Pages

Sep 15, 2009

हरे दैब एस्तो पनि हुन्छ नेपालमा

पाँच रूपैयाँको निहुँमा एक बालकले ज्यान गुमाए

राजधानीको कपनमा पाँच रूपैयाँको निहुँमा एक बालकले ज्यान गुमाएका छन्। सिन्धुपाल्चोकको हेलम्बु स्थायी घरभई कपन-१ स्थित ईश्वर केसीको घरमा डेरामा बस्दैआएका १० वर्षीय अभिषेक गुरुङले ज्यान गुमाएका हुन्।घरमै पसल सञ्चालन गरिरहेका घरबेटी केसीले रु.पाँच चोरेको निहुँमा गत शनिबार गुरुङलाई पिटेका थिए। आमा र दिदीसँग बस्दैआएका गुरुङलाई उनीहरू बाहिर गएको मौका छोपी केसीले बालकलाई रु.पाँच चोरेको आरोप लगाएको स्थानीयवासीले बताए।केसीबाट स्थानीयवासीकै अगाडि पिटिएका गुरुङको बेलुकी उनकै कोठाको झ्यालको ग्रिलमा पासो लगाएर मरेको अवस्थामा लास भेटिएको थियो। लास भेटिएको पीडक केसी र उनकै दाजु किशोर केसीले स्थानीयमाझ बताएपछि केसी परिवारले नै गुरुङको हत्या गरी उनकै कोठामा झुन्ड्याइदिएको आशङ्का स्थानीयवासीले गरेका छन्।हत्या गरेको आशङ्कामा केसी दाजुभाइलाई महानगरीय प्रहरी वृत्त, बौद्धले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक गोविन्दराम परियारले जानकारी दिए।मृतक गुरुङका आमा र दिदी आइतबार नै डेरा सरेको केसी परिवारले बताएपछि हत्याको आशङ्का बढ्न थालेको स्थानीय बासिन्दाले जानकारी दिएका छन्।मृतक बालक कक्षा १ का अध्ययनरत थिए। उनका बाबु वैदेशिक रोजगारका लागि नेपाल बाहिर रहेको बुझिएको छ। Source: nagariknews.com

No comments: