Pages

Sep 29, 2009

dr.pilot

dr.pilot को album सरकारी जागिर को गीत हरु डाउनलोअद गर्नुहोस्

track1

track2

track3

track4

track5

track6

track7

Sep 28, 2009

ज्याक्सनको नयाँ गीत आउने

पप सुपरस्टार माइकल ज्याक्सनको भौतिक शरीर अब यस स‍ंसारमा नरहे पनि उनको नयाँ गीतले फेरि नम्बर वन स्थान पाउन सक्छ। उनको एउटा पुरानो गीत केही दिनमा नै रिलिज हुँदैछ। पहिले नसुनिएको यो गीतमा ज्याक्सनका भाइहरुले पनि साथ दिएका छन्।
सोनी कम्पनीका अनुसार अक्टोबर १२ मा यो गीत रिलिज हुनेछ। नयाँ एल्बमको नाम दिस इज इट राखिएको छ। यही नामको फिल्म अक्टोबर २८ मा रिलिज हुदैछ।
सोनीले दुई वटा एल्बम निकाल्दैछ। पहिलोमा ज्याक्सनका पुराना हिट गीतहरुको संगालो रहनेछ। यसमा नयाँ गीतका दुई वटा संस्करण पनि हुनेछन्। त्यसैगरी पहिले रिलिज नगरिएका क्लासिक ट्र्याकहरु दोस्रो एल्बममा राखिनेछ। यसमा पहिले नसुनिएको प्लानेट अर्थ शीर्षकको एउटा कविता पनि राखिनेछ।
एल्बमका साथमा गत जुनमा मृत्यु हुनुअघि ज्याक्सनले आफ्नो कन्सर्टका लागि रिहर्सल गरिरहेका एक्सक्लुसिभ फोटोहरुको पुस्तिका पनि राखिनेछ। (nagarik news bata)

Sep 23, 2009

'नेपाली अष्ट्रेलियाको सामुदायिक भाषा हुनसक्छ'

अष्ट्रेलियन माइग्रेसन तथा सेक्रेटरी लवरी फरगुसनले जनसंख्या र बसोवास मापदण्डको आधारमा नेपाली भाषालाई पनि अष्ट्रेलियन सामुदायिक भाषा सरह मान्यता दिन सकिने बताएका छन्। मानवअधिकार तथा लोकतान्त्रिक नेपाली मञ्च अष्ट्रेलिया (न्यूरेडिप) को दोस्रो अधिवेसनमा आयोजित कार्यक्रममा फरगुसन उक्त जानकारी दिएका हुन्। उनले नेपाली समुदायलाई प्रोपागण्डाको आधारमा नभई आफनो एकिन संख्या आधिकारिक रुपमा प्रकाशमा ल्याउन पनि सुझाउ दिए।
कार्यक्रमका प्रमुख अतिथि युवा नेता तथा सभासद् गगन थापाले राजनितिक दलहरु बीच सहकार्य र सहमति विना नेपालमा नया"संविधान बन्न नसक्ने औल्याउदैं नेपालमा एउटा पार्टीको जय र अर्काको पराजय कहिल्यै नहुने मार्ग आपनाए पनि राजनितिक दलहरुबीच एकता कायम हुन नसक्दा सबै युवाहरुमा वितृष्णा जागेको बताए। संविधान बन्न अब ९ महिनामात्र बाँकी छ, तपाई गैरआवासीय नागरिकहरुले पनि राजनीतिक दलहरुलाई झकझकाउने बेला यहि हो'- संविधान सभाको मैलिक अधिकार समितिका सदस्य समेत रहेका थापाले भने" संविधानमा ६५ वटा मौलिक अधिकार समेटिन लागेको बताउँदै गैर आवासीय नागरिकलाई दोहोरो नागरिकता दिने सम्बन्धमा तयारी भैसकेको तर त्यस्तो नागरिकले नेपालमा अरु नेपाली सरह अधिकार पाए पनि भोट दिन र चुनावमा उठ्न भने नपाउने सर्त रहेको खुलासा गरे।
राजनितिक दलका नेताहरु आफ्नो पार्टीगत र व्यक्तिगत स्वार्थ भन्दा पनि आफू भित्रको मूल्य मान्त्यता ठुलो कुरा रहेको बताउदै भने -संसारकै सस्तो श्रम दुवै, कतार मलेसिया तिर गइरहेको छ। त्यसको सदुपयोग गर्न हामी सकेका छैनौं।
निकै भावपूर्ण शैलीमा खरो भाषण गरेका थापाले शीर्ष नेताहरुलाई देशको चिन्ता भन्दा पनि आफनो चुनाव क्षेत्र गुम्छ कि भन्ने चिन्ता बढी भएको प्रसंग उल्लेख गर्दै भने- नयाँ संविधान बनेपछि मलाई राजनीतिबाट विदा लिनुपर्छ भनेर कसैले भन्छ भने म राजी छु। म मेरो बाख्रा पालन र कुरिलो खेतीतर्फ लाग्न सक्छु भन्दा सबै सिड्नीवासी नेपालीहरु आश्चार्य माने। उनले केही वर्ष अगाडि नुवाकोटको उजाड पाटोमा कुरिलो खेति र बाख्रा पालन सुरु गरेका खुलाषा गर्दै भने- म केही वर्ष पछि म मेरो व्यवसायबाट एउटा सफल उद्योगपति बन्नेमा म निश्चिन्त छु। देश विकासका लागि राजनीतिक नेताहरुमा केही त्याग हुनुपर्ने उनको ठम्याई थियो।कार्यक्रममा अष्ट्रेलिया स्थित नेपाली राजदूत योगेन्द्र ढकालले एउटा मात्र भाषाको एकाधिर अन्त्य हुनुपर्ने बताउदैं आगामी वर्ष नेपाल र अष्ट्रेलिया बीच दौत्य सम्बन्ध गाँसेको ५०औं वर्षको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्न लागेको बताए। भने-नेपाल सम्बन्धी पैरवी गर्ने उपयुक्त समय यही हो, यस अवसरका नेपाल र अष्ट्रेलिया अंकित झण्डाको हुलाक टिकट पनि ल्याउने तयारी हुँदैछ।
कार्यक्रममा के नेपाल असफल राष्ट्र हो त भन्ने विषयमा डा. होम मूर्ति पन्तले कार्यपत्र प्रस्तुत गरे। कार्यक्रममा मातृभाषा जन्मसिद्ध अधिकार विषयमा होम पाण्डेले कार्यपत्र प्रस्तुत गरे। कार्यपत्र माथि डा. कृष्ण हमालले टिप्पणी गरेका थिए। उक्त कार्यक्रममा एसियन गोभरमेन्सका सामूदायिक जनसम्पर्क अधिकृत मार्क ल्याकले नेपाली भाषा विकासमा आफ्नो सहयोग रहने बताए। सो कार्यक्रममा गोर्खा नेप्लीज कम्युनिटीका अध्यक्ष डा. नारायण प्रधान ,नेप्लीज अष्ट्रेलियन एसोसियनकी अध्यक्ष इन्द्रा वन,आदिवासी जनजातिका अध्यक्ष गणेश तामाङ, एनआरएन अष्ट्रेलियाका अध्यक्ष ध्रुव सुवेदी, लोकतान्त्रिक नेपाली मञ्चका अध्यक्ष हरि लामिछाने, नेपाल अष्ट्रेलिया डेमोक्रेटिक फोरमका अध्यक्ष डिल्ली ढकाल, जनप्रगतिशिल मञ्चका अध्यक्ष हिमलाल गैरे,समाजसेवी तथा न्यूरेडिपका सल्लाहकार भवानी ओली, एनएसडब्लुका जनरल काउन्सीलर दिपक खड्का, महिला अधिकारवादी इन्दु गौतम लगायतले मन्तव्य राखेका थिए।
"भाषा माथिको अधिकार जन्मसिद्ध मानव अधिकार" नाराका साथ सम्पन्न सो अधिवेसनले सर्वसम्मतबाट रमेश पाण्डेलाई अध्यक्षमा चयन गरेको छ। त्यस्तै उपाध्यक्षमा चित्र लिम्बु, महासचिवमा होमनाथ पाण्डे, सचिवमा दिनेश पहाडी, कोषाध्यक्षमा शुधाम्सु शाह, सदस्यहरुमा चर्तुभुज खरेल, सन्तोष लामा, उत्तम निरौला, उषा नेपाल, अनिता अधिकारी आले, चयन भएका छन्। मञ्चका अध्यक्ष तथा सो कार्यक्रमका सभापति रमेश पाण्डेले उपस्थित सबै अतिथि तथा सहभागीहरुलाई धन्यवाद दिएका थिए।(nagariknews bata)

अमेरिका लैजान धमलाको मुद्दा फिर्ता

सरकारले मुद्दा फिर्ता लिएपछि पत्रकार ऋषि धमला प्रधानमन्त्री माधवकुमार नेपालसँगै अमेरिका उडेका छन् । सरकार हातहतियार तथा खरखजनाको अभियोगमा धमलाविरुद्ध अदालतमा मुद्दा लडिरहेको थियो ।
रणवीर सेनामा संलग्न रहेर एक व्यापारीसँग पैसा असुलीको प्रयास गरेको र उपत्यकामा भएको विस्फोटका घटनामा संलग्न रहेको अभियोगमा २१ माघ ०६५ मा धमला पक्राउ परेका थिए । अदालतले धमलालाई तारेखका छाडे पनि उनीसँगै पक्राउ परेका पत्रकार रामशुभक महतो र वीरेन्द्र केएमलाई भने थुनिराखेको थियो । सरकारले आइतबार तीनैजनाविरुद्धको अभियोग फिर्ता लिएको छ ।
स्रोतका अनुसार परराष्ट्रमन्त्री सुजाताले धमलाको मुद्दा फिर्ता लिन दुई महिनाअघि नै मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेकी थिइन् । तर, गृहमन्त्री भीम रावलका कारण सो प्रस्ताव स्थगित भएको थियो । तर, राष्ट्रसंघको महासभामा अमेरिका जाने प्रधानमन्त्रीको टोलीमा रिपोर्टर्स क्लबका अध्यक्षसमेत रहेका धमला पनि परेपछि मुद्दाको विषय फेरि उठेको थियो ।
स्रोतका अनुसार सरकारले प्रधानमन्त्रीको अमेरिका भ्रमण टोलीमा ऋषि धमलालाई राखे पनि अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । आतंकवादी संगठनमा संलग्न रहेको भनेर हातहतियार तथा खरखजनाको मुद्दा लगाउने सरकारले नै धमलालाई प्रधानमन्त्रीसँगै अमेरिका लग्न थालेपछि अमेरिकी दूतावासले आपत्ति जनाएको थियो ।
भिसा अस्वीकार भएपछि परराष्ट्रमन्त्री सुजाता कोइरालाले धमलाविरुद्धको मुद्दा फिर्ता लिन गृहमन्त्री रावललाई दबाब दिएकी थिइन् । गृहमन्त्रीले भने अदालतमा विचाराधीन मुद्दामा हस्तक्षेप नगर्ने अडान लिएका थिए । तर, परराष्ट्रमन्त्री सुजाताले दबाब दिएपछि प्रधानमन्त्री नेपालले धमलाको मुद्दा फिर्ता लिन गृहमन्त्रीलाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्री अमेरिका उड्नुअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रावलले धमलाविरुद्धको मुद्दा फिर्ता लिन प्रस्ताव राखेका थिए । तर, मधेसी मन्त्रीहरूले धमलाको मुद्दा फिर्ता लिने भए दुईजना मधेसी पत्रकारलाई पनि थुनिराख्न पाइन्न भनेर अडान लिएका थिए । मधेसी मन्त्रीहरूको अडानका कारण धमलासहित रामशुभक र वीरेन्द्रको मुद्दा पनि सरकारले फिर्ता लिएको छ ।
सरकारले मुद्दा फिर्ता लिए पनि अदालती औपचारिकता पूरा नभएसम्म रामशुभक र वीरेन्द्र डिल्लीबजार कारागारमै रहनेछन् । तर, धमला भने सरकारको सिफारिसमा आइतबार नै भिसा बुझेर अमेरिका उडेका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले धमलासहित तीन पत्रकारको नाममा रहेको मुद्दासमेत फिर्ता लिने निर्णय गरे पनि रणवीर सेनाको सैन्य इन्चार्ज भनिएका मनोज महतोको मुद्दा भने फिर्ता भएको छैन । मनोज पनि दुईजना मधेसी पत्रकारसँगै पक्राउ परेका थिए ।
उपत्यकामा शृंखलाबद्ध बम विस्फोट गराउँदै आएको रणवीर सेनामा संलग्न रहेको आरोपमा रिपोर्टर्स क्लबका अध्यक्ष धमला पक्राउ परेका थिए । बम विस्फोट, हतियारको कारोबार र फिरौती संकलनको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गत वर्ष २१ माघमा उनलाई पुतलीसडकस्थित रिपोर्टर्स क्लबबाट साँझ ६
:३० बजे पक्राउ गरी हनुमानढोका पुर्‍याएको थियो । प्रहरीले त्यसअघि १९ माघमा पक्राउ गरेका रामशुभक र मनोजको जानकारीको आधारमा क्लबका सुनसरी शाखा अध्यक्ष वीरेन्द्र केएमलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले धमला रणवीर सेनाका सहयोगी, रामशुभक महतो उपत्यका इन्चार्ज, मनोज महतो उपत्यका सैन्य इन्चार्ज, वीरेन्द्र केएम धमलाका सहयोगी रहेको दाबीसहित हातहतियार तथा खरखजना र जबर्जस्ती रकम असुलीको अभियोगमा मुद्दा दायर गरेको थियो । प्रहरीले धमला र रणवीर सेनाका उपत्यका इन्चार्ज मनोज महतोबीच भएको टेलिफोन संवाद भन्दै सार्वजनिक गरेको अडियो टेपमा अपहरण, विस्फोट र फिरौतीसम्बन्धी संवाद छ । तर, धमलाले भने सो टेप नक्कली भएको दाबी गर्दै आफू रणवीर सेनामा संलग्न नभएको दाबी गरेका थिए । यही दाबीका आधारमा उनलाई अदालतले साधारण तारेखका छाडेको थियो ।
रणवीर सेनाले राजतन्त्र र हिन्दू राज्यको माग गर्दै तराईमा हिंसात्मक क्रियाकलाप गर्दै आएको छ । अघिल्लो वर्ष रणवीर सेनाले उपत्यकामा आफ्नो गतिविधि तीव्र बनाएको थियो । गत वर्ष रणवीर सेनाले एक साताभित्रै त्रिभुवन विमानस्थलको मुख्यद्वार, दरबार हाइस्कुल र काठमाडौं मलअगाडि बम विस्फोट गराएको थियो । यसबीचमा प्रहरीले रणवीर सेनाका प्रमुख कुमार पाण्डेलाई पक्राउ गरिसकेको छ । नेपाल डिफेन्स आर्मीका प्रमुख रामप्रसाद मैनालीको जानकारीको आधारमा मोरङ प्रहरीले विराटनगर- ४ मा बस्ने पाण्डेलाई दुई साताअघि पक्राउ गरेको हो । पाण्डे प्रहरी हिरासतमा छन् ।(naya patrika bata)

साढे चार करोडको कुकुर

चीनको शान्सी प्रान्तकी एक महिलाले ४ करोड ५१ लाख रुपैयाँमा एउटा कुकुर किनेकी छिन्। तिब्बती प्रजातिको याङ्जे नदी नम्बर दुई नामको कुकुर हालसम्मकै सबैभन्दा महंगो कुकुर भएको बताइएको छ। यसअघि अमेरिकाको फ्लोरिडाको लान्सेलोटको क्लोन गरिएको एउटा कुकुर १ करोड १६ लाख रुपैयाँमा खरिद गरिएको थियो। सो कुकुर ल्याब्रोडोर प्रजातिबाट क्लोन गरिएको थियो।याङ्जेको नयाँ मालिकले राम्रो कुकुर एक वर्ष अघिदेखि खोजेका थिए। उनले सो कुकुर चिन्घाई प्रान्तमा खरिद गरेकी हुन्। सो कुकुर अहिले सेलिब्रेटी बनेको छ। सिआन विमास्थलमा कुकुर पुर्‍याइँदा त्यसलाई लिन ३० वटा कारको मोटरगेड आएको थियो। कुकुरलाई घरेलु जनवारका रूपमा पाल्न चाहनेहरूको एउटा स्थानीय कमिटी कुकुरको स्वागत गर्न ब्यानरसहित विमानस्थल पुगेका थिए। कुकुर किन्ने व्यक्तिको लोकप्रियता पनि चीनमा बढेको छ।Source: nagariknews.com

Sep 22, 2009

रणवीर सेनाका प्रमुख नेपाली विन लादेन !

रणवीर सेनाका प्रमुख नेपाली विन लादेन !
७ असोज, काठमाडौं । हिन्दू राज्य र राजतन्त्रका पक्षमा हिंसात्मक गतिविधि गर्दै आएको भूमिगत संगठन रणवीर सेनालाई नेपालमा हिन्दूवादी अलकायदा बनाउने योजना भएको रहस्य खुलेको छ । रणवीर सेनाकै प्रमुखले आफ्नो योजनामा भारतका प्रभावशाली हिन्दूवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ र शिव सेनाको सहयोग रहेको दावी गरेका छन् ।
तराई र राजधानीमा समेत शृंखलाबद्ध बम विस्फोटको आरोपमा पक्राउ परेका रणवीर सेनाका प्रमुख विनोद पाण्डेले नै भारतीय अतिहिन्दूवादी संगठनको सहयोगमा नेपालमा सक्रिय भएको बयान दिएका छन् । डेढ वर्षदेखि प्रहरीको हिटलिस्टमा रहेका पाण्डे विराटनगरमा बसेर निर्माण व्यवसाय गर्दैगर्दा नाटकीय रूपमा दुई साताअघि विराटनगरबाटै पक्राउ परेका हुन् । हिरासतमा रहेका पाण्डेले भारतको प्रभावशाली हिन्दूवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र शिव सेनासँगको सम्बन्धबारे प्रहरीबयानमा स्विकारेका छन् ।
मोरङ प्रहरीको हिरासतमा रहेका पाण्डेले आफू कट्टरवादी मुस्लिम संगठन अलकायदाको मोडल अनुसारको कट्टर हिन्दूवादी संगठनको निर्माणमा जुटेको बताएका छन् । प्रहरीस्रोतले भन्यो- उनले आफ्नो आदर्श तालिवान भएको बताएका छन् । जसरी तालिवानका समर्थकहरू मुस्लिम अस्तित्वका लागि मर्न र मार्न तयार हुन्छन्, त्यसैगरी नेपालमा पनि त्यस्तै हिन्दूवादी कट्टर समूहको निर्माणमा आफू सक्रिय रहेको दाबी पाण्डेले गरेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाबाट सरुवा भई जिप्रका मोरङ पुगेका एसपी देवेन्द्र सुवेदीको नेतृत्वमा रहेको स्पेसल टास्कफोर्सले उनलाई २१ भदौमा विराटनगरबाट पक्राउ गरेको थियो । पाण्डे हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा छन् । उनीमाथि हातहतियार तथा खरखजानाको अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पूर्वक्षेत्रीय प्रहरी कार्यालयका डिआइजी भीष्म प्रसाईंले अनुसन्धानका क्रममा पाण्डेको विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय हिन्दूवादी संगठनसँग सम्बन्ध रहेको पुष्टि भएको बताए । उनले नयाँ पत्रिकासँग टेलिफोनमा भने, ‘शिव सेना र आरएसएससँगको सम्बन्धका बारेमा उनले स्वीकार गरेका छन्, अन्यका बारेमा अनुसन्धान जारी छ ।’
तर, रणवीर सेनाका नाममा विस्फोट हुँदा प्रहरीले बिहारमा सक्रिय रणवीर सेनामाथि आशंका गर्ने गरेको थियो । भारतको बिहारमा सक्रिय रहेको रणवीर सेनासँग उनको संगठनको नाम मिले पनि यी दुवै संगठनबीचको सम्बन्ध भने खुलेको छैन । बिहारको रणवीर सेना स्थानीय जमिनदारहरूको संगठन हो, जसको हिन्दू अतिवादी आरएसएस, भाजपा र शिव सेनासँग सम्बन्ध छैन ।
प्रहरीस्रोतका अनुसार पाण्डेले संघीयतामा जाँदा देश टुक्रा-टुक्रा हुने भएकाले संघीयता र धर्मनिरपेक्षताको विरोधमा संगठन निर्माण गरेको बताएका छन् । उनले प्रहरीसँग आफू सिद्धान्तको लडाइँमा उत्रिए पनि पहिचान बनाउन विध्वंसात्मक गतिविधि गरेको बताएका छन् ।
रणवीर सेनाले राजतन्त्रको वकालत गरे पनि सो संगठनको सम्बन्ध पूर्वदरबारियासँग भए-नभएको स्पष्ट भएको छैन । प्रहरीले पाण्डेसँग रणवीर सेना र दरबारियाहरूको सम्बन्धका बारेमा जिज्ञासा राख्दा उनले भनेका छन्, ‘राजाको प्रतिमूर्ति नभए सामान्य कर्म पूरा नहुने हिन्दू संस्कार छ, यो ठूलै क्रान्तिको कुरा पनि हो ।’
प्रहरीस्रोतले भन्यो, ‘उनले स्पष्ट रूपमा दरबारियाहरूसँगको सम्बन्धका बारेमा त खुलाएनन्, तर उनको संकेत दरबारियाहरूको पनि समर्थन र सहयोग छ भन्ने नै देखिन्छ ।’ हिन्दूवादी कट्टर भारतीय संगठनका साथै नेपालमा कार्यरत हिन्दूवादी संगठनहरूसँग समेत भाइचारा सम्बन्ध रहेको उनले स्वीकार गरेका छन् ।
भारतको मद्रासबाट सिभिल इन्जिनियरिङ गरेका पाण्डे भगीरथ सिंह, बज्र सिंह, चक्रधर सिंह, रघुवीर सिंह र रघुवीरप्रताप सिंहजस्ता उपनाम राखेर विराटनगरमा सक्रिय थिए । उनले विराटनगर-४ मा एउटा घर भाडामा लिएर संगठनको हेडक्वार्टर बनाएका थिए । त्यही घरमा उनले बम बनाउने ल्याबसमेत खोलेका थिए । भारतीय सीमाबाट विस्फोटक पदार्थ ल्याएर आफैँ बम बनाउने गरेको उनले स्वीकार गरेका छन् ।
प्रहरी उनको खोजीमा सक्रिय रहे पनि उनी खुला अवस्थामै सिभिल इन्जिनियरका रूपमा दोलखा कन्स्ट्रक्सनमा काम गरिरहेका थिए । पक्राउ परेको समय उनी दोलखा कन्स्ट्रक्सनले जिम्मा लिएको सूर्य नेपालको हाउजिङमै कार्यरत थिए ।
सप्तरीको राजविराज नगरपालिका- १ निवासी ४१ वर्षीय पाण्डेको परिवार राजविराजमै छ । विराटनगरमा उनी एक्लै बस्दै आएका थिए ।
पक्राउ परेकै दिन प्रहरीले उनको डेरामा छापा मारी ठूलो परिमाणको विस्फोटक पदार्थ बरामद गरेको थियो । उनी पक्राउ पर्दा उनका साथबाट सिक्सर रिभल्बर र त्यसको गोली पाँचवटा, पाइप बम पाँचवटा, सुतली बम दुईवटा, १० केजी बारुदलगायतका विभिन्न विस्फोटक पदार्थ बनाउने कच्चा पदार्थ प्रहरीले बरामद गरेको थियो । प्रहरीले २५ भदौमा उनको घरमा खोजतलास गर्दा बालुवाको थुप्रोमा लुकाइराखेको अवस्थामा सात थान कटुवा पेस्तोल र पाइप बम बरामद गरेको थियो ।
छापा मार्ने क्रममा उनको डेरामा बम बनाउने ल्याब नै फेलापरेपछि प्रहरी नै चकित भएको थियो । अनुसन्धानका क्रममा पाण्डेले आफू आरडिएक्ससम्मको हतियार बनाउन सक्षम रहेको र आफ्नो संगठनले जे-जति विस्फोट गरायो, ती सबै विस्फोटक पदार्थ आफैँले बनाएको बयान दिएका छन् । प्रहरीले उनका साथबाट बम कसरी बनाउने भन्ने विधिसमेत फेला पारेको थियो । स्रोतले भन्यो, ‘यदि सही मार्गमा लागेको भए उनी राम्रो वैज्ञानिक बन्न सक्थे ।’ (नयाँ पत्रिका दैनिकबाट )

sano sansar actress Namrata shrestha sex scandal video

Kathmandu: From being a much-sought-after model and the highest paid music video star, 22-year-old Nepali beauty Namrata Shrestha effortlessly sashayed into Nepal's film industry last year with the hit musical of the year "Sano Sansar" (Small world). With her fan clubs growing and mounting tributes to both her ethereal beauty and talent, she was poised to become a newsmaker this month with her new release, "Mero euta sathi chho" (I have a friend).
Instead, she has hit the headlines for a steamy sex video that is being widely circulated by web sites and mobile phone users showing her in unabashed poses with a Nepali DJ, Tantric, whose real name is Kicha Man Chitrakar.On Sunday, a Nepali tabloid made the sex video, shot with a mobile phone camera, its cover story, complete with graphic descriptions as well as photos of the pair.
Namrata reportedly says it's her personal matter.When the Naya Patrika daily, that carried a report on the nearly 11-minute long sex video, asked her to comment on it, the rising star reportedly said: "Yes, I recorded it for my personal viewing. If you have a copy, I'd suggest you enjoy it without bothering me."
The sex video and Nepali society's reaction to it shows the changing face of the new republic that has witnessed amazing socio-political transformations in the last four years.Parallels are being drawn between it and the Shrisha Karki scandal that erupted in 2002, creating a furore, intense social condemnation and even police action.In 2002, Shrisha, another aspiring starlet, committed suicide after a weekly published a report exposing the casting couch syndrome in Nepal's film industry which exploited Shrisha and other vulnerable newcomers like her.
However, the nude photograph of Shrisha, published by the Jana Aastha weekly with its report on enforced prostitution in the Nepali film industry caused the young actress to commit suicide, triggering a backlash against the weekly."I had to remain underground for one and a half years," says Kishor Shrestha, the 39-year-old editor of the weekly, who in 2002 faced a warrant for his arrest due to growing social outcry.
"But now, in the new permissive society, things are regarded differently."Shrestha says the sex video reinforces the absence of ethics in Nepal's film industry as well as growing promiscuity."While Shrisha was forced into prostitution, in Namrata's case, the situation is different," he says. "She is well educated and her career had taken off. She admitted that she herself had got the video made."Seven years ago, the public outrage was triggered because the actress committed suicide, he says.
"When people die, our society treats them as saints," he says. "But Namrata has not committed suicide, showing she is made of sterner stuff."But though society has become permissive, Shrestha says the Namrata incident still goes against traditional society values."It's a betrayal," he says. "Namrata has her own boyfriend while the DJ is a married man with kids. The incident has dealt a blow to his marriage."He also predicts that though she can brazen it out, it is going to affect Namrata's career."Her fans have already started making adverse comments on the Net after the incident," he says. "It has tarnished her image and her credibility." (source-mynews.in)
(scandal video हेर्ने भय comment गर्नुहोल म site ko नाम भनिदिन्छु )

Sep 20, 2009

महिलाहरू सम्बन्ध किन राख्छन् ?

कुनै पनि विवाहित महिलाले आपना पुरुषहरूसँग यौन सम्बन्ध किन राख्दा होलान् ? उनीहरूमा त्यस्तै रुचि हुँदो हो कि साथीको चित्त बुझाउन मात्र ? एउटा अनुसन्धानले के देखाएको छ भने वैवाहिक जीवन शान्तिपूर्ण रहिरहोस्, बिनाकारणको टाउको दुखाइमा पनर्ु नपरोस् भनेर उनीहरू पतिसँग सर्वाधिक एकान्त क्षण बिताउन चाहन्छन् । उनीहरूको सूचीमा रोमान्सको स्थान निकै पछि हुन्छ ।टेक्सस विश्वविद्यालयअन्तर्गत मनोविज्ञानका प्राध्यापक सीडी मेस्टन र डेभिड बसद्वारा लिखित 'ह्वाई विमेन ह्याभ सेक्स ?' -महिला किन यौन सम्बन्ध राख्छन् ?) पुस्तकमा पत्नीले पतिसँग यौन सम्बन्ध राख्नुका दुई सय कारण उल्लेख गरिएको छ । यो पुस्तकका लागि गरिएको अनुसन्धानमा एउटी महिलाले केसम्म भनेकी छन् भने पतिले शुक्रकीट बाहिर निकाल्न सकून् भनेर मात्रै ऐकान्तिक क्षण बिताउने गरेको बताएकी छन् । अहिलेसम्मको मान्यताअनुसार पुरुषहरूलाई महिला यौन रूपमा आकर्षक -सेक्सुअली अट्रयाक्टिभ) लाग्छन् । तर महिलाले पुरुषमा यस्तो कुनै कुरा भेट्दैनन् । अनुसन्धानका समय प्रा. मेस्टनले एक हजार महिलाको अन्तर्वार्ता लिए । त्यसमा महिलाले पुरुषसँग सुत्नुपर्नाका थुप्रै कारण बताए । एउटी महिलाले आध्यात्मिक अनुभूतिका लागि सेक्स गर्ने बताइन् । उनका अनुसार सेक्स ईश्वरलाई नजिकबाट अनुभव गर्ने राम्रो माध्यम हो । तर धेरैजसो महिलाले यौन सम्बन्ध राख्नुको कारण घरेलु शान्ति रहेको बताए । ८४ प्रतिशत महिलाले के स्वीकार गरे भने जीवनमा शान्ति कायम होस् वा घरसंसारको आवश्यकता पूर्ति हँुदै जाओस् भनी पतिसँग यौन सम्बन्ध राखिन्छ ।'जीवनमा उल्लास छाओस् भनेर म यौन सम्बन्ध राख्छु,' एउटी महिलाले भनेकी छन्, 'किनभने सेक्स गनर्ु झगडा गर्नभन्दा बढी सजिलो छ ।' कतिपय महिलाका लागि यस्तो सम्बन्ध माइग्रेन र टाउको दुखाई भगाउने उपचार रहेछ ।अनुसन्धानमा केही महिलाले जे भने त्यो प्रायलाई अनौठो लाग्न सक्छ । एउटी महिलाले भनेकी छन्, 'मैले पुरुषसँग किन सम्बन्ध राखेँ भने उसमाथि दया लागिरहेको थियो ।'करिब १० प्रतिशत महिलाले उपहार पाउने आसमा यौन सम्बन्ध राखेको उल्लेख गरे । केहीले चाहिँ आपmना लागि पुरुषले भव्य डिनर आयोजना गरेकाले त्यस्तो कर्म गनर्ुपरेको बताए । विश्वविद्यालय छात्रामा गरिएको सर्वेक्षणमा १० मध्ये ६ जनाले सामान्यतया आपmना ब्वाइपmेन्डबाहेकका पुरुषसँग पनि शारीरिक सम्बन्ध बनाइसकेको स्वीकार गरे । तीमध्ये कतिपयले आपmनो 'सेक्सुअल परफर्मेन्स' राम्रो बनाउन यौन सम्बन्ध राख्ने गरेको बताए । एउटी छात्राले भनिन्, 'मैले ब्वाइपmेन्डसँग किन यौन सम्पर्क गरेँ भने म आपmनो यौन क्षमता अझ राम्रो बनाउन चाहन्थेँ ।' उक्त अनुसन्धानबाट के पनि पत्ता लाग्यो भने महिलाहरू बढी आकषिर्त, अग्ला, ओजनदार स्वर र सुगन्धित शरीर भएको पुरुषसँग मरिहत्ते गर्छन् ।(source ekantipur.com)

नारायण गोपाल को सुमधुर गीतहरु download गर्नुहोस्

आँखा छोपी नरौ भनी
एउटा मान्छेको मायाले
झरेको पातझै
केही मिठो बात गर
मलाई छोडि मेरो छाया
पर्खि बसे आउला भनी
तिमीलाई म के भनु

अब केहीबेर हास्ने कि

Sep 18, 2009

Lets do our best to make NEPAL TOURISM YEAR 2011 successful

wanna see natural heaven ???????visit nepal n c d heaven

want nepal tourism year 2011 promotional video(source-www.welcomenepal.com)

तपाईंहरु को लागि केही नेपाली गीत को भिडियो

सुजिल क्रमाचार्य --मैले माया

download गर्न यहाँ click गर्नुहोस्

मनैत हो-dharmandra sewan

Sep 17, 2009

ल हेर Brisbane ma student ko दुर्दशा

37 tenants in one house
Posted on: 2009-09-16
A COUNCIL raid on a south Brisbane student house has found 37 people living there.The house, at Sunnybank Hills, mainly housed international students and had backyard portaloos and makeshift garage bedrooms to accommodate tenants.The raid followed a Brisbane City Council sitting last week, where changes to the House Code were adopted to cut the number of unrelated people permitted in one dwelling from six to five.The Sunnybank Hills raid was part of a council housing blitz, which had seen more than 1000 house inspections to tackle overcrowding since July last year.Deputy Mayor Graham Quirk said portaloos in the backyard of the property raised serious sanitation issues and changing a garage into a bedroom was an illegal development of a property.Mr Quirk said the council would not tolerate illegal accommodation that led to substandard conditions for Brisbane residents."In many cases these are overseas students being charged top dollar to live in substandard accommodation with not enough toilets or bedrooms," he said."Students bring over a billion dollars to our annual economy and they spend a lot of money to get here, yet some find themselves victims of poor housing and sanitation."He said council relied on the community to identify illegal properties."Council can't be everywhere all the time so the tip-offs by the community are invaluable," he said."Residents are our eyes and ears on the ground."

Sep 16, 2009

Maoists want to change national flag


KATHMANDU, September 16 - A fresh dispute over the national flag has erupted between the UCPN (Maoist) and the other parties.The main opposition Maoist party has been calling for the provision of a new model of national flag that should contain stars equal in numbers to the number of federal units after the restructuring of the state.The flag row surfaced at the sub-committee formed by the Constituent Assembly (CA). At today’s meeting, the UCPN (Maoist), the Rastriya Janamorcha, and the Dalit Janajati Party demanded that the country’s flag should be changed after the state restructuring. However, the Nepali Congress, the CPN-UML, and the Nepal Majdoor Kishan Party have asserted that it is not necessary to change the national flag as it gives our national identity
. The current national flag is the only national flag that is not rectangular.source(ekantipur.com)
(guys try your best to save our flag if you dont want to change)

download AC/DC songs

1. lets get it up by ac/dc
2.hard as rockby ac/dc

नयाँ नेपाली गीत जिन्दगिमा - udith narayan jha

download गर्न यहाँ click गर्नुहोस्

नयाँ नेपाली गीत "जादैछु टाढा"-सुगम पोखेरेल

download gगर्न यहाँ click गर्नुहोस्

Sep 15, 2009

मेरो देश प्यारो नेपाल-Dipak kharel download गर्नुहोस्


हरे दैब एस्तो पनि हुन्छ नेपालमा

पाँच रूपैयाँको निहुँमा एक बालकले ज्यान गुमाए

राजधानीको कपनमा पाँच रूपैयाँको निहुँमा एक बालकले ज्यान गुमाएका छन्। सिन्धुपाल्चोकको हेलम्बु स्थायी घरभई कपन-१ स्थित ईश्वर केसीको घरमा डेरामा बस्दैआएका १० वर्षीय अभिषेक गुरुङले ज्यान गुमाएका हुन्।घरमै पसल सञ्चालन गरिरहेका घरबेटी केसीले रु.पाँच चोरेको निहुँमा गत शनिबार गुरुङलाई पिटेका थिए। आमा र दिदीसँग बस्दैआएका गुरुङलाई उनीहरू बाहिर गएको मौका छोपी केसीले बालकलाई रु.पाँच चोरेको आरोप लगाएको स्थानीयवासीले बताए।केसीबाट स्थानीयवासीकै अगाडि पिटिएका गुरुङको बेलुकी उनकै कोठाको झ्यालको ग्रिलमा पासो लगाएर मरेको अवस्थामा लास भेटिएको थियो। लास भेटिएको पीडक केसी र उनकै दाजु किशोर केसीले स्थानीयमाझ बताएपछि केसी परिवारले नै गुरुङको हत्या गरी उनकै कोठामा झुन्ड्याइदिएको आशङ्का स्थानीयवासीले गरेका छन्।हत्या गरेको आशङ्कामा केसी दाजुभाइलाई महानगरीय प्रहरी वृत्त, बौद्धले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक गोविन्दराम परियारले जानकारी दिए।मृतक गुरुङका आमा र दिदी आइतबार नै डेरा सरेको केसी परिवारले बताएपछि हत्याको आशङ्का बढ्न थालेको स्थानीय बासिन्दाले जानकारी दिएका छन्।मृतक बालक कक्षा १ का अध्ययनरत थिए। उनका बाबु वैदेशिक रोजगारका लागि नेपाल बाहिर रहेको बुझिएको छ। Source: nagariknews.com

Sep 14, 2009

About nepal and some beautiful picture.

NEPAL

An ambitious Gorkha King named Prithvi Narayan Shah embarked on a conquering mission that led to the defeat of all the kingdoms in the valley (including Kirtipur which was an independent state) by 1769. Instead of annexing the newly acquired states to his kingdom of Gorkha, Prithvi Narayan decided to move his capital to Kathmandu establishing the Shah dynasty which ruled unified Nepal from 1769 to 2008 when the last Shah ruler, Gyanendra relinquished his power to make way for total democracy under the rule of a Prime Minister. The history of the Gorkha state goes back to 1559 when Dravya Shah established a kingdom in an area chiefly inhabited by Magars. At this time the Kathmandu valley was ruled by the Malla kings. During the 17th and early 18thcenturies, Gorkha continued a slow expansion, conquering various states while forging alliances with others. Prithvi Narayan dedicated himself at an early age to the conquest of the Kathmandu valley. Recognizing the threat of the British Raj in India, he dismissed European missionaries from the country and for more than a century, Nepal remained in isolation. During the mid-19th century Jung Bahadur Rana became Nepal's first prime minister to wield absolute power relegating the Shah king to a mere figurehead. He started a hereditary reign of the Ranas that lasted for 104 years during which time the Shah kings had no real power. The Ranas were overthrown in a democracy movement of the early 1950s with support from an unlikely person, the monarch of Nepal, King Tribhuvan. Soon after the overthrow of the Ranas, King Tribhuvan was reinstated as the head of the state. In early 1959, Tribhuvan's son King Mahendra issued a new constitution, and the first democratic elections for a national assembly were held. The Nepali Congress Party was victorious and their leader, Bishweshwar Prasad Koirala formed a government and served as prime minister. But by 1960, King Mahendra had changed his mind and dissolved Parliament, dismissing the first democratic government. After many years of struggle when the political parties were banned, they finally mustered enough courage to start a People's Movement in 1990. With the public rising up against absolute monarchy and demanding democracy, King Birendra accepted constitutional reforms and established a multiparty parliament with himself as head of state and a Prime Minister heading the government. In May 1991, Nepal held its first parliamentary elections. In February 1996, one of the Maoist parties went underground to wage a ruthless people's war against monarchy and the elected government. Then on 1st June 2001, a horrific tragedy wiped out the royal family along with many of their close relatives. The massacre was blamed on the Crown prince Dipendra who is said to have killed them all single-handedly and eventually shot himself in the head. With only King Birendra’s brother, Gyanendra and his family surviving, he was crowned the king. King Gyanendra tolerated the elected government for only a short while and then dismissed Parliament to grab absolute power. In April 2006, strikes and street protests in Kathmandu led to a 19-day curfew and the political parties joined forces with the Maoist rebels to bring pressure on the errant monarch. Eventually, King Gyanendra realized it was futile holding on to power and relented. He agreed to reinstate parliament. But the political parties and a majority of the general public had had enough of dynastic rule and their abuse of power. On 28th May 2008, a newly elected Constituent Assembly declared Nepal a Federal Democratic Republic, abolishing the 240 year-old monarchy. Nepal today has a President as Head of State and a Prime Minister heading the Government(source-www.welcomenepal.com)




2. We have 8 out of 10 Highest Mountains including Mt. Everest (Sagarmatha):


1.Mt.everest8,850 meters




3.Kangchenjunga - 8,586 meters

English Songs

1.Michael Jackson song

download गर्न यहाँ click गर्नुहोस्

Sep 11, 2009

Latest Nepali music

1.भमरा फुल्को रसैमा-सुगम पोखेरेल

माथि को गीतdownload गर्न यहाँ click गर्नुहोस्

2.अब म आउदिन-unity

माथि को गीतdownload गर्न यहाँ click गर्नुहोस्

3.हल्ला चलेछ-राजु लामा download गर्न यहाँ click गर्नुहोस्