीवनमा मैले पत्रकारिताबाहेक केही गरिनँ। आफ्नो विवेक र आत्मसम्मानको आवाजलाई दबाएर टेलिभिजनमा मुहार देखाउने वा कुनै पत्रिकाको सम्पादक बनिरहने रहर मलाई कहिल्यै भएन। पछिल्लो कालमा आफ्नो चढ्दो उमेर, अध्यात्ममा बढ्दो रुचि र राजनीतिज्ञहरूप्रति एक प्रकारको वितृष्णाले गर्दा राजनीतिक पत्रकारिताबाट अलि परै बसेको छु। तर आज बडा दुःखका साथ यो लेख्दैछु - हाम्रो मातृभूमि संसारमा सगरमाथा र गौतम बुद्धको देश भनेर चिनिने अवस्थामात्र अब रहेन। वर्तमान युगमा यसको थप पहिचान बनेको छ - मसिक १ सय डलरका निम्ति मरुभूमिहरूको प्रचण्ड गर्मीमा हाड घोट्न बाध्य मानिसको देश, परिवार पाल्न कोठीहरूमा बेचिन बाध्य विवशहरूको देश, प्रत्येक सानाठूला पार्टीको बन्दमा 'शान्तिपूर्वक बन्धक' बनाइने मानिसहरूको देश। वाहा, क्या थप परिचय पाएको छ हाम्रो देशले! जोसँग बल छैन, लाठी छैन, संगठन छैन, जो वाइसिएल, युथफोर्स, तरुणदल वा हिन्दु परिषद्को रक्षाकवचमा बस्न सक्दैन त्यस्ता नागरिकले पटक-पटक प्रत्येक पाइलामा अपमानित हुनुपरेको छ, त्रसित हुनुपरेको छ।

जुल्पि्ककर अलि भुट्टोको एउटा भनाइ सम्झन्छु - वर्षौंसम्म पाकिस्तानी नेताहरूले पाकिस्तानी जनतालाई अपमानित नगरेको भए विदेशीसमक्ष आज पाकिस्तान राष्ट्रले अपमानित हुनुपर्ने थिएन। जुन राष्ट्रमा प्रत्येक नागरिकले बिना डर-त्रास आत्मसम्मानको जीवन बाँच्न सक्दैन त्यो राष्ट्र कहिल्यै सम्मानित हुन सक्दैन, कहिल्यै उँभो लाग्न सक्दैन।

काठमाडौंका विभिन्न स्थानहरू बिहान १० बजे वा साँझ पाँच बजे एकैछिन उभिएर हेर्नुस् त! हजारौं मानिस टाउको निहुराएर बन्दको उर्दी मानेर लुरुलुरु हिँडिरहेका हुन्छन्। हामीहरू लुरुलुरु हिँड्नको साटो कुनै दिन पा"च मिनेट एकै ठाउ"मा उभिदियौं भने खेलको नक्सा बदलिनेछ। तर खेलको नक्सा बदलिए पनि त्यसले समाधानचाहिँ आउने छैन। किनभने द्वन्द्वभित्र समाधान छैन तर समाधान दादागिरीमा पनि छैन। ज्ञानेन्द्रको दादागिरी नमान्ने समाजले अझ कसैको दादागिरी धेरै समय मान्ला भन्ने भ्रममा नबस्नुमा नै सबैको कल्याण छ। नेपाली जनताले माओवादीलाई सुशासन र परिवर्तनको विश्वासमा मत दिएका थिए न कि आफूमाथि कुनै एकाधिकारवादी दण्डाधिकारवादी नियुक्त गर्न। हारेका मानिसलाई प्रधानमन्त्री र मन्त्री बनाउन पनि जनताले मत दिएका थिएनन्।

'कारोबार' आर्थिक दैनिकले एउटा रोचक तथ्यांक प्रस्तुत गरेको छ। जसअनुुसार अहिले माओवादी आन्दोलनको यातायात, खानापिना, गानाबजानाको खर्च बीसौं करोड रुपैयाँ देखाइएको छ। सत्य हो आज माओवादी प्रदर्शनहरूमा भीड छ। तर कति छ? रत्नपार्क खुल्लामञ्च सबै भरियो भने त्यसमा कति मानिस अटाउने क्षमता छ? वाइड एंगल लेन्सबाट खिचिएका तस्बिर छाड्नुस्, वैज्ञानिक यथार्थमा आउनुस्।

रत्नपार्क खुल्लामञ्च कुनै हावामहल होइन, त्यसको एउटा निश्चित लम्बाइ र चौडाइ छ। त्यस क्षेत्रफलमा कुनै पनि हालतमा ३५ देखि ४० हजारभन्दा बढी मानिस अट्न सक्दैनन्। सहिदगेटदेखि न्युरोडसम्म जुलुस हिँड्यो भन्दैमा त्यो लाखौंलाखको जुलुस हुनै सक्दैन। शब्दमा 'लाखौं लाख' लेख्न चार थान अक्षर भए पुग्छ तर जीवनमा एक लाख संख्या पुर्‍याउन एकको पछाडि पा"च वटा सुन्य चाहिन्छ। जुलुस चाहे माओवादीको होस् वा गिरिजाबाबुको शवयात्राको होस् या शुक्रबार वसन्तपुरमा आएको होस् अब हाम्रो सञ्चार माध्यमहरूलाई 'क्राउड इस्टिमेटि साइन्सको' प्रारम्भिक पाठहरूको नितान्त आवश्यकता भैसकेको छ।

विगतमा आएका र भोलि-पर्सि आउने प्रत्येक शान्तिपूर्ण जुलुसको भावनाप्रति हामीले पूर्ण आदर भाव राख्नुपर्छ। तर यो पनि बिर्सनु हुँदैन कि तीन करोड मानिसको देशमा कति खर्च गरेर कति मानिस सडकमा ओरालियो भने कसले के-के दिँदै जाने हो? भोलिका दिनमा मधेसवादी दलले काठमाडौंमा एक लाख मानिस ओरालिदिए उसले एक मधेस एक प्रदेश पाउने कि नपाउने? विश्व हिन्दु परिषद्ले ४०-५० हजार मानिस दस दिनसम्म सडकमा ओरालिदिए 'हिन्दु राष्ट्र' पाउने कि नपाउने? पूर्वराजा ज्ञानेन्द्रले कति मानिस उतारिदिए राजतन्त्र फिर्ता पाउने?

यी सब वाहियात तर्क हुन्। सत्य के भने नेपालको संविधानसभा र त्यसका सदस्य करोडौं-करोडौं रुपैयाँ खर्च गराएर वर्षौंसम्म जनतालाई फाल्तु कुरा सुनाएर अब पूर्णतः असफल हुने दिनको संघारमा आइसकेका छन्। संविधान बनाउने मूल प्रश्नबाट सोझा जनताको ध्यान अन्तै सार्न कोही सडकमा अनि कोही सिंहदरबारमा भित्र बसेर जनतालाई नौटंकी देखाउँदैछन्। र, हामी सर्वसाधारणचाहिँ टेलिभिजनमा सडक र सिंहदरबारभित्र देखाइएको नाच हेरेर संविधानको मूल प्रश्नबाट जनताका ध्यान हटाउने षडयन्त्रमा जानीनजानी सहभागी हुँदैछौं। यसरी बन्छ संविधान? यसरी आउँछ शान्ति?

आजको दिनमा माओवादी नेपालको सबभन्दा ठूलो दलमात्र होइन, सबभन्दा ठूलो उद्योग पनि हो। यसको आम्दानी, लगानी, खर्च, रोजगारी, परोपकार आदिको बजेट करोडौं होइन अर्ब हुन्छ होला। यसको नाम सुनेरमात्र डराउने सामान्य जन पनि धेरै होलान्। तर यति शक्तिशाली, धनशाली र बलशाली भइकन पनि यो वा अन्य कुनै पनि पार्टी आमजनताभन्दा ठूलो हुन सक्दैन। कहिल्यै सक्दैन। भलै त्यसका कतिपय कार्यकर्तालाई त्यस्तो भ्रम हुन सक्दछ। माओवादी पार्टीको नामले र यसका नेता कार्यकर्ताको आचरणले आममानिसका मनमा त्रास होइन आदर उत्पन्न भएको दिन नेपालको भविष्य बदलिने सम्भावना पनि त्यत्तिकै छ। ऊर्जा छ यो दलमा, त्यसलाई सिर्जनात्मकतामा बदल्ने साहसी निर्णयको खाँचो छ।

हो, माओवादी पार्टीलाई केही विषयमा अन्याय भएको छ। जनताको सबभन्दा धेरै भोट पाएर पनि उसलाई घेराबन्दी गरेर सरकार नेतृत्व गर्ने उसको अग्राधिकारबाट वञ्चित गरिएको छ। म आज पनि ठान्छु, सरकारको नेतृत्वको असली हकदार पुष्पकमल दाहाल 'प्रचण्ड' नै हुनुहुन्छ। 'तपाईंले सरकार छाड्नै हुन्नथ्यो, सरकार छाडेर तपाईंले देशमा समस्या बढाउनुभयो' भन्ने कुरा मैले उहाँलाई पद छाडेको केही महिनापछि निजी भेटमा भनेको थिएँ।
आज फेरि प्रचण्डजीलाई भन्न चाहन्छु - तमाम राष्ट्रिय र अन्तर्राष्ट्रिय चेतावनीका बावजुद, तत्कालीन प्रधानसेनापति कटवाल (जो ३ महिनापछि स्वतः रिटायर हुँदै थिए) लाई हटाउने रिस्की खेलमा तपाईंलाई सुर्‍याउने तपाईंको पार्टीभित्र-बाहिर को-को थिए एकपटक ठन्डा दिमागले सोच्नुहोस् र चिन्नुहोस्।

प्रधानमन्त्री छँदा नेपालभित्र आफूले २८ प्रतिशतमात्र मत लिएर जे गरे पनि हुन्छ र त्यतिमात्र होइन, दक्षिण एसियाको सामरिक नक्सा बदल्ने कोसिस गरे पनि हुन्छ भन्ने सोच सही थियो वा गलत, प्रचण्डजीलाई बढ्ता थाहा होला। पोहोर साल उहाँले पद त्याग गरेपछि डा. तुलसी गिरी भन्नुहुन्थ्यो, 'हेर्नुस् विजयबाबु, अब नेपालको राजनीतिको आगामी केही समय भारत र माओवादीको आपसी सम्बन्धको स्थितिबाट फैसला हुनेछ।' उच्च कुटनीतिक स्रोतहरू बताउँछन् - प्रधानमन्त्रीका रूपमा प्रचण्डजी आफ्नो पुष्पकमल रूप लिएर भारत जाँदै त्यहाँका प्रधानमन्त्री मनमोहन सिंहसँग नेपाली सेना, त्यसमा हुने समायोजन संख्या र शान्तिप्रक्रियाका चरणबारे केही बचनबद्ध भएका थिए।

कुरा के थियो/थिएन, प्रचण्डजी जान्नुस् या मनमोहन सिंह जान्नुहोला। दक्षिण एसियाको राजनीतिका महान विद्वान मेरा प्रोफेसर स्व. लियो रोज भन्नुहुन्थ्यो, 'भारत कुनै ठूलो मन भएको राष्ट्र होइन। उसका स्वार्थहरू मात्र स्थायी हुन्छन्, मित्रहरू होइनन्।' माओवादी नेतृत्व र भारतको सम्बन्ध कहिल्यै पारदर्शी रहेन, आज पनि छैन। फरक-फरक कालखण्डमा नेपाली माओवादी नेताहरूलाई भारतका फरक-फरक एजेन्सीहरूले फरक-फरक स्थानमा फरक-फरक ढंगले 'डिल' गरेका छन्। अहिलेको अवस्थामा माओवादीविरुद्ध तानाबाना बुन्न भनौं या पुराना प्रतिबद्धता सम्झाउन, भारत खुलेआम लागेको देखिन्छ। नेकपा माओवादीको एउटा हिस्सा भारतको यो कामबाट वाक्कदिक्क र क्रोधित भएको छ भने त्यो स्वाभाविकै हो। कमरेड प्रचण्डले यो कुरा राम्ररी बुझ्नुभएको छ कि आजभोलि जुन उल्टो गंगा बग्दैछ त्यसको गंगोत्री कहाँ छ भनेर।

यस अर्थमा 'वार्ता नोकरसँग होइन मालिकसँग गर्छौं' भन्ने कमरेड प्रचण्डको भनाइमा ठूलो दम छ। तर के 'मालिक' का नजरमा कमरेडको मूल्य कुनै अर्को कथित 'नोकर' भन्दा खासै बढी छ त? यो प्रश्नको उत्तर जुल्पि्ककर अलि भुट्टोले दिइसक्नुभएको छ, एकचोटि दोहोर्‍याइदिन्छु - वर्षौंसम्म पाकिस्तानी नेताहरूले पाकिस्तानी जनतालाई अपमानित नगरेको भए आज विदेशीसामु पाकिस्तान राष्ट्रले अपमानित हुनुपर्ने थिएन। जुन राष्ट्रमा प्रत्येक नागरिक बिनाडर-त्रास, आत्मसम्मानको जीवन बा"च्न सक्दैन, त्यो राष्ट्र कहिल्यै सम्मानित हुन सक्दैन, उँभो लाग्न सक्दैन।'

कति आश लिएर नेपाली जनताले जेठ १४ को प्रतीक्षा गरेका थिए। नयाँ संविधानको सुनौलो बिहानी ल्याउने दिन भनेर। अब जनतालाई डर लाग्न थालेको छ कतै त्यो दिनले गृहयुद्ध त ल्याउने होइन कि भनेर! त्यो भयानक सम्भावनालाई कम गर्ने क्षमता भने अहिले पनि पुष्पकमल दाहाल 'प्रचण्ड' मा नै छ। त्यसका लागि नयाँ कुरा केही दिनुपर्ने छैन, सिर्फ १२ बुँदे समझदारीका बेला गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेछ। माओवादीलाई सिभिलियन पार्टीका रूपमा रूपान्तरण गर्नुपर्नेछ। यसपटक यो प्रतिबद्धता उधारो होइन, नगदीमा गर्नुपर्नेछ।

तत्पश्चात सरकारको मात्र होइन देशकै नेतृत्व नेकपा माओवादीले गर्दा पनि सबै नेपाली खुसी नै हुनेछन्। माओवादी बीसौं लाख भोट पाएको पार्टी हो, भोलिका दिनमा अझ धेरै मत पाउने क्षमता राख्दछ। यस्तो पार्टीले आफ्नो क्षमता र सम्भावना प्रमाणित गर्न करोडौं रुपैयाँ जबर्जस्ती उठाएर हजारौं मानिसलाई दसौं दिनसम्म सडकमा प्रदर्शित गरिराख्न पर्दैन। माओवादीले विगतका कठिन वर्षमा आफ्नो सौर्यले नेपाली जनताको चेतना अघि बढाउन, सदियौंदेखि शोषित निमुखा जनतालाई आवाज दिन ऐतिहासिक र महान योगदानहरू पनि गरेको छ। प्रदीप गिरीका शब्दमा भन्ने हो भने 'माओवादीले नेपाली समाजमा अभूतपूर्व राप र ताप उत्पन्न गरेको छ तर प्रकाश उत्पन्न गर्न सकेको छैन।'

अब बेला आएको छ प्रचण्डजी अघि बढ्नुहोस् राप र तापमात्र होइन नेपालमा प्रकाश पनि उत्पन्न गर्नुहोस्। त्यस कार्यमा चाहिँ हामीजस्ता असंख्य सर्वसाधारण पनि तपाईंसँग काँधमा काँध मिलाएर हिँड्न हमेसा तयार हुनेछौं।
source-nagarik