Pages

Sep 28, 2009

ज्याक्सनको नयाँ गीत आउने

पप सुपरस्टार माइकल ज्याक्सनको भौतिक शरीर अब यस स‍ंसारमा नरहे पनि उनको नयाँ गीतले फेरि नम्बर वन स्थान पाउन सक्छ। उनको एउटा पुरानो गीत केही दिनमा नै रिलिज हुँदैछ। पहिले नसुनिएको यो गीतमा ज्याक्सनका भाइहरुले पनि साथ दिएका छन्।
सोनी कम्पनीका अनुसार अक्टोबर १२ मा यो गीत रिलिज हुनेछ। नयाँ एल्बमको नाम दिस इज इट राखिएको छ। यही नामको फिल्म अक्टोबर २८ मा रिलिज हुदैछ।
सोनीले दुई वटा एल्बम निकाल्दैछ। पहिलोमा ज्याक्सनका पुराना हिट गीतहरुको संगालो रहनेछ। यसमा नयाँ गीतका दुई वटा संस्करण पनि हुनेछन्। त्यसैगरी पहिले रिलिज नगरिएका क्लासिक ट्र्याकहरु दोस्रो एल्बममा राखिनेछ। यसमा पहिले नसुनिएको प्लानेट अर्थ शीर्षकको एउटा कविता पनि राखिनेछ।
एल्बमका साथमा गत जुनमा मृत्यु हुनुअघि ज्याक्सनले आफ्नो कन्सर्टका लागि रिहर्सल गरिरहेका एक्सक्लुसिभ फोटोहरुको पुस्तिका पनि राखिनेछ। (nagarik news bata)

No comments: